अर्थ

कर्मशीलद्वारा आर्थिक सहयोग

पोखरा । कर्मशील वचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्नो दशौं स्थापना दिवसका अवसरमा मणिपाल शिक्षण अस्पतालस्थित एमविविएस अध्ययनरत विद्यार्थीहरूद्वारा सञ्चालित “गरिब, असहाय विरामी कोष” लाई आर्थिक सहयोग गरेको छ । संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको लेखा समिति संयोजक प्रा.देवीलाल शर्मा तिमल्सेनाले जानकारी दिए । संस्थाका सञ्चालक सदस्य गोविन्दप्रसाद गौतमको संयोजनमा आज आयोजित एक कार्यक्रमकाबीच संस्थाका उपाध्यक्ष संगीता गौतम तिमल्सेना र लेखा समिति संयोजक प्रा.देवीलाल शर्माले कोषका सञ्चालकलाई १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा संस्थाका… पुरा पढौ

यी २ राजकुमारको विवादले अन्तर्राष्ट्रिय बजारमा बढ्यो इन्धनको मूल्य

यो साता तेल उत्पादनको कोटाका विषयमा संसारका ठूला इन्धन उत्पादक देश संयुक्त अरब इमिरेट्स र साउदी अरबबीच मनमुटाव भएको छ। यसको असर सबै ठूला तेल बजारमा पर्न गएको छ। र, तेलको मूल्य ६ वर्षमा सबैभन्दा बढी माथि उक्लिएको छ। रुससमेत संलग्न रहेको पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ‘ओपेक प्लस’ले वार्ता अनिश्चितकालका लागि स्थगित गरेको छ। यसले यो समूहको स्थिरतामाथि आशंका बढाइदिएको छ। संयुक्त अरब एमिरेट्स (युएई)ले ओपेक प्लसका नेताहरु, साउदी अरब र रुसको प्रस्ताव खारेज गरिदिएपछि यो समस्या गत साता सुरु… पुरा पढौ

लकडाउन र निषेधाज्ञा समयको बैंकको ब्याज र घरभाडा सरकारले तिरिदिनु पर्छ : परिषद

पोखरा पर्यटन परिषदले कोरोनाका कारण लगाइएको लकडाउन र निषेधाज्ञाले पर्यटन व्यवसाय धरासायी भएको भन्दै लकडाउन र निषेधाज्ञा अवधीभरको व्यवसायीले लिएको लगानीको बैंक ब्याज र घरभाडा सरकारलाई तिरिदिन आग्रह गरेको छ । परिषदले विहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेको हो । कोरोनाका कारण लगाइएको लकडाउन र निषेधाज्ञाले पर्यटन व्यवसाय थला परेकाले उक्त समयको लगानीको ब्याज र घरभाडा तिर्नसक्ने अवस्था व्यवसायीमा नरहेको भन्दै परिषदले सरकारलाई तिरिदिन आग्रह गरेको हो । परिषदले पर्यटन क्षेत्रमा भएको बैंक तथा वित्तिय संस्थाहरुको लगानीको किस्ता… पुरा पढौ

पोखरा पर्यटन परिषदको घोषणा : कोरोना खोप नलगाएसम्म सेवा दिन सक्दैनौं

पोखरा पर्यटन परिषद (पिटीसी)ले कोरोनाबिरुद्धको खोप नलगाएसम्म पर्यटन व्यवसाय सञ्चालन नगर्ने घोषणा गरेको छ । परिषदले विहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै कोरोना खोप नलगाएसम्म होटल, रेष्टुरेण्टलगायत पर्यटनसँग सम्बद्ध सबै व्यवसाय सञ्चालन नगर्ने घोषणा गरेको हो । पर्यटनसँग सम्बद्ध सबै व्यवसाय सञ्चालन गर्नुअघी कोरोना खोप अनिवार्य दिनुपर्ने परिषदको माग छ । परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले व्यवसाय सञ्चालनका लागि कोरोना खोप सञ्जीवनी भएकाले छिटो उपलब्ध गराईदिन संघ, प्रदेश र स्थानिय तीनवटै सरकारलाई आग्रह गरे । ‘कोरोना खोप नलगाएसम्म सेवा दिन सक्दैनौं, नो… पुरा पढौ

