देश

सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकलाई सम्मान

काठमाडौँ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७औँ वर्षगाँठ मनाउने क्रममा नेपाली राजदूतावास, बेइजिङले आइतबार दूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरी सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकहरुलाई सम्मान गरेको छ । आर्थिक कूटनीतिसम्बन्धी कार्यक्रमअन्तर्गत नेपालको पर्वतारोहण प्रवद्र्धनसम्बन्धी ‘माउन्टेनियरिङ एन्ड ट्रेकिङ इन नेपाल’ विषयक कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले नेपाल र चीनबीच रहिआएको सौहाद्र्रपूर्ण द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गर्दै दुई मुलुक बीचको उच्चस्तरीय भ्रमणहरु तथा जनस्तरमा हुने आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने… पुरा पढौ

विचार नमिल्ने दलसँग गठबन्धन हुदैनः नेम्बाङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन । पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन । यस्तै उनले आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने पनि बताए । एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता… पुरा पढौ

बाधाअड्काउ फुकाउ आदेश पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनबमोजिम बाधाअड्काउ फुकाउ आदेश पेस भएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गाविन्द शर्मा कोइरालाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको उक्त आदेश सदनसमक्ष पेस गरे । दुवै आयोगको २०७९ असार मसान्तसम्मको अवधि रहेकामा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि असोज मसान्तसम्म समयावधि थप गर्ने मन्त्रिपरिषद्को असार ३१ को निर्णयअनुरुप… पुरा पढौ

संसदीय समितिमा हेरफेर

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरुको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिभिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर गरेका हुन । उक्त प्रस्तावित हेरफेरमा बैठकले सहमति जनाएको थियो । हेरफेर गरिएका समितिमा क्रमशः सांसद रामकुमारी झाँक्री अर्थसमिति, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समिति, धनबहादुर बुढा शिक्षा तथा स्वास्थ्य समिति रहेका छन ।रासस पुरा पढौ

पत्रकारिताको उत्कृष्ट विधा फोटो ः मन्त्री श्रेष्ठ

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठेले पत्रकारिताको उत्कृष्ट विधा फोटो रहेको बताएका छन । विष्णु नाति फोटो पत्रकारिता पुरस्कार गुठीले आज यहाँ आयोजना गरेको फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले फोटोको माध्ययमबाट समाजको यथार्थतालाई प्रष्ट पार्न सकिने भएकाले यो सूचना प्रवाहको उत्कृष्ट बिधा रहेको बताएका हुन । फोटो पत्रकारिताको माध्यमबाट कला संस्कृतिको संरक्षण गर्न र त्यससम्बन्धी जानकारी दिन पनि ठूलो योगदान रहने मन्त्री श्रेष्ठले भने । यस वर्षको विष्णु नाति फोटो पत्रकारिता पुरस्कार गोरखापत्रका फोटो पत्रकार… पुरा पढौ

डा केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गरेका छन । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन । सोमबारदेखि उनले २० दिनसम्म नियमित सेवा प्रवाह गर्नुहुने जनाइएको छ । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनले बताए । उनले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहेका छन । इलाम अस्पतालले उनलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने… पुरा पढौ

चाडपर्वको निर्णय गर्दै स्थानीय सरकार

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा साउन २७ गते शुक्रबार एकैदिन पर्ने निर्णय गरेको छ । नेपालीहरूको धर्म, संस्कृति मूल्य, मान्यता र परम्पराको संवाहक र निर्देशक कार्यतालिका पात्रोलाई मानिन्छ ।सामान्यतया तिथि, बार, नक्षत्र, योग, करण यी पाँच विषय पात्रोमा हुने भएकाले यसलाई पञ्चाङ्ग भन्ने गरिएको हो । पञ्चाङ्गको निर्णयका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एक समिति गठन गर्छ । उक्त समितिले धर्मशास्त्रविद्, ज्योतिषिलगायत विद्वान्को सहभागितामा बैठक गरी चाडपर्वको निर्णय गर्ने गर्छ… पुरा पढौ

बाजुरामा एक हजार तीन सय मतदाता बढे

बाजुरा । स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अन्र्तगत दुई महिनामा एक हजार तीन सय ७९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । असारबाट सुरु भएको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सरकारले सङ्घ र प्रदेशको निर्वाचन गर्ने घोषणापछि साउन १९ गतेबाट मतदाता नामावली सङ्कलन रोकिएको छ । साउन १९ सम्म जिल्लामा एक हजार तीन सय ७९ मतदाताले नामावली भरेको जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी विशाल पुडासैनीले बताएका छन । फोटोसहितको मतदाता… पुरा पढौ

प्रतिनिधिसभा ः सांसदको प्रश्न “सरकारले कर्मचारीको तलबमा किन विभेद गर्दैछ ?”

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले सरकारले सरकारी कर्मचारीको तलबमा विभेद गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले सरकारले कुनै कर्मचारीलाई १५ प्रतिशत मात्रै र कुनैलाई २६ प्रतिशत तलब वृद्धि गर्नु गलत भएको तर्क गरे । संविधान जारी भएपछि सबैभन्दा पहिला निजामती ऐन जारी हुनुपर्ने बताउँदै समयमै ऐन जारी नभएका कारण पनि निजामती सेवामा केही समस्या हुने गरेको उनले बताए । सांसद निरादेवी जैरुले सप्तकोसीमा भएको बाढीका कारण त्यस क्षेत्रका नागरिक मर्कामा परेको भन्दै सरकारको… पुरा पढौ

दण्ड सजायलाई रचानात्मक बनाउनुपर्छः मन्त्री खनाल

बागमती । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई रचनात्मक बनाउनुपर्ने बताएका छन । बागमती प्रदेश प्रहरी कार्यालय हेटाँैडाले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय अपराध अुसन्धान समीक्षा गोष्ठीमा बोल्दै उनले अपराध नियन्त्रणसँगै दण्ड सजयालाई समेत रचनात्मक बनाएर लैजानुपर्ने बताईन । अहिले चलेको परम्परागत ढङ्गको अनुसन्धालाई परिस्कृत र परिमार्जित गर्दै लैजान सक्नुपर्ने उनको भनाइ थियो । यसका लागि अनुसन्धान अधिकारीको क्षमता विकास र अपराध नियन्त्रणको विषयमा काम गर्नुपर्ने खनालले बताए । कार्यक्रममा वक्ताहरुले पछिल्ला दिनहरुमा… पुरा पढौ