अर्थ

चार महिनादेखि किसानले दूधको भुक्तानी पाएनन्

बागलुङ । बागलुङको बलेवा क्षेत्रका व्यावसायिक दुग्ध उत्पादक किसानले चार महिनादेखि दूधको भुक्तानी पाएका छैनन् । बागलुङ नगरपालिका–१२ को कालीगण्डकी, नवनमूना, वडा नं १४ को नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीशेराको पल्लोपाखाका दुग्ध उत्पादक सहकारीले मङ्सिर महिनायताको भुक्तानी नगरेका हुन् । त्यहाँका चारवटै सहकारीले बिक्री केन्द्र गठन गरेर सोही केन्द्रमार्फत बजारमा दूध पठाउने गरेका छन् । स्थानीय बजारमा दूध बिक्री नभएको भन्दै पोखराको लभकुश डेरीलाई दूध बिक्री गर्दै आएका संस्थाले डेरीले पैसा नदिएको भन्दै किसानको पैसा भुक्तानी नगरेका हुन् । सहकारीमार्फत… पुरा पढौ

बागलुङ कालिकाको भेटी अब सिधै बैंक खातामा

बागलुङ कालिका मन्दिरको भेटी तथा सहयोग रकमलाई बैंकिङ प्रणालीमा व्यवस्थापन गर्नका लागि क्यूआर कोडमार्फत भुक्तानी सुरु भएको छ। प्रभु बैंक बागलुङ शाखाले मन्दिरलाई क्यूआर कोड उपलब्ध गराएको हो। क्यूआर कोडले नोटको सुरक्षा, भेटी तथा सहयोग रकमको पारदर्शिता र असहज परिस्थितिमा भक्तजनको सहजताका लागि क्यूआर कोड सहयोगी बन्ने विश्वास लिइएको छ । मन्दिर परिसरमा क्यूआर कोड राखिनेछ । सबै भक्तजनको पहुँचमा हुने क्यूआर कोड स्क्यान गरेर कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको खातामा भक्तजन तथा दाताले सिधै रकम जम्मा गर्न सक्ने… पुरा पढौ

पर्यटन पुर्नरुत्थानका लागि जलयात्रा

पोखरा । कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थानको उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको आयोजनामा धादिङको विशालटारस्थित मालिङ्गादेखि चरौदीसम्म जलयात्रा गराइएको छ । संघमा आवद्ध ४० जना पर्यटन व्यवसायी सम्मिलित झण्डै १२ किरोमिटर दुरीको उक्त जलयात्रा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन र बुडी गण्डकी हाइवे रेष्टुरेन्टको सहयोगमा गरिएको संघका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । कोरोनाका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै जलयात्रा गराइएको उनले बताए । “कोरोनाले… पुरा पढौ

पाल्पाली सहकारीको प्रशिक्षण

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले पोखरामा शनिबार सहकारीसम्बन्धी प्रशिक्षण दिएको छ । संस्थाका संचालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्जा उपसमिति, शिक्षा उपसमितिका सदस्य, सल्लाहकार, कर्मचारीलाई व्यावसायिक ज्ञान, सीप, क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहकारीविषयक प्रशिक्षण भएको हो । प्रशिक्षणमा करिब ३० जनाको सहभागिता थियो । उनीहरुलाई पोखरा रोयल सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पोखरा महानगरपालिका सहकारी समिति सदस्य भीम गुरुङले प्रशिक्षण दिएका हुन् । उनले सहकारीको रणनीतिक व्यवस्थापन, सहकारीका प्रकार र फाइदा, सहकारी र अन्य व्यवसायबीच भिन्नता, सांगठानिक,… पुरा पढौ

हितैषी बचत तथा ऋण सहकारीको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

पोखरा । हितैषी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको नेपाल केन्द्रिय सहकारी संघका वरिष्ठ साहायक सूर्यप्रसाद तिमिल्सिनाले कार्यक्रमको उद्घाटन गरे । संस्थाका अध्यक्ष शेर बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहाकार लिलाधर आचार्य, विष्णु लामिछाने, क्याप्टेन बुद्धिबहादुर गुरुङ लगायतले बोलेका थिए । संस्थाका बारेमा कार्यालय व्यवस्थापक शान्ती अधिकारी र सहकारीको बारेमा अध्यक्ष कार्कीले जानकारी गराएका थिए । कार्यक्रममा सहकारीको अर्धवार्षिक बजेट ,सहकारीको भाबी योजना लगायतका विषयमा अन्तरक्रिया गरिएको अध्यक्ष कार्कीले… पुरा पढौ

