अर्थ

पर्यटन व्यवसायी मजुदरलाई खोप अभियान सुरु

नेपाल पर्यटन बोर्ड पोखराको परिसरमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीलाई खोप कार्ड हस्तान्तरण गर्दै पर्यटन व्यवसायी र मजदुरलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप अभियान सुरुवात गरेका छन् ।विहिबारबाट सुरुवात गरेको अभियान प्रदेशका अन्य दश जिल्लामा पनि लगात्तै सुरुवात हुने जानकारी गराउँदै खोपको कारणले कोही पनि निराश नबनि, उच्च मनोबलका साथ आआफ्नो सेवामा जुट्नको लागि सबैमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले अनुरोध गरेका… पुरा पढौ

दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्छौ : ऊर्जामन्त्री भुसाल

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुने तथा दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताए । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न वर्गलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिइन् । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिबीको रेखामुनी रहेका जनतालाई निशुल्कः विद्युत् उपलब्ध गराउन लागिएको जानकारी दिइन् । नेपाल विद्युत् प्राधिकरण र सामुदायिक ऊर्जा उत्पादनका गरी २६ लाखभन्दा बढी ग्राहकले… पुरा पढौ

पोखरामा खुल्यो स्कोडाको शोरुम, बहुप्रतिक्षित कुशाकको बुकिङ खुल्ला

पोखरा । जर्मनी प्रविधिको स्कोडा गाडीको शोरुम पोखरामा खुलेको छ । पोखराको नयाँबजारस्थित एस.एस.एल.मोटर्स प्रा.लि.स्कोडाको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता तय भएको छ । शोरुमको बुधबार एक कार्यक्रम पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल लगायतले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै पोखरेलले जर्मन प्रविधिको स्कोडा गाडी पोखरा क्षेत्रमा थप लोकप्रिय हुने विश्वास व्यक्त गरे । उनले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक हुनपर्ने औल्याए । स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले एस.एस.एल. मोटर्सलाई बिक्रेता नियुक्त गरेको हो । पोखराको… पुरा पढौ

व्यवसाय पुर्नजिवनका लागि तत्कालै अध्यययन गरेर आवश्यक नीति बनाउँछौं : मन्त्री शर्मा

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले प्रदेश भित्र रहेका उद्यम व्यवसाय र पर्यटन क्षेत्रमा कोभिडले पु¥याएको क्षती र व्यवसाय पुर्नजिवनको लागि अध्ययन अनुसन्धानको विज्ञ टोली बनाएर आवश्यक नीति बनाउने बताएका छन् ।पश्चिमाञ्चल होटल संघ पोखरामा आवद्ध व्यवसायीसँग अन्तरक्रिया गर्दै मन्त्री शर्माले पहिलो प्राथमिकतामा व्यवसायी मजदुरलाई खोप लगाउने काम सुरु भईसकेको बताएका हुन् ।मन्त्री शर्माले भने ‘आफूले कार्यभार सम्हालेकै दिनबाट व्यवसायी र मजदुरलाई अनिवार्य खोपको लागि लागिरहेको छु’ । पोखरालाई सुरक्षित पर्यटन गन्तव्य बनाउनको लागि अध्ययन अनुसन्धान गरेर व्यवसायलाई… पुरा पढौ

पोखरामा भेटेरिनरी अस्पताल भवनको शिलान्यास,दुई वर्षमा सम्पन्न हुने

पोखरा । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पशुपन्क्षीको उपचारका लागि मोडेल(नमूना) भेटेरिनरी अस्पताल निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–१२ स्थित हालको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा निर्माण गरिने अस्पताल भवनको आज गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गरे । पशु उपचार तथा कृषकलाई सहज भेटेरिनरी सेवा उपलव्ध गराउने उद्धेश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको गत आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार अस्पताल निर्माण कार्य अघि बढाइएको हो… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको गुनासो : हामीलाई खोप र व्यवसाय बचाउने कार्यक्रम खै ?

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दामु अधिकारीले स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउन कच्चा पदार्थमा लगाइएको अत्यधिक भन्सार शुल्क घटाउनुपर्नेमा जोड दिएका छन् ।‘सरकारले स्वदेशमै उत्पादन हुने र यहाँको माग धानिरहेका चाउचाउ, बिस्कुटलगायतका बस्तुहरुको कच्चा पदार्थमा लगाउने भन्सार शुल्क उच्च रहेको छ’,उनले भने,‘सरकारले तयारी बस्तु र कच्चा पदार्थ आयात गर्दा लिइने शुल्क फरक गर्नुपर्छ ।’महासंघका केन्द्रीय सदस्य अधिकारी प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वािणज्य,श्रम तथा उपभोक्ता हित समितिको प्रतिनिधिमण्डलसँग आइतबार पोखरामा भएको अन्तरक्रियामा बोल्दै थिए… पुरा पढौ

राजस्व प्रशासनमा गुणात्मक सुधार चाहन्छु : अर्थमन्त्री

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट सङ्कलन भएको राजस्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । राजस्व सचिव रामशरण पुडासैनीको बिदाइ समारोहलाई आज सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । “राजस्व भनेको जनताको पसिनाको थोपा थोपाको सङ्ग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ”, उनले भने । मन्त्री शर्माले राज्यका हरेक नीतिहरु निरन्तर सुधारको प्रक्रियामा रहेको भएता पनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक… पुरा पढौ

अर्को साता एसईईको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

साउन । आगामी साताभित्र एसईईको परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्न निर्देशन दिएको थियो । कार्यविधिले विद्यार्थीको निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुति लगायतको विषय), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मकको लागि २५ प्रतिशत मूल्यांकन तोकेको छ । प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ ।… पुरा पढौ

पोउवा संघका कार्यसमिति सदस्य बलराम तिमिल्सिनाको कोरानाका कारण निधन

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बलराम तिमिल्सिनाको निधन भएको छ । करिब १ महिनाअघि कोभिड–१९ को संक्रमण देखिएपश्चात उत्पन्न विसन्चोका बीच काडमाडौंमा उपचारत उनको बुधबार साँझ निधन भएको हो ।पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार कोभिड नेगेटिभ आएपछि पनि उहाँको फोक्सोमा संक्रमण देखिएको थियो । काठमाडौंको ग्राण्डी अस्पतालमा फोक्सोको संक्रमणको उपचार गराउँदै गर्दा पुनः मृगौलामा समस्या देखियो । अन्ततः २०२३ साल साउन १३ गते पोखरा १० रामघाटमा जन्मेका तिमिल्सिनाको साउन २० गते निधन भयो ।तिमिल्सिना पोखरा उद्योग… पुरा पढौ

गण्डकीमा सरकारको एक तिहाई, नीजि क्षेत्रको दुई तिहाई लगानी

प्रदेश विकास समस्या समाधान समिति बैठक सोमबार पोखरामा भएको छ । कार्यक्रममा मुख्यमन्त्री एवं समितिका अध्यक्ष कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक चाप र संवैधानिक वाध्यताका बीच चालु आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी कार्यान्वनमा जुटेको बताए ।विकासका सवालमा प्रदेश सरकारले आफ्नो तर्फबाट सबैसँग हातेमालो गरी सँगसँगै हिँड्ने वातावरण तयार गर्ने विश्वास दिलाउँदै उनले गत आर्थिक वर्षमा पुँजीगत खर्चमा करिब ८५ प्रतिशत प्रगति हासिल भएको बताए ।प्रथम आवधिक योजनाले पर्यटन, ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, मानव संशाधन र… पुरा पढौ