युवा उद्यमी मञ्च पोखरा (एनवाईईएफ)ले पोखराका दुई कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । एनवाईईएफ पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (जसलाई अहिले कोभिड अस्पताल बनाइएको छ) र सरुवा तथा संक्रामक रोग अस्पताल लेखनाथलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । एनवाईइएफका अध्यक्ष सुनिलबहादुर भट्टराई नेतृत्वको टोलीले आज एक कार्यक्रमका बीच ती दुई अस्पताललाई अक्सिजन सिलिण्डर, अक्सिजन मास्क, पिपीई सेट, फेस सिल्ड, अक्सिमिटर, सेनिटाइजर, सर्जिकल मास्कलगायत ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । कार्यक्रममा एनवाईइएफका…
पुरा पढौ