अर्थ

जग्गा पास गरिदिन्छु भन्दै ठगी गर्ने पस्र्याङका बस्ताकोटी पक्राउ

जग्गा पास गरिदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ टुटुङ्गास्थित सन्तु ढकालको नाममा रहेको जग्गा पास गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङ निवासी ५६ वर्षिय मात्रिका बस्ताकोटीलाई कास्की प्रहरीले पक्राउ गरेको हो । लेखन्दास काम गर्ने बस्ताकोटीले यहि असोज १५ गते ढकालको टुटुङ्गास्थित जग्गा मनहरी तिमिल्सिनाले किन्न लागेकोमा छिटो र सुलभ तरिकाले जग्गा पास गरि लालपूर्जासमेत दिन्छु भनेर विश्वास दिलाएर २५ हजार लिएपनि जग्गा पास नगराएको… पुरा पढौ

मुक्ति इनर्जिका सामान खरिदमा महालक्ष्मीको बिमा पोलिसी उपहार

पोखराको न्युरोडमा संचालित मक्ति इनर्जिका सामान खरिदमामा महालक्ष्मी लाईफ इन्स्योरेन्स जिवन बिमा पोलिसी उपहार प्राप्त हुने भएको छ । मुक्ति इन्र्जिका कुनै पनि प्रविधिको सोलार वाटर हिटर खरिदमा ग्राहकले उक्त इन्स्योरेन्समा २ लाख बराबरको जीबन बिमा र रु एक लाखको घातक रोग बिमा सुविधा प्राप्त गर्ने संचालक प्रकास आचार्यले जानकारी दिए । यो योजना माघ सम्म रहने र मुक्ति इन्र्जिका कुनै पनि सामान खरिदमा महालक्ष्मीका विमित, अभिकर्ता र कर्मचारीहरुलाई १० देखी २० प्रतिसत सम्म छुट प्रदान गरिने आचार्यले जानकारी दिए… पुरा पढौ

पोखरा रोयल सहकारीको २०औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा १० बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारीको २०औं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा क्या.चन्द्रप्रसाद गुरुङ्ग, सचिव केशवप्रसाद ढकाल, कोषाध्यक्ष गीरबहादुर श्रेष्ठ सदस्यहरुमा कृष्ण ढकाल, केदारनाथ पोखरेल, सि.आई.हरिबहादुर गुरुङ्ग, उमा परियार र एकबहादुर गुरुङ्ग निर्वाचित भएको छ । यसैगरि लेखा सुपरिवेक्षण समितिको… पुरा पढौ

लेखनाथका चार संस्थाद्वारा ले.उ.वा.संघका नवनिर्वाचित कार्यसमितिलाई बधाईसहित सम्मान

कोभिड बाट प्रभावित व्यवसायीका लागि लक्षित गरेर योजना ल्याउन लेखनाथ उद्योग बाणिज्य संघका पदाधिकारीहरुलाई व्यवसायीहरुले आग्रह गरेका छन् ।संघको १३ औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको सम्मानमा लेखनाथका चारवटा संस्थाले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले व्यवसायीको पुनरुत्थान हुनेगरी संघले अल्प र दिर्घकालिन योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन ।नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले, नवनिर्वाचित समितिलाई राष्ट्रबैंकले जारी गरेको मौद्रिक नीतिबाट लाभान्वीत हुने व्यवसायीको बर्गिकरण गरी सहयोगमा सहजीकरण गरिदिन आग्रह गरे । उनले कोरोना पछि बिगतमा संघले… पुरा पढौ

तालचोक कृषि सहकारीको अध्यक्षमा न्यौपाने

पोखरा महानरपालिका वडा नं. २७ मा रहेको तालचोक कृषि सहकारी संस्थाको शनिबार पाँचौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले बिजय न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ ।समितिको उपाध्यक्षमा नवराज पौडेल, सचिबमा केशव सापकोटा, सहसचिबमा रमा भण्डारी र कोषाध्यक्षमा गोपिकृष्ण तिवारी रहेका छन् ।समितिको सदस्यमा अर्जुन भण्डारी, भुवन जमरकट्टेल, अर्जुन भूर्तेल, सुमित्रा तिवारी, प्रमिला भट्टराई, निरा कोइराला तिवारी, रेखा नेपाल पौडेल रहेका छन् ।लेखासमितिको संयोजकमा अमृत थापा चयन भएका छन् ।यसअघि सहकारी संस्थाको साधारण सभाको उद्घाटन गर्दै, पोखरा महानगरपालिका वडा… पुरा पढौ