होटल, रेष्टुरेण्ट खोल्न दिन पृथ्वी होटल व्यवसायी समिति र सिटी रेवानको माग

पर्यटनसँग सम्बद्ध पोखराका दुई संस्थाले कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । पर्यटनसँग सम्बद्ध पृथ्वी होटल व्यवसायी समिति र सिटी रेष्टुरेण्ट एण्ड बार एशोसियसन (सिटी रेवान), पोखराले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै कोरोना खोपको माग गरेका हुन् । कोभिड–१९ का कारण लगाइएको लकडाउन तथा निषेधाज्ञाका कारण पर्यटनसँग सम्बद्ध होटल तथा रेष्टुरेण्टहरु थला परेकाले यसको पुर्नरुत्थान गर्ने एउटा मात्र विकल्प भनेको कोरोना खोप भएको उनीहरुको भनाई छ । ‘कोरोनाबाट बच्दै पर्यटन व्यवसाय… पुरा पढौ

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुला

काठमाडौँ। युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु ६४ करोड ५० लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमारलाल कर्णले जानकारी दिए । उनका अनुसार कम्पनीको जारी पुँजीको ३० प्रतिशत शेयर जारी गरिएको हो । हाल कम्पनीको जारी पुँजी रु दुई अर्ब १५ करोड बराबर रहेको छ । कम्पनीले प्रतिकित्ता र… पुरा पढौ

गण्डकी सरकारको माग : संघीयताको मर्म अनुसार मौद्रिक नीति चाहियो

गण्डकी प्रदेशले प्रादेशिक नीति, कार्यक्रम र बजेटलाई सम्बोधन गरेर मौद्रिक नीति जारी गर्न राष्ट्रबैंकलाई आग्रह गरेको छ । प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेशको नीति तथा योजना आयोगले बुधबार पोखरामा पत्रकार भेटघाट गरेर राष्ट्रबैंक सबैको साझा भएकाले उसले संघ सरकारसहित सबै प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटलाई सम्बोधन गरेर मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । आयोगका नवनियुक्त उपाध्यक्ष रघुराज काफ्लेले अघिल्ला वर्षहरुका मौद्रिक नीतिले प्रदेशको नीति, कार्यक्रम र बजेटलाई सम्बोधन नगरेकाले आगामी मौद्रिक नीतिले सम्बोधन गर्न आग्रह गरिएको बताए ।… पुरा पढौ

जीवन विकास लघुवित्तको आइपिओे बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडाैं । जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ६९ हजार नौ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । उनसत्तरी हजार नौजनाको आवेदनमध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको क्यापिटलले जनाएको… पुरा पढौ

निगमले दुई हप्तामै बढायो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । नेपाल आयल निगमाले मंगलबार राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल/ मट्टितेलको मूल्यमा २–२ रुपैयाँका दरले बढाएको हो । यो संगै पेट्रोलको मूल्य १२९ रुपैयाँ , डिजेल/मटितेलको मूल्य११२ रुपैयाँ पुगेको छ । यस्तै खाना पकाउने ग्यासको मूल्यमा पनि २५ रुपैयाँ बढेर १४२५ पुगेको छ । निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पु¥याएको छ गत जेठ… पुरा पढौ

गण्डकी सरकारले गर्यो १४ करोड रकमान्तर

गण्डकी प्रदेश सरकारले १४ करोड बढी रकमान्तर गरेको छ । एमाले सरकार ढालेर कांग्रेस नेतृत्वमा बनेको बिपक्षी गठबन्धन सरकारले असारमा १३० नया योजनाका लागि १४ करोड बढी रुपैयाँ रकमान्तर गरेको हो । अर्थ मन्त्रालयसमेत सम्हालिरहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशनमा उक्त रकम रकमान्तर भएको श्रोतले बताएको छ । सरकारले रकमान्तर गरेका १३० योजना मध्ये ८३ योजना भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका रहेका छन् । त्यसरी रकमान्तर गरिएको कार्यक्रम चालु आर्थिक वर्षको बजेटको रातो किताबमा समावेश भने छैनन् । प्रदेशको आर्थिक कार्यविधी… पुरा पढौ