अर्थ

स्वतन्त्र विद्युत् उत्पादकद्वारा एमसिसी अनुमोदनको स्वागत

काठमाडौ । अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसद्बाट अनुमोदन गरिनुलाई स्वतन्त्र विद्युत् उत्पादकको संस्था (इपान) ले स्वागत गर्दै यसले नेपालको विद्युत् क्षेत्रको विकासमा नयाँ आयाम थपेको बताएको छ । आगामी चैत १८ देखि २० गतेसम्म सङ्घीय राजधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको तेस्रो हिमालयन हाइड्रो एक्स्पोको बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा इपानका उपाध्यक्ष आशिष गर्गले भने, ‘‘यो सम्झौताले खासगरी प्रशारण लाइनको समस्या झेलिरहेका हामी विद्युत् उत्पादक तथा प्रवद्र्धकका लागि त झनै उत्साह थप्नुको साथै नयाँ सम्भावनाको… पुरा पढौ

यातायातका लागि नयाँ भाडादर निर्धारण

हुम्ला । हुम्लामा सञ्चालन हुँदै आएका छोटो तथा लामो दूरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै सडकमा चल्ने यातायात साधनको भाडादर कायम गरेको छ । हुम्लामा रुट कायम तथा कच्ची सडकमा सञ्चालन हुँदै आएको भाडादरमा एकरुपता कायम गर्न जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेकोे हो । सोमबार बसेको बैठकले जिल्लाको तल्लो क्षेत्रमा प्रति किलोमिटर ८ रुपैयाँ र माथिल्लो क्षेत्रमा १० रुपैयाँ भाडादर कायम गरेको छ । अदानचुलीको गल्फागाड देखी श्रीनगर बजार… पुरा पढौ

आज सुनको मूल्य १९ सय वृद्धि

काठमाडौं । सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । मंगलबारको तुलनामा आज तोलामा एकै दिन १९ सय रुपैयाँले बढेर सुनको मूल्य यो वर्षकै उच्च विन्दूमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकिको छ । जुन २०७७ साल भदौं ३ पछिकै उच्च विन्दु हो । त्यसदिन छापावल सुनको मूल्य एक लाख चार सय रुपैयाँमा खरिद बिक्री भएको थियो । आज यस्तै तेजावी सुनको मूल्य ९९ हजार… पुरा पढौ

आफ्नै पिताको नाममा खोलिएको संस्थालाई मुख्यमन्त्रीले गराए रजिस्ट्रेसन शुल्क छुट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पारिवारिक संस्थालाई रजिस्ट्रेसन शुल्क छुट गराएका छन्। मुख्यमन्त्री पोखरेलले मन्त्री परिषद निर्णयबाट आफ्नै पिता (बुबा)को नाममा रहेको गोवद्र्धन शर्मा स्मृति फाउण्डेसनलाई प्रदान गरिएको १ रोपनी जग्गा पास गर्न लाग्ने रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट गराएका हुन्। गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा यातायात ब्यबस्था मन्त्री कुमार खड्काले प्रदेश सरकारको सोमबार बसेको बैठकले गोवद्र्धन शर्मा स्मृति फाउण्डेसनलाई डा.जगदीशचन्द्र पोखरेलले प्रदान गरेको १ रोपनी जग्गाको रजिस्टे«सन शुल्क छुट गराउने निर्णय गरेको जानकारी दिए। गोवद्र्धन… पुरा पढौ

स्याङ्जाको भीरकोट साप्ताहिक हाटबजार पुनः संचालनमा आयो

भीरकोटमा साप्ताहिक हाटबजार पुनः संचालनमा आएको छ। हाटबजार पुनः संचालनमा आएपछि भीरकोटका कृषकहरू निकै उत्साहित देखिन्छन्। कोरोना माहामारीका कारण अवरुद्ध हुन पुगेको हाटबजार पुनः संचालनमा आएको हो। भीरकोट नगरप्रमुख छायाराम खनालले आफैले उत्पादन गरेको २२ किलो मुला बिक्री गरेर हाट बजारको शुभारम्भ गरे। सो अवसरमा भीरकोटका स्थानीय कृषकहरूले उत्पादन गरेका सीमित कृषिजन्य उत्पादनहरू बिक्रीमा राखिएको छ। हरेक शनिवार बिहान ७–१० बजेसम्म हाटबजारमा कृषि उपज अन्तर्गत खरिद–विक्रीको मेला लाग्ने गर्दछ। भीरकोट नगरपालिकाले पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकहरूको माग र आवश्यकता… पुरा पढौ