उद्योग धन्दा संचालनमा आइपर्ने बाधा अड्चन फुकाउन पहल गर्छुः मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले उद्योग धन्दा संचालन गर्दा कानूनि रुपमा आइपर्ने बाधा अड्चन फुकाउन पहल गर्ने बताउनु भएको छ । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको शनिबार पोखरामा सम्पन्न भएको १८ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले कानूनि उल्जनबाट उद्योग धन्दा संचालनमा आएका बाधा अड्चन फुकाउन बिषेश पहल गर्ने बताउनु भएको हो ।राज्यले निजी क्षेत्रको पूंजिलाई ठिक ढंगले व्यबस्थित गर्न नसके आर्थिक विकास गर्न नसकिने उहाँको भनाई थियो । देशको पूंजिलाई सकभर बाहिर जानबाट… पुरा पढौ

इन्भेष्टर फोरम गण्डकीको अध्यक्षमा श्रेष्ठ

शेयर मार्केटमा लगानी गर्नेहरुको प्रथम भेलाले अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय इन्भेष्टर फोरम गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ । भेलाले उपाध्यक्षमा कमलमोहन कोइराला, सचीवमा मनोज पौडेल र सदस्यहरुमा राजु कुमार श्रेष्ठ, सुर्य लम्साल, शान्ति कडेंल, सन्देश गोदार, क्षितिज बराल र सुदन गुरुङलाई चयन गरेको छ । सो समितिको सल्लाहकार बिनोदकुमार वैद्य, मेघनाथ कुँवर, युक्तबहादुर सुवेदी र विष्णु पराजुलीलाई चयन गरेको छ । कार्यक्रममा शेयर मार्केटमा देखिएको वर्तमान परिस्थिति, यसका चुनौती र अबसरको बारेमा मनोज पौडेलले प्रशिक्षण दिनु भएको… पुरा पढौ

कञ्चन ग्रुपले खोल्यो अर्चलबोटमा कञ्चन डिपार्टमेन्टल स्टोर्स

पोखराको अर्चलबोटमा कञ्चन डिपार्टमेन्टल स्टोर्स खुलेको छ । सुनचाँदी व्यवसायमा ख्याती कमाएको कञ्चन क्यापिटल प्रालिले पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोटमा कञ्चन डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएको हो । डिपार्टमेन्टल स्टोर्सको शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रामेश्वर मल्ल र वडा नम्बर ३ का वडाध्यक्ष रबीन्द्रबहादुर प्रजुले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे । बागलुङ बसपार्क, अर्चलबोट, भैरवटोल, नालामुख, विन्ध्यबासिनीलगायतका ठाउँका स्थानिय तथा हेमजा, सुईखेत, नाउडाँडा, पर्वत, बागलुङ, मनाङ, मुस्ताङ जाने यात्रुलाई लक्षित गरि डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएको कञ्चन… पुरा पढौ

विरेठाँटीदेखि घान्द्रुक तथा काँडेदेखि अष्ट्रेलियन क्याम्पसम्म सरसफाई तथा मर्मतसम्भार शुरु

अल्पकालीन रोजगार अन्तर्गत विरेठाँटीदेखि घान्द्रुक तथा काँडेदेखि अष्ट्रेलियन क्याम्पसम्म सरसफाई शुरु गरिएको छ । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको समन्वय, नेपाल पर्यटन वोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिको प्रयोग गरी सरसफाई शुरु गरिएको हो । अल्पकालीन रोजगार अन्तर्गत २१ जनाको प्रयोग गरी विरेठाँटी–दाङसिङ–मोहरिया– टाढापानीहुँदै घान्द्रुकसम्मको पदमार्गको सरसफाई थालिएको छ । त्यस्तै आजै काँडे–अष्ट्रेलियनक्याम्प–पोथना, धम्पुस, अस्तामहुँदै मेलबोटसम्मको हाइकिङ क्षेत्र सरसफाई तथा मर्मतसम्भार कार्य शुरु गरिएको टान पश्चिमाञ्चलका अध्यक्ष सुशील पौडेलले जानकारी दिए… पुरा पढौ

पोखरा नयाबजारस्थित कृषि बजार (तरकारी मण्डी) प्रदेश मातहत ल्याउनुपर्छ : मन्त्री बराल

प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरा नयाबजारमा रहेको कृषि उपज बजार (तरकारी तथा फलफूल बजार) प्रदेश मातहत ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघ, कास्कीको विहीबार आयोजित १८ औं साधारण सभा एवम् नवौं अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै मन्त्री बरालले संघ मातहत रहेको कृषि उपज बजार प्रदेश मातहत ल्याउनुपर्ने बताएका हुन् । ‘यो बजार प्रदेश मातहत ल्याउनै पर्छ, त्यसो भयो भने मात्र बजार ब्यबस्थित हुन्छ’–उनले भने ।संघ मातहत रहेका कारण बजार व्यवस्थित नबन्नुका साथै त्यहाँ गुण्डागर्दी र… पुरा पढौ