अर्थ

आगलागीपीडितलाई अमेरिकाबाट सहयोग

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ मा गत फागुन २२ गते भएको आगलागीबाट पीडित भएकालाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । तेह्रथुम घर भई हाल अमेरिकामा रहेका हेम थापाले आगलागीबाट घर जलेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यस्वरुप रु ५० हजार सहयोग गरेका हुन्। भूपाल हार्डवेयरबाट सुरु भएको आगलागीका कारण हार्डवेयर आसपास रहेका घरमा क्षति पुगेको थियो । घरमा क्षति पुगेका व्यक्तिलाई केही सहयोग होस् भन्ने उद्देश्यले हेम एण्ड माया फाउण्डेशनमार्फत उक्त सहयोग गरेको उनले बताए । उनले नेपाली कांग्रेस तनहुँका जिल्ला सचिव… पुरा पढौ

छात्रावास बनाउन रकम सङ्कलन

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा रहेको महेन्द्ररत्न माविको छात्रावास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयवासीले रु २७ लाख बढी रकम सङ्कलन गरेका छन् । विसं २०७६ मा जग्गा खरिद प्रयोजनका लागि अर्थ सङ्कलन समिति गठन गरी देश–विदेशमा सञ्चालन गरिएको अभियानबाट रु २७ लाख ३५ हजार ४५४ सङ्कलन भएको हो । उक्त रकमबाट स्थानीय गङ्गाबहादुर बुढाथोकीको करिब चार रोपनी जग्गा रु २५ लाखमा खरिद गरिएको विद्यालयका प्रअ कृष्णलाल सापकोटाले जानकारी दिए। उक्त जग्गामा जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा म्याग्दीको… पुरा पढौ

मस्र्याङ्दी करिडोर प्रशारण लाइनले जग्गाका लागि मुआब्जा तोक्यो

मस्र्याङ्दी करिडोर २२० केभी प्रशारण लाइन आयोजनाले गोरखा तर्फ अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढाएको छ। लाइन बिस्तारका लागि हाइटेन्सन टावर राखिने जग्गाको आइतवार मुआब्जा निर्धारण गरेको हो। प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समिति बैठकले प्रति रोपनी न्यूनतम ९ देखि अधिकतम ४० लाख रकमसम्म मुआब्जा निर्धारण गरेको हो। बैठकले मालपोतको दररेट, चलनचल्ती, बैंक तथा वित्तिय संस्थाको लगानी, सडक सञ्जाल लगायतका मापदण्डलाई आधार मानिएको मुआब्जा निर्धारण गरेको छ। टावर राख्नका लागि गोरखातर्फ २९ रोपनी जग्गा… पुरा पढौ

तनहुँ दुग्ध व्यवसायी संघको अध्यक्षमा कालिका

तनहुँ दुग्ध व्यवसायी संघको अध्यक्षमा कालिका पौडेल चयन भएका छन्। दमौलीमा सोमबार सम्पन्न भेलाबाट पौडेलको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा राजेन्द्रध्वज अधिकारी, सचिवमा रमेशप्रसाद आचार्य, सह–सचिवमा युवराज ढकाल, कोषाध्यक्षमा सन्तोष पौडेल तथा सह–कोषाध्यक्षमा मधु पन्त छन्। त्यस्तै, सदस्यहरुमा ईश्वर खनाल, अशोक तिमिल्सिना, भगवती जिसी, पन्नाराजु अधिकारी, रमेश तिमिल्सिना, भानुभक्त सोती, लक्ष्मण पाण्डे र मनु नेपाली छन्। जिल्लाभर छरिएर रहेका दुग्ध व्यवसायी एकीकृत गर्ने उद्देश्यले संस्था गठन गरेको नवनिर्वाचित सचिव रमेशप्रसाद आचार्यले बताएका छन्। पुरा पढौ

२ वर्षपछि खुल्यो मलेसियाको लागि श्रम स्वीकृति

सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य राष्ट्र रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने भएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनः सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेसँगै मलेसिया जाने बाटो खुला भएको हो।  मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल(मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका… पुरा पढौ

शौर्य सिमेन्टको गण्डकीमा नयाँ योजना, ‘एक पिल्लर निःशूल्क’

पोखरा । शौर्य सिमेन्ट ईण्डष्ट्रिज प्रालिको उत्पादन शौर्य सिमेन्टले गण्डकी प्रदेशमा घर बनाउने जो सुकैका लागि एउटा पिल्लर निःशूल्क बनाईदिने योजना सार्वजनिक गरेको छ । प्रा.लिले शनिबार पोखरामा आयोजना गरेको ‘ईञ्जियर मिट’ कार्यक्रममा ब्राण्ड म्यानेजर अनुज कुमार महतले यस्तो योजना सार्वजनिक गरेका हुन् । १० महिना अघि सिराहाको मिर्चैयास्थित उद्योगबाट उत्पादन थालेको सिमेन्टका बारेमा जानकारी दिनका लागि पोखराका इञ्जिनियरहरु संगको भेट कार्यक्रममा यस्तो योजना सार्वजनिक गरे । उनले सिमेन्टको बारेमा जानकारी दिँदै आफूहरुले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताए । उनले… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार ८००

काठमाडौँ ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला रु. २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार ३०० तोकिएकामा गत शुक्रबार प्रतितोला रु. एक लाख दुई हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले… पुरा पढौ

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा राखिएको हो : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । भन्सार विभाग, त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए । “देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही वस्तुको आयातमा मार्जिन राखेका छौं”, उनले भने, “यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैँका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था… पुरा पढौ

पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा बालकृष्ण निउरे

पोखरा । पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा बालकृष्ण निउरे चयन भएका छन् । समितिको शनिबार पोखरामा सम्पन्न नवौं साधरण सभा तथा पाँचौं अधिवेशनले निउरेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा अम्बिका घिमिरे, उपाध्यक्षमा मोति श्रेष्ठ, महासचिवमा जीवन भण्डारी, सचिवमा राजु सुनार, कोषाध्यक्षमा ऋषिराम पौडेल (कृष्ण) र सह–कोषाध्यक्षमा सुनिता पन्त पौडेल चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा विदुर गिरी, रमेश लामीछाने, राजु घिमिरे, कृष्ण प्रसाद पौडेल, विष्णु प्रसाद पाण्डेय, विदुर ढुङ्गना, प्रलाहदजंग मरासीनी, मेघनाथ… पुरा पढौ

बजारका होटल व्यवसायी भन्छन् : लेकसाईडले चौविसै घण्टा खोल्दा हामीले किन नपाउने ?

पोखरा, फागुन २८ पोखराको बजार क्षेत्रका व्यवसायीहरुले लेकसाइडमा जस्तै बजार क्षेत्रमा पनि रात्रीकालीन व्यवसाय गर्न पाउनुपर्ने माग गरेका छन् । पृथ्वी होटल व्यवसायी समितिको शनिबार भएको नवौं साधारण सभा तथा पाचौं अधिवेशनमा बोल्ने वक्ताहरुले बजार क्षेत्रमापनि लेकसाइडमा जस्तै चौविसै घण्टा खुल्ला गरिनुपर्नेमा जोड दिएका हुन् । लेकसाईड र बजार क्षेत्रका व्यवसायी बिच सरकारदेखि राज्यका सरोकारवाला निकायहरुले विभेद गरेको उनीहरुको गुनासो थियो । कार्यक्रममा बोल्दै पृथ्वी होटल व्यवसायी समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले राज्यले फेवा लेकसाइडलाई काखा र अरुलाई पाखा गरेको… पुरा पढौ