छोराको जन्मोत्सवमा समाजसेवी प्रभाले वितरण गरिन् शैक्षिक सामग्री

पोखरा, १६ फागुन । पोखरा ६ बैदाम निवासी समाज सेवी तथा पर्यटन ब्यवसायी प्रभा पौडेल सुवेदीले आफ्नो जेष्ठ सुपुत्र अपार राज सुबेदीको जन्मदिनको अबसरमा विधार्थीहरुलाई कापि कलम हस्तान्तरण गरि जन्मोत्सब मनाएकी छन ।आइतबार एक कार्यक्रमको आयोजना गरी पोखरा ६ बैदाममा अवस्थित श्री ताल बाराही उच्च मा.विमा अध्यनरत करिब २५ जना जेहेन्दार छात्रा तथा छात्रहरुलाई कापि कलम सहित स्टेशनरी समान प्रदान गरेकी थिइन ।कार्यक्रममा उनले जन्मदिन, विबाह उत्सव जस्ता कार्यक्रमहरुमा गरिने अनावश्यक फजुल खर्चको रकमलाई कटाएर विद्यालय जस्तो पबित्र स्थलमा सहयोग… पुरा पढौ

देवचुली महोत्सव हुँदै

बर्दघाट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकाको प्रगतिनगरमा आजदेखि देवचुली महोत्सव सुरु हुँदैछ । तेस्रो संस्करणको देवचुली महोत्सव देवचुली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको हो । सङ्घका अध्यक्ष एवं महोत्सव मूलसमितिका संयोजक रेशमलाल सापकोटाले कोरोना महामारीका कारण थला परेको व्यापार, व्यवसाय, पर्यटनलगायतका क्षेत्रको प्रवद्र्धन गर्न महोत्सव फलदायी हुने बताए । एक सय व्यावसायिक कक्ष रहने महोत्सव परिसरमा कृषिका प्रवद्र्धनात्मक र विभिन्न सार्वजनिक जनचेतनामूलक, सूचनामूलक र सन्देशमूलक २५ निःशुल्क कक्ष रहने सापकोटाले जानकारी दिए । महोत्सवमा व्यापारिक कक्षसहित बाल उद्यान, कलात्मक… पुरा पढौ

आज बढ्यो सुनको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ६००ले बढेर रु ९८ हजार २०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६००मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला रु ९६ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४५ले बढेर रु एक हजार ३४० पुगेको… पुरा पढौ

ब्लड क्यान्सरपीडितलाई स्कुलद्धारा आथिएक सहयोग

लम्जुङ । लमजुङमा लामो समयदेखि ब्लड क्यान्सरपीडित २९ वर्षीय विकास घिमिरेको उपचारका लागि न्यू इरा बोडिङ स्कुलले आर्थिक सहयोग गरेको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको उक्त स्कुलले आफ्ना विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालकबाट आर्थिक रकम सङ्कलन गरी रु ४३ हजार ५०० घिमिरेको उपचारका लागि आइतबार साँझ आर्थिक सहयोग गरेको हो । एक कार्यक्रमबीच उक्त रकम घिमिरेका बहिनी शर्मिला न्यौपानेलाई सो स्कूलका सञ्चालक किरण श्रेष्ठले हस्तान्तरण गरे । पीडितकी बहिनी न्यौपानेले सहयोग गरेर दाईको उपचारमा सहयोग पु¥याएको भन्दै सहयोग गर्ने… पुरा पढौ

एमसिसी संसदबाट अनुमोदन, ऊर्जा र यातायातको विकासमा कोसेढुङ्गा

काठमाण्डौं । संयुक्तराज्य अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) लामो बहसपछि अन्ततः प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । संसदमा दर्ता भएको करिब अढाई वर्षपछि आइतबारको बैठकबाट यो व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन भएको हो । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको व्याख्यात्मक घोषणासहितको प्रस्तावलाई ध्वनिमतले पारित गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफ्ना माग… पुरा पढौ