अर्थ

प्रधानमन्त्री ओली नव सामन्तको नाइके

गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले वर्तमान सरकारको नेतृत्वकर्ता नव सामन्तको नाईके भएको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ईंगित गर्दै माओवादी केन्द्रका नेतासमेत रहेका उनले भने,‘देश अहिले ध्रुविकरणमा गएको छ, एकातिर एउटा ध्रुव संविधान, लोकतन्त्रण, गणतन्त्र, संघीयता रक्षा गर्न तल्लिन देखिन्छ । अर्कोतिर अर्को ध्रुव यो संविधानलाई धुजा धुजा पार्ने, संविधानका पानाहरु च्यात्ने, त्यतिमात्र होइन म नभई पृथ्वी नै घुम्दैन भन्ने प्रवृत्ति नव सामन्तको नाइके बन्ने ।’ उनले नव सामन्तवादको नाईकेले संवैधानिक अंगलाई कब्जा गर्ने र सेटिङमा… पुरा पढौ

कास्की काँग्रेसले ‘वीपी विपत् कोष’ निर्माण गर्ने

कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कास्की काँग्रेसले वीपी विपत् कोष निर्माण गर्ने भएको छ । विभिन्न आठ चरणमा गरिएको छलफलपछि प्राप्त सुझावका आधारमा कोष निर्माण गर्न लागिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले कोष निर्माण गर्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वेच्छिक आर्थिक सहयोग संकलन गरी कोष निर्माण गरिने छ । कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील… पुरा पढौ

गण्डकी प्रदेश चेम्वर द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

गण्डकी प्रदेश चेम्वर अफ कमर्स द्धारा जिल्ला प्रशासन कार्यलय कास्की लाई १०० (सय ) थान पीपीइ र –४०००)) चार हजार थान मास्क हस्तान्तरण गरेको छ । कास्की जिल्ला प्रदेशको राजधानी र स्वास्थ्य उपचारमा सवै जिल्ला वाट विरामी पोखरा आउने हुँदा आम नागरिकको जीवन रक्षामा सेवा दिइरहेको स्वास्थ्यकर्मी र सेना प्रहरीको मनोवल वढाउन सानो सहयोग भए पनि सवैमा हौसलाहोस भनी सहयोग गरिएको गण्डकी प्रदेश चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनारले जानकारी दिए । गण्डकी प्रदेश चेम्वर अफ कमर्सले अहिले प्रदेश भरि… पुरा पढौ

स्वास्थ्य प्रणालीलाई सुदृढ बनाइने

पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड–१९ लगायत महामारीको रोकथाम, नियन्त्रण र उपचरका लागि स्वास्थ्य प्रणालीलाई सवल एवम् सुदृढ बनाउने भएको छ । सोमबार गण्डकी प्रदेशसभाको वैठकमा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै प्रदेशका अर्थ मन्त्री किरण गुरुङले आधारभूत स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँच सुनिश्चित गर्दै गुणस्तर अभिवृद्धि गर्न आवश्यक बजेट व्यवस्था गरिने बताए । होम आइसोलेशनमा पनि आवश्यक मेडिकल सेवा उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गर्दै उनले प्रदेशका सबै नागरिकको लागि कोरोना भाइरस… पुरा पढौ

अन्तर्राष्ट्रियस्तरका खेलकूद पूर्वाधार निर्माण प्राथमिकतामा

पोखरा । गण्डकी प्रदेश सरकारले खेलकूद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्ष २०७८÷०७९ को विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त आज प्रदेशसभामा प्रस्तुत गर्दै युवा तथा खेलकूदतर्फ खेलकूदको विकासका लागि अन्तर्राष्ट्रिय स्तरका खेलकूद पूर्वाधार निर्माणमा जोड दिइने बताए। यसैगरी खेलकूदको विकासका लागि गण्डकी प्रदेश खेलकूद परिषद् र जिल्ला खेलकूद विकास समितिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सरकारको योजना छ । प्रदेश सरकारले प्रदेश खेलकूद… पुरा पढौ

