अर्थ

पहिरोले गोठ पुरियो

बागलुङमा पहिरोले गोठ पुरिदा पशु चौपायाको क्षेति भएको छ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर भीरकटेरी बस्ने ३८ वर्षिय मनबहादुर नेपालीको गोठ पुरिदा ३ वटा बाख्रा मर्नुका साथै २ वटा बाख्रा, एक भैंसी र एउटा गोरु घाईते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घरदेखि ५० मिटर पूर्वतर्फको गोठमा अन्दाजी एक सय मिटर माथिबाट आएको पहिरोले पुरेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको बुलेटिनमा उल्लेख छ । पुरा पढौ

आन्तरिक पर्यटन पुर्नरुत्थान कार्यक्रम सकेर नाट्टा टोली पोखरा फर्कियो

बुधबारदेखि बुद्ध एयरले सुरु गरेको पोखरा–सिमरा सिधा हवाई उडानसँगै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स(नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा आयोजित आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रम आजदेखि सकिएको छ ।प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेल सहित पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि सहितको टोलीले प्रदेश नं २ का विभिन्न स्थलको अवलोकन भ्रमण सहित सरोकारवालासँग छलफल र अन्तरक्रिया सम्पन्न गरेको छ ।टोलीले सिमरा विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज, महागढीमाई नगरपालिका, बीरगञ्ज उद्योग वाणिज्य संघ लगायतका स्थानमा… पुरा पढौ

उपभोक्तालाई छिटोछरितो सेवा प्रदान गर्न टेलिकमलाई मन्त्री थापाको निर्देशन

गण्डकी प्रदेशका कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले उपभोक्तालाई छिटो छरितो सेवा प्रदान गर्न टेलिकमलाई निर्देशन दिनुभएको छ । नेपाल टेलिकम गण्डकी प्रादेशिक कार्यालय पोखराको अवलोकन गर्दै मन्त्री थापाले समयको परिवर्तन सँगै सेवामा समेत परिवर्तन हुनुपर्ने आवश्यकतालाई औंल्याउनुभएको हो । उहाँले पहिले टेलिफोनको महशुल तिर्न आउँदा दिनभरीको समय लिएर आउनुपर्ने बाध्यता भएपनि अहिले त्यस्तो स्थिति नभएको उल्लेख गर्नुभयो । ‘पहिले म राष्ट्रबैंकको कर्मचारी हुँदा टेलिफोनको महशुल तिर्न दिनभरी लाइन लगाउनुपथ्र्यो । अहिले त्यस्तो अवस्था छैन । प्रविधिको विकास… पुरा पढौ

रतनपाण्डेमा ६ लाखको अक्षयकोष वितरण

पोखरा–१३ स्थित रतनपाण्डे माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्र्थीका लागि शिक्षण सिकाइमा सहज पु¥याउने उद्देश्यका साथ बिहीबार नगद रु. ६ लाखको अक्षयकोष घोषणा तथा नगद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ आर्बा स्थायी बसोबास भइ हाल काठमाडौँ रहेका मधु प्रसाद बराल र विन्ध्येश्वरी बराल संरक्षक रहने गरी स्व. गुरु प्रसाद÷गोमादेवी बराल स्मृति अक्षयकोषको रकम एक कार्यक्रमबीच हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए । उक्त कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका पोखरा महानगरपालिका वडा नं.… पुरा पढौ

बाढी पसेर २२ पोखरीका ६८ हजार ट्राउट मरे

अविरल वर्षापछि आएको बाढी माछा पोखरीमा पस्दा ६८ हजार ट्राउट माछाका भुराहरु मरेका छन् । बाढीले कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ आढिपुरुङस्थित स्थानिय महेन्द्र गुरुङले सञ्चालन गरेको देवासिंङ अर्गानिक कृषि फार्ममा पालिएका ६८ हजार ट्राउट माछाका भुराहरु मरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाढी राती १२ बजे पसेको जनाइएको छ । घटनाको जानकारी आएलगत्तै प्रहरी टोलि खटाई अनुसन्धान शुरु भएको प्रदेश प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ । पुरा पढौ

