अर्थ

बोलपत्र नपरेपछि वडा कार्यालयमार्फत नदीजन्य पदार्थ उत्खनन

मनाङ । ढुङ्गा, गिट्टी र बालुवा उत्खननका लागि पटकपटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि मनाङ ङिस्याङ गाउँपालिका–६ कार्यालयले सङ्कलनको अनुमति दिएको छ । चालु आर्थिक वर्षमा दुईपटक सूचना प्रकाशित गर्दासमेत बोलपत्र नपरेपछि गाउँपालिकाले सम्पूर्ण प्रक्रिया पूरा गरी वडा कार्यालयलाई उत्खननको अनुमति दिएको हो । गाउँपालिकाले २०७७ माघ २६ र फागुन २८ गते सूचना प्रकाशित गरे पनि कुनै कम्पनीको बोलपत्र परेको थिएन । पटकपटक सूचना प्रकाशन गर्दा कसैको बोलपत्र नपरेपछि वडा कार्यालयलाई गण्डकी प्रदेशसभाले पारित गरेअनुरुपको दरमा नदीजन्य पदार्थ उत्खननको… पुरा पढौ

घट्यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य

काठमाडौँ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी हिजो राति १२ः०० बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । आइतबार बसेको निगम सञ्चालक समितिले कोभिडको अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखि मूल्य निर्धारण गर्ने नीति पारित गरेको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य… पुरा पढौ

राष्ट्रिय संगितकर्मी संघ कास्कीद्वारा राहत वितरण

राष्ट्रिय संगितकर्मी संघ कास्कीद्वारा २९परिवारलाई राहत वितरण ऋषिराम दाहाल पाेखरा राष्ट्रिय संगितकर्मि संघ कास्कीले२९घर दुरीलाई राहत वितरण गरेकाे छ।काेभिड १९काे कारण सबै क्षेत्र प्रभाबित भएको र यसबाट कलाकार पनि अछुतो नरहेको हुदाँ याे पटक पनि राहत वितरण गरेकाेकार्यक्रम संयाेजक कपिल श्रेष्ठ ले अाम नेपाली टिभी लाई जानकारी गराए। सबै क्षेत्रका दुखमा पर्दा हरपटक सहयोग गरेको र याे पटक पनि लकडाउनकाे बेला सहयाेग गरेकाे कुरा कास्कीका अध्यक्ष ऋषिराम दाहालले बताए । राष्ट्रिय संगितकर्मि संघ कलाकारकाे हकहित सगै सामाजिक उत्तरदायित्व वहन गर्दै… पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो । भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मूल्य बृद्धि गरिएको निगमले जनाएको छ । मूल्यबृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।… पुरा पढौ

पोखराका पर्यटन व्यवसायी भट्टराईद्वारा अपाङ्गता भएकालाई राहत वितरण

पोखरा । पोखराका दुई पर्यटन व्यवसायीले समस्यामा परेका १८ जना अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर तत्काल राहत सामग्री वितरण गरेका छन् । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले अपाङ्गता भएकाहरुलाई तत्काल राहत सामग्रीको आवश्यकता भएको जानकारी गराए लगत्तै माउण्ट कैलाशका सञ्चालक नरेश भट्टराइ र प्याराडिसो स्पोर्टस् एण्ड र बारका सञ्चालक गोपीबहादुर भट्टराईले तत्काल खाद्यान्न सामग्री उपलब्ध गराएको केन्द्रका महासचिव अन्जना केसीले बताइन । “कोरोना महामारीका कारण अहिले निषेधाज्ञा जारी छ सीपमूलक कामबाट जीवन चलाइरहेका पनि अहिले काम गर्न पाएका छैनन् ,… पुरा पढौ

विश्व हिन्दु महासंघद्वारा पोखरा वृद्धाश्रमलाई तरकारी सहयोग

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाईरसको कारणले हरेक क्षेत्रलाई निकै प्रतिकुल असर पारेको छ जसमा सेवा र सहयोगका निम्ति स्थापना भएका संघसंस्थालाई भने निकै अप्ठ्यारो परिस्थितिको सामना गरिरख्नु परेको छ ।पोखरा महानगरपालिका वडा नं १७ सितापाईला स्थित पोखरा वृद्धाश्रममा कोरोना कहरका कारण सहयोगी दाताहरुको कमि भएपछि ताजा तरकारी लगायतका बस्तुहरूको अभाब शुरु भएको थियो ।यो बिषम परिस्थितिमा नागरिकोको सेवा र सहयोग बाट संचालित सबै जसो आश्रमहरुमा यस्ता समस्या शुरु भएको छ ।यहि बिषयलाई मध्य नजर गर्दै विश्व हिन्दु महासंघले बिभिन्न आश्रम… पुरा पढौ

