देश

विन्ध्यवासिनी माविको हीरक जयन्ती लक्षित र्याली आयोजना

पोखरा २६ साउनपोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रमलाई केन्द्रीत गरि विहीवार पोखरामा र्याली गरिएको छ ।विभिन्न ५ वटा समुहमा विभाजित र्याली के आई सिंह पुलवाट शुरू भई दीप, अमरदिप, चण्डीका, मध्यम पथ, लामाचौर, अमला विसौनी, चमेरे गुफा, महेन्द्र गुफा, संगम चोक हुुदै मैदान चोकमा पुगेर सम्पन्न भएको थियोे । र्यालीमा सहभागी शिक्षक कर्मचारी तथा विद्यार्थीले साउन २९ गतेको पुर्न मिलन र ३१ गतेको मुल समारोहमा सहभागी हुन निम्तो दिएका थिए ।कार्यक्रममा सहभागीलाई शिक्षक कर्मचारी विद्यार्थी समन्वय उपसमितिका… पुरा पढौ

थप आठ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि, पाँचको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार पाँच सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार चार सय ११ जनाको पिसीआर र दुई हजार एक सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा चार सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७४… पुरा पढौ

पोखरामा शनिबार छेलो प्रतियोगिता हुने

पोखरा, साउन २६ पोखरामा शनिबार छेलो (ठेलो) प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीको आयोजनामा शनिबार पोखराको टुँडिखेलमा खुल्ला छेलो प्रतियोगिता हुने भएको हो । स्वस्थताका लागि खेल, संस्कृतिको पहिचान, खेल प्रेमीहरुलाई एकताबद्ध गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष दुर्गादत्त पोखरेलले जानकारी दिए । ‘पुराना खेलहरुको उजागर र संरक्षण गर्नेपनि हाम्रो उद्देश्य हो’–उनले भने । पोखराको पुरानो टुँडिखेलमा आयोजना हुने प्रतियोगिता शनिबार विहान ७ः३० बजेदेखि शुरु हुने कार्यक्रम संयोजकसमेत रहेका अध्यक्ष पोरखेलले बताए । प्रतियोगितामा… पुरा पढौ

नागरिकता विधेयक प्रमाणीकरण गर्न माग

काडमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट पास भइसकेको र प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेकाले सो विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका छन । उनले उक्त विधेयकले तराई तथा देशका अन्य भू–भागका नागरिकको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने भएकाले त्यसलाई प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताए । नेता यादवले अहिलेको पाँचदलीय गठबन्धन नेपाली जनताको आवश्यकताका आधारमा बनेको बताउँदै चुनाव र चुनावपछि पनि यही गठबन्धन कायम रहने स्पष्ट गरे । उनले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा नै… पुरा पढौ

कल्याणपुर–गाईघाट सडक निर्माणका लागि वनको जग्गा प्रयोग गर्न दिइने

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको कल्याणपुर–गाईघाट निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजना निर्माणकार्यका लागि सप्तरी र उदयपुर जिल्लाको वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेका छन । मन्त्री यादवले वन ऐन, २०७६ को दफा ४२ को उपदफा १० र वन नियमावली, २०७९ को नियम ९० बमोजिम प्रवद्र्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका शर्तहरू पालना गर्ने गरी कल्याणपुर–गाईघाट सडकखण्ड निर्माण गर्न सप्तरी र उदयपुर जिल्लाको राष्ट्रिय वनको १५।८३१ हेक्टर वन प्रयोग गर्न… पुरा पढौ

आयोगका पदाधिकारीको पारिश्रमिकसम्बन्धी विधेयक प्रमाणीकरण

‘कर्णाली । प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज उक्त विधेयक प्रमाणीकरण गरेका हुन । प्रदेशसभा सचिवालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा यही साउन २२ गते पठाएको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा २० बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेका कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए । यसअघि कर्णाली सरकारले ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त… पुरा पढौ

मोरङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

विराटनगर । मोरङमा राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्ममा दुई लाख २२ हजार एक सय ३१ जनाको विवरण सङ्कलन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राष्ट्रिय परिचयपत्रका लागि दर्ता अभियानसम्बन्धी जानकारी दिँदै मोरङमा अहिलेसम्म १७ वटा पालिकामध्ये आठवटामा सो विवरण सङ्कलनको काम पूरा भएको जानकारी दिए । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला प्रशासन कार्यालय मोरङद्वारा हालै आयोजित एक कार्यक्रममा सो जानकारी गराइएको हो । नेपालमा सबैभन्दा पहिले प्रदेश नं १ को पाँचथर जिल्लाबाट सुरु भएको यो… पुरा पढौ

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानको यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन । टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन । अध्यक्षका अर्का प्रत्यासी कमल सापकोटाको प्यानलसहित उम्मेवारी मनोनयन हुनेछ भने बोधराज भण्डारीले अध्यक्ष स्वतन्त्र उम्मेदवारी मनोनयन… पुरा पढौ

बिपी आधारभूत विद्यालयको भौतिक अवस्थामा सुधार

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका– ९ स्थित बिपी आधारभूत विद्यालयको भौतिक अवस्था सुधार भएपछि पठनपाठनमा पनि सुधार भएको पाइएको छ । बिपी कोइरालाको नामबाट २०५३ सालमा स्थापना भएको सो विद्यालयको भवन जीर्ण बनेको थियो ।प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पटक÷पटक अनुगमन एवं निरीक्षण गर्नाका साथै विद्यालयको भौतिक सुधारमा सक्रिय रुपमा लागेका थिए । राससले पनि उक्त विद्यालयको विषयमा पटक÷पटक समाचार लेखेपछि केही निकायको ध्यान केन्द्रित भएर सो विद्यालयको भौतिक सुधार भएको स्थानीयवासीले बताए । नर्सरीदेखि कक्षा पाँचसम्म पठनपाठन हुने सो… पुरा पढौ

वैकल्पिक मार्ग प्रयोग

रसुवा । पहिरोका कारण रसुवा खण्डको पासाङल्हामु मार्ग क्षति भएपछि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । माझगाउँ– बनुवा घुम्ती खण्डमा मङ्गलबार राति गएको पहिराले उक्त मार्ग क्षति बनाएपछि आमभञ्ज्याङ सिम्ले, तारूके हुँदै तल्लो धारापानी क्षेत्रबाट यातायात चालुु गराइएको हो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बनुवा खण्डको पासाङल्हामु मार्ग क्षतिग्रस्त स्थान पुनःनिर्माण गराउन धेरै समय लाग्ने प्राविधिक सुझाव आएकाले तारूकेतर्फको ग्रामीण सडक प्रयोग गराइएको हो । आम भञ्ज्याङदेखि पालेको वन, सिम्ले तारूके हुँदै धारापानी पुगेर पुनः पासाङल्हामु मार्गमा जोडिने… पुरा पढौ