अर्थ

खाडीमा भन्दा बारीमा मनग्य कमाइ

गलेश्वर । ‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन..’ भन्ने गीतका शब्द र भाव धेरैको जिन्दगीसँग मेल खान्छन् । गायिका अरुणा लामाको स्वरमा रहेको सो गीत घर परिवार, समाज र आफ्नै देश छोडेर पैसा कमाउने र सुखी जिन्दगी विताउने लालसामा वैदेशिक रोजगारीका लागि विदेश गएर सयौं हण्डर खाएका युवाको जिन्दगी सोचेजस्तो हुने कुरै भएन । अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणाबढी आम्दानी… पुरा पढौ

मन्त्री बराललाई गृह गाउँ पुम्दीभुम्दीमा भव्य स्वागत : अबदेखि पार्टी भन्दा माथि उठेर भोट हाल्ने स्थानियको प्रतिबद्धता

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल (जीवन)ले विकासका अत्यावश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकत्व बहन गर्ने बताउनु भएको छ । पोखरा २२ (पुम्दीभुम्दी) स्थित कालाबाङको सङङाघ् ध्येजुलिङ गुम्बा समितिले बुधबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेशबासीको अत्यावश्यक पूर्वाधार निर्माणमा अभिभावकत्व बहन गर्ने बताउनु भएको हो । विगतको सरकारको समेत स्वामित्वलिदै आफुहरुले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तिव्रता दिने मन्त्री बरालले बताउनुभयो । पोखरा २२ पुम्दीभुम्दीको पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण देखि रणनितीक महत्वका २ वटा सडक निर्माणलाई… पुरा पढौ

कर्मचारी बचत तथा ऋण सहकारीको अध्यक्षमा सिग्देल, सचिवमा श्रेष्ठ

कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा महेशकुमार सिग्देल चयन भएका छन् । सहकारीको मंगलबार पोखरामा भएको चौधौं साधारण सभा तथा पाचौं अधिवेशनले सिग्देलको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बद्री पौडेल, सचिवमा सुरेशकुमार श्रेष्ठ र कोषाध्यक्षमा डिल्लीराम बास्तोला सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सीता बराल, केदार सापकोटा, वसन्तकेशव भण्डारी र रञ्जना पोखरेल चयन भएको नवनिर्वाचित सचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए । साधारण सभा तथा अधिवेशनले लेखा समिति संयोजकमा हेरम्ब शर्मा र सदस्यहरुमा… पुरा पढौ

प्रदेशलाई बलियो बनाउन तत्काल करको दायरा बढाउनु पर्छ : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नयाँ श्रोतहरुको पहिचान सहित तत्काल कर बृद्धि गर्नुपर्ने अबस्था रहेको बताएका छन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको प्रदेश सरकारको आन्तरिक राजश्व नविन क्षेत्रहरुको पहिचान, सुधार र सम्भावना बिषयक छलफल कार्यक्रम बोल्दै मन्त्री बरालले प्रदेशमा दाहित्व बढ्दै जादा नयाँ श्रोतहरुको पहिचान सहित तत्काल कर बृद्धि गर्नुपर्ने अबस्था रहेको बताएका हुन्। उक्त छलफल कार्यक्रममा सहभागिहरुले करको दर भन्दा दायरा फराकिलो पार्न सुझाव दिदै देशै भरी करिब ५० प्रतिशत जसो विना… पुरा पढौ

‘संघीय शासन व्यवस्था अनुरुप बजेट दिन प्रधानमन्त्री र अर्थमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरे ।यसका लागि मुख्यमन्त्री पोखरेलले दुवैजनालाई लिखित रुपमै पत्र बुझाएका छन् । उनले भनेका छन्, ‘संघीय शासन व्यवस्थासँगै संघबाट प्रदेशमा स्वतः अधिकाहरु हस्तान्तरण भएका छन् । ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा पूरा गर्न त्यसै अनुसारको बजेट व्यवस्थापन आवश्यक छ ।’प्रदेश सरकारले… पुरा पढौ

