नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) जिल्ला समिति कास्कीले शहिद स्मृती आवासीय माविमा शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । १८ औं निजामती सेवा दिवसको अवसरमा संगठनले आईतबार पोखरा महानगरपालिका वडा नम्बर १४ मा रहेको शहिद स्मृति आवसीय माविलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सचिवालय सदस्य रामजीप्रसाद बराल, गण्डकी प्रदेश सचिव डा.दामोदर रेग्मी, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, संगठनका गण्डकी प्रदेश अध्यक्ष कृष्ण प्रसाद पौडेल,…
पुरा पढौ