रेवान पोखरा र द आर्ट अफ लिभिङ्गद्वारा फेवातालका डुङ्गा चालकहरुलाई राहत वितरण

पोखरा । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जारी गरिएको लकडाउनका कारण थुप्रै मजदुरहरु बेरोजगार बनेका छन् । यतिबेला उनीहरुलाई बिहान बेलुकाको छाक टार्नै हम्मे हम्मे पर्न थालिसकेको छ । यस्तोमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखरा र द आर्ट अफ लिभिङ्गको संयुक्त सहयोगमा पोखराको फेवातालमा डुङ्गा चलाउने मजदुरहरुलाई राहत वितरण गरिएको छ । फेवाताल किनार बाराहीघाटमा शुक्रबार विहान भएको राहत वितरण कार्यक्रममा फेवातालका विभिन्न घाटमा कार्यरत डुङ्गा चालकहरुलाई खाद्यान्न सामग्री वितरण गरियो । उनीहरुलाई १ बोरा चामल सहित… पुरा पढौ

‘अक्सिजन प्लान्टका लागि सहयोग आउने क्रम जारी, अबको ३ हप्तामा प्लान्ट आईपुग्ने अपेक्षा’

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि शुरु गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ शुरु गरिएको आर्थिक संकलन महाअभियानमा सहयोग आउने क्रम जारी छ ।बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको संचार सहकार्यमा जारी अर्थ संकलन महाअभियानमा पछिल्लो पटक डि एक्स एन परिवार पोखराद्वारा १ लाख ३८ हजार ८ सय २० रुपैया , कास्की समाज क्यानाडाबाट रु १ लाख १ हजार ५५ ,नागरिक समाज पोखराबाट… पुरा पढौ

नदीजन्य पदार्थ उत्खनन्का लागि बोलपत्र नपरेपछि एक कम्पनीलाई अनुमति

पाेखरा । ढुङ्गा, गिटी र बालुवा उत्खनन्का लागि तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि तनहुँको देवघाट गाउँपालिकाले एक कम्पनीलाई सङ्कलनको अनुमति दिएको छ । चालु आर्थिक वर्षमा तीनपटक सूचना प्रकाशित गर्दा बोलपत्र नपरेपछि गाउँपालिकाले प्रकृया मिलाएर सन्ध्या सन्देश निर्माण सेवालाई उत्खनन्को अनुमति दिएको हो । गाउँपालिकाले २०७७ माघ १४, फागुन १३ र २०७८ वैशाख ६ गते सूचना प्रकाशित गरेको थियो । तीनैपटक कसैको बोलपत्र नपरेपछि उक्त कम्पनीलाई रु ३० लाखमा अनुमति दिइएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए… पुरा पढौ

जन्मदिनको अवसरमा पौडेलद्वारा सहयोग हस्तान्त्रण

पोखरा । जन्मदिनको अवसर पारेर पोखराका भिष्मराज पौडेल र उनकी छोरीले नमस्ते सामुदायिक प्रतिष्ठानसंगको समन्वयमा स्वास्थ्य सामाग्री तथा खाद्यन्न सहयोग गरेका छन् । पौडेलले ४६ औं जन्मदिनको अवसरमा आफ्ना परिवार तथा साथीहरुसंगको सहकार्यमा संकलित रकम प्रतिष्ठानमार्फत कास्कीका विभिन्न क्षेत्रमा सहयोग गरेका हुन् । साथै सो अभियानमा उनकी छोरी आर्शिया पौडेलबाट पनि विषेश सहयोग भएको उनले बताए । नमस्ते सामुदायिक प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका पौडेलले विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमित तथा सोको व्यवस्थापनका लागि खटिनेहरुका लागि सहयोग… पुरा पढौ