पोखराबाट १८ जना जुवाडे पक्राउ

पोखराबाट १८ जना जुवाडे पक्राउ परेका छन् । पोखार महानगरपालिका वडा नम्बर १९ लामाचौरबाट ९ र गैरीखोरबाट ९ जना गरी कुल १८ जना जुवाडे पक्राउ परेका हुन् । दुबै खालबाट ८० हजार भन्दा बढी नगद बराम गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले पोखरा १९ लामाचौरस्थित हरिमाया पुनको घरमा तास खेलिरहेका ९ जनालाई ३ बुक तास र ३४ हजार ७ सय ५० नगदसहित पक्राउ गरेको जनाइएको छ । त्यस्तै, पोखरा १९ गैरीस्थित बिना पुनको घरमा तास खेलिरहेका ९… पुरा पढौ

तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाईने

गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ । तनहूँको शुक्ला गण्डकी नगरपालिका–२ मा रहेको शुक्लागण्डकी च्यवनधामको अवलोकन गरेपछि उहाँले यस्तो आश्वासन दिनुभएको हो । ‘नेपालमा सम्भावना रहेका पर्यटनका विभिन्न आयामहरु मध्ये धार्मिक पर्यटन पनि एक प्रमुख आयाम हो ।’ उहाँले भन्नुभयो, ‘धार्मिक पर्यटनको विकासका लागि हाम्रो क्षेत्रमा रहेका धार्मिक स्थलहरुको संरक्षण, संवद्र्धन र प्रचार प्रसार गर्नु आवश्यक छ ।’ सो अवसरमा… पुरा पढौ

पोखरामा पनि ९ ठाँउमा इन्टरनेटको तार काटियो

पोखरामा पनि ९ ठाँउमा इन्टरनेटको तार काटिएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण शाखाले आईतबार पोखराका विभिन्न ९ ठाँउका तार काटेको हो । केन्द्रको निर्देशन अनुसार आफुहरुले सांकेतिक रुपमा केहि स्थानमा इन्टरनेटका तारहरु काटेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण शाखाका प्रमुख ऋषिकुमार बरनवालले जनाए । प्राधिकरणले पोखराका ९ ठाँउमा सेवा प्रदायक केही कम्पनीहरुको इन्टरनेट सेवाको तार काटिदिएको बताए । उनका अनुसार वल्र्ड लिंक, भायानेट, पोखरा इन्टरनेट लगायतका इन्टरनेटका तार काटिएको छ । अधिकांश केवलमा ट्याक नहुदा कुन कुन इन्टरनेट… पुरा पढौ

कुवा र खोलाको पानी गाग्रीमा बोकेर खाने बाध्यतालाई अन्त्य गछौंः मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कुवा र खोलाको पानी गाग्रीमा वोकेर खाने बाध्यतालाई अन्त्य गर्ने बताउनु भएको छ । पोखरा २५ हेमजा सुइखेत स्थित लौसीवोट खानेपानी टंकीको आइतबार शिलन्यास गर्दै मन्त्री बरालले आगामी डेढ बर्ष भित्र प्रदेशका जनतालाई खोला, कुवाको पानी गाग्रीबाट वोकेर खाने बाध्यतालाई अन्त्य गरी छाड्ने बताउनु भएको हो ।प्रदेश सरकारले प्रदेशका जनतालाई ५ बर्ष भित्र आधारभूत खानेपानी पुराउने लक्ष्य राखेकोमा बाँकी डेढ बर्षमा प्रदेशमा आधारभूत खानेपानीको पहुच पुराउने मन्त्री बरालले बताउनु भयो । हेमजाको… पुरा पढौ

पोखरा महानगरपालिका १८ हरिवंश बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधरण सभामा आइतबार सम्पन्न भएको छ ।साधरण सभामा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेज नरायाण अधिकारीले सहकारीले बामे सर्दै गरेको धारणा राखे । उनले सहकारी ऐनको पालना गरे अघि बढेमा सहकारीको कार्याक्षेत्र बिस्तार गर्न सजिलो हुने बताए । पोखरा महानगरपालिका १८ का अध्यक्ष रणबहादुर थापा, पोखरा २ का अध्यक्ष रामेश्वर मल्ल, नेपाली काग्रेस पोखरा १८ का सभापती शिव प्रसाद तिमिल्सिना, भावना कृषी सामादायीक संस्थाका अध्यक्ष बलराम कोइरला, चिसाखोल बेद विद्याश्रम… पुरा पढौ