झोलुङ्गे पुल बनेपछि यात्राअवधि छोट्टियो

म्याग्दी । धौलागिरि गाउँपालिका–४ नाउराको कोपिलाघाटस्थित म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोट्टिएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने समस्या हटेको हो । नाउराका बासिन्दा रिम रोकाले चार घण्टा घुमाउरो बाटोको यात्रा गर्नुपर्नेमा पुल बनेपछि एक घण्टामै पुग्न सकिने बताए । “नाउरा–चेचुङ आवतजावत गर्न खिवाङ हुँदै चार घण्टा हिँड्नु पर्दथ्यो”, उनले भने, “पुल बनेपछि एक घण्टामै पुग्न सकिन्छ । जङ्गल, भिर र… पुरा पढौ

पुंजिगत खर्च कम्तिमा ८० प्रतिशत गर्ने गरी गति बढाउन मन्त्री बरालको निर्देशन

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले चालु आर्थिक बर्षमा पुंजिगत खर्च कम्तिमा पनि ८० प्रतिशत बजेट खर्च गर्ने गरी कामको गति बढाउन निर्देशन दिएका छन् । प्रदेशको अर्थ मन्त्रालयले विहिबार तनहुँमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुसासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै मन्त्री बरालले निमित्त देखायर कर्मचारीले छुट नपाउदै बताउदै पुंजिगत खर्च ८० प्रतिशत भन्दा बढी गर्ने गरी कामको गति बढाउन निर्देशन दिनु दिए । लुकेर बसेका राजश्वको क्षेत्र वा सुत्रहरु जानकारी गराउन आग्रह… पुरा पढौ

कार्यान्वयन् नहुने योजना तत्काल सरेण्डर गर्न मन्त्री बरालको निर्देशन

पोखरा १२,फागुनगण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तत्काल कार्यान्वयनमा नजाने योजनाहरु सरेण्डर गर्न आग्रह गरेका छन् । प्रदेशको अर्थ मन्त्रालयले विहिबार लमजुङमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुसासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै उनले आर्थिक बर्षको दोश्रो चौमासिक सकिन लागेकोले अबकार्यान्वयनहुने योजनाहरु समर्पण (सरेण्डर) गर्न निर्देशन दिएका हुन् ।संघीयता कार्यान्वयनको अभ्यासमा रहेकोले केही कठिनायी हुने उल्लेख गर्दै मन्त्री बरालले यस बर्ष कम्तिमा ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने गरी अघि बढ्न आग्रह गरे । समस्या देखायर… पुरा पढौ

एनएमबी बैंकले दियो पोखरा बहुुमुुखी क्याम्पसको भवन बनाउन ३५ लाख

पोखरा, फागुुन १२ पोखरा बहुुमुखी क्याम्पसको भवन निर्माणका लागि एनएमबी बैंकले ३५ लाख रुपैयाँ प्रदान गरेको छ । शैक्षिक गुणस्तर सुधार गर्ने उद्धेश्यले क्याम्पसले हाल भौतिक पूर्वाधार निर्माण गरिरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत क्याम्पसको भवन निर्माणार्थ सहयोग गरेको जनाएको छ । एनएमबी बैंकका गण्डकी प्रदेश प्रमुख दुुर्गाराम पूरीका अनुसार सामुदायिक शैक्षिक संस्था भएकोले पनि पोखरा बहुुमुुखी क्याम्पसलाई भवन बनाउन आर्थिक सहयोग गरिएको हो। नाफा नकमाउने शैक्षिक क्षेत्रका लागि बैंकले सीएसआर अन्तर्गत सहयोग गरेको उनले बताए। पूरीका… पुरा पढौ

सुन प्रतितोला रु ९९ हजार

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९६ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार… पुरा पढौ