अर्थ

क्वालिटी अफ लाईफ सराङकोटद्वारा स्वास्थ्य सामग्री प्रदान

क्वालिटी अफ लाईफ सराङ्गकोटले गुल्मिको एक गाउँपालिका स्थित स्वास्थ्यचौकीलाई २ वटा कन्सन्ट्रेसन मेसिन सहित आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।एक्काइस वर्षदेखी समुदायमा सञ्चालन हुँदै आएको उक्त सामाजिक संस्थाले गुल्मेली समाज पोखराको समन्वयमा गुल्मी जिल्लाको काली गण्डकी गाउँपालिकाको पूर्तिघाटमा रहेको स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।संस्थाले दुई वटा कन्सन्ट्रेसन मेसिन, पिपिई सेट, (डिस्पोजेवल एण्ड नन डिस्पोजेवल) भिटामिन डि, सी ट्याब्लेट, विभिन्न आवश्यक औषधिहरु, अक्सीमिटर, थर्मामिटर, जिङ्क ट्याबलेट, प्यारा सिटामोल,सेनिटाइजर, एन ९५ मास्क,… पुरा पढौ

मनकामना स्मार्ट लघुवित्तको आइपीओ खुला, कहिलेसम्म दिने आवेदन ?

काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) आजबाट बिक्री खुला गरिएको छ । आजबाट बिक्री खुला भएको आइपीओ यही असार २१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु. तीन करोड ८९ लाख बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिए । उनका अनुसार प्रतिकित्ता रु १०० अङ्कित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । त्यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात्… पुरा पढौ

कोरोना खोप पाउने आश्वासन पाएपछि ग्यास विक्रेताहरुले सेवा नियमित सञ्चालन गर्ने

एलपि। ग्याँस विक्रेता संघ कास्कीको माग वमोजिम कोरोना विरुद्धको खोप व्यवस्था गर्ने आश्वासन पाएपछि व्यवसायीले यथावत रुपमा सेवा सञ्चालन गर्ने भएको छन् । ग्याँस विक्रेता संघ कास्कीले आफ्ना व्यवसायीहरु घर–घर सम्म ग्याँस पु¥याउन जाँदा कोरोना संक्रमणको उच्च जोखिम हुने भन्दै कोरोना विरुद्ध खोप लगाउने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश सरकारको स्वास्थ्य मन्त्री समक्ष माग राखेका थिए । आफ्नो माग सम्वोधन नगरिएपछि असार १० गतेबाट ग्याँसको आपूर्ति व्यवस्था वन्द गर्ने निर्णय गरेका थिए । सोमवार प्रदेश स्वास्थ्य मन्त्री… पुरा पढौ

गण्डकी डाइभर्सन गण्डकी प्रदेशको हित बिपरित सर्वपक्षीय निष्कर्ष

पोखरा । गण्डकी प्रदेश सरकार, राजनीतिक दलहरु र नागरिक समाजले काली गण्डकी डाइभर्सन खारेज गर्न माग गरेका छन् । गण्डकी प्रदेश सरकारले सोमबार आयोजना गरेको सर्वपक्षीय छलफलमा प्रदेश सरकार, राजनीतिक दलहरु तथा नागरिक समाजका प्रतिनिधिहरुले काली गण्डकी डाइभर्सन गण्डकी प्रदेशको हित बिपरित भएकाले यो खारेज हुनुपर्ने बताएका हुन् । आयोजना तत्काल रद्ध गर्न एक स्वरमा माग गरेका उनीहरुले साझा अवधारणासमेत सार्वजनिक गरेका छन् । बैठकपछि जारी निर्णयमा भनिएको छ, ‘भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक र ऐतिहासिक महत्व बोकेको कालीगण्डकी… पुरा पढौ

ग्यास विक्रेताहरुले यथावत सेवा दिने

पोखरा । एल.पी ग्याँस विक्रेता संघ कास्कीको माग वमोजिम कोरोना विरुद्धको खोप व्यवस्था गर्ने आश्वासन पाएपछि व्यवसायीले यथावत रुपमा सेवा सुचारु गर्ने भएको छन् । ग्याँस विक्रेता संघ कास्कीले आफ्ना व्यवसायीहरु घर–घर सम्म ग्याँस पु¥याउन जाँदा कोरोना संक्रमणको उच्च जोखिम हुने भन्दै कोरोना विरुद्ध खोप लगाउने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश सरकारको स्वास्थ्य मन्त्री समक्ष माग राखेका थिए । आफ्नो माग सम्वोधन नगरिएपछि असार १० गतेबाट ग्याँसको आपूर्ति व्यवस्था वन्द गर्ने निर्णय गरेका थिए । सोमवार प्रदेश… पुरा पढौ