नारायणी आयल रिफाइनरी मूल्य नराखी बेच्ने, शिवशक्ति घ्यू उद्योग अनुमति नलिई बेच्ने

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाइमा पोखरामा रहेका ३ वटा तेल तथा दल्हन डिपोमा अनुगमन भएका छन् । पोखरा–५ मा रहेको नारायणी मोडर्न पल्सेज इण्डष्ट्रिजको पोखरा शाखा, प्रस्याङकै शिवशक्ति घ्यू उद्योग प्रा.लि. शाखा पोखरा र के.एल दुगड गु्रप शाखा पोखरामा अनुगमन गरेको थियो ।अनुगमन समितिले कुन्दन र निलकमल ब्राण्डको तेलको डिस्ट्रिब्युटर्स नारायणी आयल रिफाइनरी प्रा.लि. पोखरा शाखाले मूल्यसूची नराखी कारोबार गरेको आरोपमा उपभोक्ता हित संरक्षण ऐन बमोजिम ५० हजार रुपैया जरिवाना गरेको छ । यस्तै शिवशक्ति घ्यू उद्योग… पुरा पढौ

दूध बिक्रीमा किसानलाई ७९ लाख अनुदान वितरण

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप करिब रु. ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७-७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, सङ्कलन केन्द्रमार्फत दूध बिक्री गरेबापत किसानलाई नगरपालिकाले प्रतिलिटर रु. १५ का दरले रु. ७८ लाख ९९ हजार नौ सय २० अनुदान उपलब्ध गराएको पशु विकास शाखाप्रमुख सुशील अर्यालले बताए। अर्यालका अनुसार नगरका विभिन्न वडामा आठ सय २१ पुरुष र तीन सय ५८ महिला गरी कूल एक हजार एक सय ७९ जना… पुरा पढौ

न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजारले दिए आवेदन

लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाट क्षमतको न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजार बढीको आवेदन परेको छ । आयोजनाले खुल्ला गरेको यही भदौ १ देखि १५ गते सम्ममा २५ हजार १९१ ले आवेदन दिएको आयोजना प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । उनका अनुसार यतिका सङ्ख्यामा परेको आवदेनबाट रु. ६१ करोड १३ लाख ३ हजार ८०० बराबरको निवेदन रहेको छ । यीमध्ये आयोजना प्रभावित मस्र्याङ्दी गाउँपालिकाका स्थानीयवासीका लागि छुट्याइएको पाँच लाख कित्ता शेयरको लागि दुई हजार ९५३ आवेदकबाट १६… पुरा पढौ

दोहोरी साँझ सञ्चालन गर्न दिन माग गर्दै व्यवसायीले प्रजिअलाई बुझाए चाबी

रात्रीकालिन ब्यवशाय सञ्चालनको माग गर्दै पोखराका दोहोरी सांझ, रेष्टुरेण्ट ब्यवशायीहरुले कास्की प्रशासनलाई चाबी बुझाएका छन । कोरोना महामारीका कारण मुुलुकमा निशेधाज्ञा खुकुलो भएतापनि आफुहरुको व्यवशाय सञ्चालनमा प्रशासनले रोक लगाएपछि समस्या उत्पन्न भएको भन्द्र व्यवशायीहरुले मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई चावी बुझाएका हुन ।चावी बुझाउदै पोखरा दोहोरी सांझ रेष्टुरेण्ट ब्यवशायी संघका अध्यक्ष जीवन गुरुङले अन्य व्यशायहरु खुलेपनि रात्रीकालिन ब्यवशाय सञ्चालनमा आउन नसक्दा आफुहरु निकै मारमा परेको वताए । सार्वजनिक यातायात, दिवा रेष्टुरेन्ट र अन्य व्यवसाय संचालन भइरहँदा दोहोरी साँझ… पुरा पढौ

सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न जिफन्ट गण्डकीको माग

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश संगठन कमिटीले योगदानमा आधारित सामाजिक सुरक्षायोजना अनिवार्य कार्यान्वयन गर्न माग गर्दैै पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघलाई मंगलबार ध्यानाकर्षणपत्र बुझाएको छ । जिफन्टको देशव्यापी कार्यक्रम अन्तर्गत दुबै संघलाई ध्यानाकर्षण पत्र बुझाएको गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए । जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा गण्डकी प्रदेशसभाका सदस्य मिना गुरुङले सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सके नेपालको श्रमशक्तिलाई स्वदेशमै रोक्न सकिने बताइन् । उनले योजनाले सरोकारवाला सबैलाई दुरगामी रुपमा… पुरा पढौ