बजेटमा पर्यटन : पोखराका व्यवसायी उत्साहित

पोखरा । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि सार्वजनिक गरेको बजेटले पर्यटन क्षेत्रका अधिकांश पक्ष समेटेको र यसको कार्यान्वयन भए मात्र सार्थक हुने प्रतिक्रिया दिएका छन् । बजेटको प्रभावकारी कार्यान्वयनमा पनि उनीहरुले जोड दिएका छन् । गोपीबहादुर भट्टराई, अध्यक्ष, पोखरा पर्यटन परिषद्ः आर्थिक वर्ष २०७८÷ ७९ का आएको बजेटले समग्र रुपमा पर्यटन क्षेत्रलाई सम्बोधन गरेको छ ।पर्यटन क्षेत्रको व्यवसाय बचाउनका लागि पुनरुत्थानका कार्यक्रम आएको भने हामीले भने झै पुनःकर्जाको व्यवस्थालाई निरन्तरता दिइएको छ । कोरोना… पुरा पढौ

लयमा फर्कंदै विद्युत् उत्पादन

लमजुङ । लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाहरुले क्षमताअनुसार विद्यु्त् उत्पादन गर्न थालेका छन् । नदीमा पानीको बहाव कम भएसँगै क्षमताभन्दा न्यून उत्पादन गरिरहेका ती आयोजनाले हालैको वर्षात्पछि पूरै क्षमतामा बिजुली उत्पादन गर्न थालेका छन् । डुम्रे–बेँसीशहर सडकखण्ड नजीकै जिल्लास्थित बँेसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बढेको छ । केही दिनअघिसम्म ५०÷५५ मेगावाट मात्र बिजुली उत्पादन रहेकामा तीन दिनअघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए । उनले… पुरा पढौ

मानव जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताएका छन् । पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उनले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा लागि प्रदेश सरकारले प्राथमिकता साथ काम गरेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि खोपका लागि सकारात्मक पहल भएको र बजेटले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै मन्त्रिपरिषद्बाट पनि खोप खरीद गर्नेको लागि सङ्घ सरकारलाई सिफारिश गरेको जानकारी दिए । उनले प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै स्वास्थ्य… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्टका लागि सहयोग आउने क्रम जारी

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बृहद अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि शुरु गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ आर्थिक संकलन महाअभियानमा सहयोग आउने क्रम जारी छ । बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको संचार सहकार्यमा शुरु गरिएको महाअभियानमा पछिल्लो पटक पञ्चरत्न आभूषणबाट ५० हजार, कञ्चन पिएम ज्वेलर्सबाट ५० हजार, क्रिस कञ्चन ज्वेलरी प्रालिबाट ५० हजार, कञ्चन ज्वेलरीबाट ५० हजार, कञ्चन आभुषणबाट ५० हजार, बुद्धाचार्य आभुषण प्रालिबाट ५० हजार प्राप्त… पुरा पढौ

कसैले भन्दैमा बजेटको नीति, सिद्धान्तमाथिको छलफल रोकिदैन : मन्त्री बस्नेत

गण्डकी प्रदेश सभाको आठौं अधिवेशन शुरु भएको छ । कोरोना महामारीका कारण भौतिक दुरी कायम गर्न समस्या भएपछि प्रदेश सभा भवन नदीपुरमा नभई पोखरा सभागृहमा आईतबारदेखि शुरु भएको बजेट अधिवेशन वा बर्खे अधिवेशनको रुपमा लिइने आठौं अधिवेशनको शुभारम्भको अवसरमा दलका नेताहरुले सम्बोधन गरे । सभालाई सम्बोधन गर्दै विपक्षी गठबन्धनमा आबद्ध दलका नेताहरुले अल्पमतको सरकारले बजेट ल्याउन नपाउने भएकाले बजेटको नीति, सिद्धान्त माथि छलफल पनि नगर्न माग गरे । विश्वासको मत नलिई बजेटको नीति, सिद्धान्त माथिको छलफल नगर्न उनीहरुको माग थियो… पुरा पढौ