बिहानी सहकारीद्धारा सहारा एकेडेमीलाई स्टेशनरी सहयोग

पोखरा । पोखराको बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा १७ मा रहेको सहारा फुटवल एकेडेमीका वालकहरुको लागि स्टेशनरीका सामान सहयोग हस्तान्तरण गरेको छ । सहकारीको १३ औं बार्षिकोत्सको अवसरमा संस्थाका पदाधिकारीको टोलीे आइतबार एकेडेमी परिसरमै पुगेर १० हजार मुल्य बराबरको स्टेशनरीका सामान सहयोग हस्तान्तरण गरेको सहारा क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । संस्थाका अध्यक्ष धर्मराज भण्डारी, उपाध्यक्षहरु हरीकृष्ण तिवारी, सुसिला अधिकारी सिग्देल, सचिव सुजन अधिकारी, कार्यक्रम संयोजक प्रेम गिरी लगायतको टोलीले सहारा क्लवका बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङ,… पुरा पढौ

बागलुङमा होमस्टे प्रवर्द्धनका लागि पदमार्ग

बलेवा। कतिपय स्थानमा होमस्टे (घरबास) प्रवर्द्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ तर काठेखोला गाउँपालिका–७ रेशमा सामूहिक हित र पर्यटन प्रवर्द्धनका लागि बजेट लगानी गरिएको छ । रेशस्थित डोटे देउराली होमस्टे प्रवर्द्धनका लागि पर्यटकीय स्थान संरक्षण र पदमार्ग निर्माण गरिएको छ । रेशस्थित माहुरी झरनामा जाने झण्डै एक किमी लामो पदमार्ग निर्माण गरिएको हो । उक्त पदमार्ग बनेपछि स्थानीयवासीले झरनामा पुगेर घुम्ने क्रम शुरु भएको छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले दिएको रु १० लाख र… पुरा पढौ

एसओएस सामाजिक केन्द्र गण्डकीको कोभिड प्रभावित परिवारलाई सहयोग

एसओएस सामाजिक केन्द्र गण्डकीले कोभिड प्रभावित २ परिवारलाई आर्थिक लगायत स्टेशनरी सामग्री सहयोग गरेको छ। एसओएसको ३५ औं अन्तर्राट्रिय दिवसको अवसरमा पोखरा महानगर वडा नं १५ र २२ मा कोभिडबाट प्रभावित २ परिवारलाई एसओएस सामाजिक केन्द्र गण्डकीले आर्थिक तथा स्टेशनरी सामग्री सहयोग गरेको हो। कोभिडका कारण बाबुआमा गुमाएका कारण नातागोतामा आश्रित २ वटै परिवारमा बालबालिकाका लागि एसओएस सामाजिक केन्द्र गण्डकीले ब्याग, कलम, पेन, कापी लगायतका स्टेशनरी सामग्री सहयोग गरेको हो। पोखरा–१५का वडाध्यक्ष प्रकाश पौडेल, सामाजिक अभियन्ता शिवबहादुर बाँनिया र एसओएस… पुरा पढौ

निर्वाचन नै लोकतन्त्रको प्राण ः उपप्रधानमन्त्री पौडेल

काठमाण्डौं । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताएका छन् । उनले संविधानको कार्यान्वयनका लागि पनि अब निर्वाचनको विकल्प नभएको बताएका हुन् । उनले आज बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटनका क्रममा केही दलहरु निर्वाचनसँग डराएको बताए । उनले निर्वाचन बाध्यकारी रुपमा आएकाले सबैलाई निर्वाचनका लागि तयार रहन आग्रहसमेत गरे । उनले सरकारले पूर्वाधार निर्माणका क्षेत्रमा, मानवीय संसाधनको विकासका दृष्टिले, जनताको जीवनस्तरमा आएको विकास र प्रगतिका क्षेत्रमा हरेक दृष्टिकोणले नेपालले विकासका नयाँ नयाँ मानक प्रस्तुत गर्दै… पुरा पढौ

पाल्पाली बहुउद्देश्यीय सहकारीको रक्तदान, ५० युनिट संकलन

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तेस्रो स्थापना दिवस अवसरमा शनिबार पोखरामा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । प्रमुख अतिथि पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेले पहिलो रक्तदाता पाल्पाली समाज पोखराका निवर्तमान अध्यक्ष एवं पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरेलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सहकारीले स्थापना दिवस अवसरमा हरेक वर्ष नियमित रक्तदान कार्यक्रम गर्दै आएको बताए । पाल्पाली समाजका अध्यक्ष एवं सहकारीका सचिव… पुरा पढौ