अर्थ

१० करोडमा डुडुवा गाउँपालिकाको भवन बन्दै

बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । गाउँपालिका केन्द्र रहेको वडा नं। ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा रु। १० करोड २२ लाख १६ हजारको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भईरहेको छ । चार तल्ले भवनमा चार सय जना क्षमता भएको बहुउद्देश्यीय सभाहल, सानो सभाकक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, ठूला तथा साना सवारीका लागि पार्किङ्ग, खेल मैदान, सेवाग्राहीका लागि प्रतिक्षालय र लिफ्टसहितको भवन निर्माण भईरहेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका… पुरा पढौ

महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी रु. २० हजार बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गर्नुभएको हो । दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैँसी पाल्ने योजना बनाउनुभयो । ‘‘दुई भैँसी पालेर घाँस खेती समेत गरेकी छु’’, नेहा भन्नुहुन्छ, ‘‘ दुई भैँसीको साँझ बिहानको दैनिक १२ लिटर दूध बिक्री हुन्छ । मेरो घर राम्रै चलेको… पुरा पढौ

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

जग्गाधनी प्रमाणपुर्जा नभएका तनहँुका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरु बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने तयारी छ । सङ्घीय सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्प पीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन लागिएको हो । तनहँुमा जग्गाधनी प्रमाणपुर्जा नभएका भूकम्प पीडितको सङ्ख्या धेरै भए पनि पहिलो चरणमा २७ घरधुरीलाई लालपुर्जा उपलब्ध गराउन लागिएको राष्ट्रिय पुनःनिर्माण… पुरा पढौ

पर्यटक आकर्षित गर्न छुट प्याकेज घोषणा

आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन् । चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिनुभयो । “कोरोनाको कहरले थला परेको बन्दीपुरको पर्यटन व्यवसायलाई गतिशिल बनाउनका लागि पनि आन्तरिक पर्यटक आकर्षित गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो,… पुरा पढौ

बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन

बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको जुल्फे किबी पकेट क्षेत्रमा किबीका बिरुवा उत्पादन गर्न थालिएको छ । यसअघि किबीका बिरुवा बागलुङ जिल्ला बाहिरबाट मात्रै आयात गरिन्थ्यो । ताराखोला–५ नागीका रतनबहादुर घर्तीले व्यावसायिक रुपमा नै किबी र जडिबुटीका बिरुवा उत्पादन गर्न थाल्नुभएको छ । भ्रमणका क्रममा इलाममा किबी र जडिबुटीको बिरुवा उत्पादन गरिएको देखेपछि आफूले पनि बिरुवा उत्पादन थालेको उहाँको भनाइछ । लामो समयदेखि कृषिमा लाग्नुभएका घर्ती अब आफैँ किबीका बिरुवा बनाएर बिक्री गर्ने योजनामा हुनुहुन्छ । शुरुमा किबी खेती गर्ने भनेर बिरुवा… पुरा पढौ

किनमेल गर्दै स्थानीय ग्राहक

महान चाड दशैं, तिहार तथा छठ पर्व नजिकिएसंगै धनगढीको चौराहास्थित पसलमा दैनिक प्रयोगका सामाग्री किनमेल गर्दै स्थानीय ग्राहक । धनगढीमा कोरोना सङ्क्रमणको जोखिम कायमै रहे पनि बजारका पसलहरुमा सामान खरिदका लागि आउने ग्राहकहरुले खासै सावधानी अपनाएको देखिंदैन । तस्वीर ः तिलकराज ओझा, रासस पुरा पढौ

गाउँमै कमाएर रमाउँदै दरवाङका युवा

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका युवाहरु सीप सिकेर विकास र आयआर्जनका काममा जोडिएका छन् । विदेशबाट फर्किएका र बेरोजगार युवाहरु सङ्गठित भएर सामूहिकरूपमा स्वरोजगार बनेका हुन् । आत्मनिर्भर युवा स्वरोजगार समूहमार्फत विकास आयोजनाका लागि फर्निचर, ग्रिल, मिक्सर उद्योग सञ्चालनका साथै कुखुरा र भैँसीपालनको तयारी गरेका दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले बताउनुभयो । “१८ युवा अहिले सामूहिक उद्यम सञ्चालनका लागि सीप सिकिरहेका छन्”, उहाँले भन्नुभयो, “उत्पादन र आयआर्जनमा जोड्न बेरोजगार युवाहरुलाई समूहमा आबद्ध गराएर विकासका काममा परिचालन गर्न लागिएको छ ।” नदी,… पुरा पढौ

चेपाङ समुदायलाई दशैँ मनाउन राहत वितरण

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ बेँसीशहर नगरपालिका ११ चिति बरबोटमा रहेका पूर्णबहादुर चेपाङलाई दशैँ मनाउँन खाद्यान्न सामग्री शनिबार हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा । तस्वीर ः जनक श्रेष्ठ÷रासस पुरा पढौ

मन्त्री भुसाल

उद्योग ब्यापार सङ्गठन रुपन्देहीको भवन शिलान्यास कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल । तस्बिर ः नरेश केसी÷रासस पुरा पढौ

पोल्याङ खानेपानी योजनालाई बहुवर्षीय बजेट

तनहुँको व्यासनगरपालिका–११ स्थित पोल्याङ लिफ्ट खानेपानी योजना निर्माणको लागि सङ्घीय सरकारको सहयोगमा बहुवर्षीय बजेट विनियोजन भएको छ । चार वर्ष अघि इष्टिमेट भएको उक्त खानेपानी योजनाको लागि सङ्घीय सरकारबाट रु।पौने चार करोडको बहुवर्षीय बजेट विनियोजन भएको हो ।चालु आर्थिक वर्षको लागि रु।८० लाख विनियोजित भई टेन्डर गरिएकोमा रु।६० लाखमा स्वीकृत भई काम भईरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दमौलीले जनाएको छ । तीनवर्ष अघि बोरिङ खन्ने कार्य सम्पन्न गरेपनि अघिल्लो वर्ष फलामेपाइप खरिद गरेपछि अहिले पम्प हाउस निर्माण गरिएको छ… पुरा पढौ