अर्थ

सञ्चालकद्वारा सहकारीका ६ करोड हिनामिना

काठमाडौँको पुरानो बानेश्वरस्थित एक सहकारीका सञ्चालकले बचतकर्ताको रकम आफन्तको नाममा राखी हिनामिना गरेको पाइएको छ । उनीहरुले भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थामार्फत बचतकर्ताबाट उठाएको रकम आफ्ना परिवारका सदस्यका नाममा जम्मा गरी रकम दुरुपयोग गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । रकम दुरुपयोग तथा हिनामिना गर्नेमा सहकारीका अध्यक्ष काठमाडौँ महानगरपालिका–३० बस्ने वर्ष ४२ का सुरज बस्नेत र उपाध्यक्ष काठमाडौँ–१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे रहेका छन् । उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ… पुरा पढौ

तीन वर्ष पछि बागलुङमा चैत्राष्टमी मेला हुदै

बागलुङ । कोभिड–१९ ले दुई वर्षयता मेला, महोत्सव प्रभावित छन् । त्यहाँको ऐतिहासिक चैत्राष्टमी मेला पनि त्यसबाट अछुतो रहनसकेन तर यसपटक भने विसं २०७५ पछि रोकिएको मेला हुने भएको छ । आउँदो चैत २४ देखि २८ गतेसम्म मेला गर्न लागिएको हो । पाँच दिनसम्म चल्ने मेलाको तयारी थालिएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा मेलाको मूल आयोजक समिति बनेको छ । अध्यक्ष खड्काका अनुसार विगतकाझैँ खेलकूद र मनोरञ्जन क्रियाकलाप मेलामा समेटिनेछन् ।… पुरा पढौ

नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुला

काठमाडौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्ने गरेको हो । कम्पनिले निष्कासन गरेको साधारण शेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरी जारी पूँजी९रु २५ करोड ५०लाख०को शुन्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार ७५०… पुरा पढौ

आज सुनको मूल्य घट्यो,चाँदीको बढ्यो

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु ९६ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको… पुरा पढौ

वायु ऊर्जा आयोजना अलपत्र,चार सय उपभोक्ता मारमा

पर्वत । पर्वत जिल्लामा विद्युत्को माग पूरा गर्नका लागि करोडौँको लागतमा बनाइएको वायु ऊर्जा १५ वर्षदेखि अलपत्र बनेको छ । महाशिला गाउँपालिका–६ फलामखानीमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि (वायु ऊर्जा) मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । विसं २०६० मा स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समय–समयमा मर्मतसम्भार अभावमा अलपत्र अवस्थामा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन त भएको छैन त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयवासीले मर्मत गर्न माग गरेका छन् । दैनिकजसो बढ्दै गएको विद्युत्को मागलाई पूर्ति… पुरा पढौ

महिलाहरुका लागी जुत्ता चप्पल बनाउने तालिम

पोखरा । महिला उद्यमशिलता, क्षमता वृद्धिको लागि एक हप्ते जुत्ता चप्पल बनाउने तालिम मङ्गलबारदेखि पोखरामा सुरु भएको छ । जाल्पादेवी महिला उद्धार समुह सिमलचौर पोखराको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ८को सहयोगमा स्थानीय महिलाहरुका लागि तालिम आयोजना गरिएको अध्यक्ष राधिका थापाले बताए । तलिमको शुभारम्भ गर्दै वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले वडामा रहेका महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्य अनुसार ११ सय भन्दा बढीलाई विभिन्न तालिममा सहयोग गरिदै आएको बताए । कार्यक्रममा वडा सदस्य कृष्णमान ठुसाजु, किरण गौतम, सृजना… पुरा पढौ

यातायात क्षेत्रमा हुने बिचौलीयाको अन्त्य गर्न हेल्प डेक्स आवश्यकः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले यातायात क्षेत्रमा हुने बिचौलीयाको अन्त्य गर्न हेल्प डेक्स स्थापना गर्न आवश्यक भएको बताएका छन् । प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको राजश्व संकलन तथा परिचालन सम्बन्धि एक दिने अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले यातायात क्षेत्रको सेवा प्रभावकारी बनाउन बिचौलीयाको अन्त्य गर्दै हेल्प डेक्स स्थापना गर्नुपर्ने बताएका हुन् । मन्त्री बरालले भने“ प्रदेशको राजश्व संकलनको पहिलो क्षेत्र नै यातायात हो, यो प्रत्यक्ष जनतासंग जोडिएको हुँदा यसबाट सेवाग्राहीलाई झनझट… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.४२ अङ्कले उकालो लागेर दुई हजार ७३५.९३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३६ अङ्कले बढेर ५२३.१५ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकममा भने उल्लेख्य सुधार हुन सकेको छैन । कूल २२८ कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर रु तीन अर्ब २१ करोड २८ लाख… पुरा पढौ

जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह

काठमाण्डौं । प्रतिनिधिसभाको लेखा समितिका सभापति भरतकुमार साहले जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह गरेका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज आयोजना गरेको ‘स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन’ विषयक छलफल कर्यक्रममा उनले संविधानले कर उठाउने दायराको अधिकांश हिस्सा केन्द्र सरकारलाई दिए पनि स्थानीय तहले जनताले तिर्न सक्ने न्यूनतम् र जायज हुने खालका कर उठाउन सक्ने बताएका हुन् । सभापति साहले कुखुराको अण्डा र ज्योतिषीलाई समेत महँगो कर लिइएको गुनासो आएकाले यसरी कर लिने जनप्रतिनिधि आगामी… पुरा पढौ

सवारी साधनबाट अवैध रकम असुली

म्याग्दी। म्याग्दी भित्रिने सवारीसाधनबाट अवैध रूपमा रकम असुल भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घले गरेको कानुनविपरीत रकम सङ्कलनका विषयमा स्थानीय प्रशासनले छानबिन थालेको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले उजुरी परेपछि सवारीसाधनबाट गरिएको अवैध असुलीका विषयमा छानबिन थालिएको बताए। “अवैधरूपमा सवारीसाधनबाट रकम असुल्ने गरेको उजुरी परेपछि छानबिन थालिएको हो”, उनले भने, “रकम सङ्कलन गर्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रजिअ रानाका अनुसार सवारीबाट सङ्कलित रकमको आम्दानी र खर्चको विवरण पेश गर्न म्याग्दी उद्योग… पुरा पढौ