अर्थ

सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान

नेपाल सरकारले सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आज बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान गरेको हो । एउटा दोहोरो लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्ग निर्माणका लागि मन्त्रालयले ग्लोबल टेन्डर आह्वान गरेको हो । पैतालीस दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान गरिएको हो । सुरुङमार्गका लागि रुपन्देही क्षेत्र नं २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखि… पुरा पढौ

विवेकशील साझाको ‘तातो भात अभियान’माथि प्रशासनको अंकुश

कोरोना महामारीका बेला विवेकशील साझा पार्टीको पोखरा महानगर समितिले सुरु गरेको ’तातो भात अभियान’लाई प्रशासनले अंकुश लगाएको छ । कोभिडका विरामी तथा तिनका कुरुवाहरु खान नपाएर भोकभोकै मर्ने स्थिति देखेपछि विवेकशील साझा पार्टीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल’ का कोभिड बिरामी र कुरुवालाई निःशुल्क रुपमा तातो भात खुवाउँदै आएको थियो । गत आईतबारदेखि शुरु भएको सो अभियान शुक्रबारसम्म जारी रहेपनि शनिबारदेखि प्रशासनले खाना खुवाउन रोक लगाएको सो पार्टीले जनाएको छ । यसैबीच, स्वच्छ मनले भोका पेटहरूलाई निःशुल्क… पुरा पढौ

अक्सिजन प्लान्ट स्थापनार्थ सहयोग आउने क्रम जारी , माछापुच्छ्रे बैंकको ५ लाख सहयोग

पोखरा । पोखरामा नगरिक स्तरबाट थालिएको अक्सिजन प्लान्ट स्थापनाका लागि माछापुच्छ्रे बैंक लिमिटेडले ५ लाख रुपैया सहयोग गरेको छ । बैंकले संस्थागत उत्तरदायित्व अन्र्तगत पछिल्लो समय बढ्दै गएको कारोना भाइरस कोभिड–१९ महामारीको जोखिम न्यूनिकरण तथा अक्सिजन अभावलाई मध्यनजर गर्दैै ५ लाख सहयोग गरेको हो । यस्तै, अक्सिजन प्लान्ट स्थापनार्थ बगालेटोल निवासी राजेन्द्रकुमार बाटाजुले १ लाख ११ हजार ५ सय, अस्पतालका संरक्षक मेजर बीरसिंह गुरुङ स्मृति प्रतिष्ठानले १ लाख ५ हजार ५५५, अनन्ता सामुदायिक सेवा समिति बिन्दबासिनीबाट १ लाख १ हजार… पुरा पढौ

एनवाईईएफ पोखराको अध्यक्षमा सुनिल भट्टराई

पोखरा । नेपाली यूवा उद्यमी मञ्च, (एनवाईईएफ) पोखराको अध्यक्षमा एभरेस्ट एफएमका प्रमोटर तथा यूवा उद्यमी सुनिल बहादुर भट्टराई चयन भएका छन् । मञ्चको शुक्रबार भर्चुअल रुपमा सम्पन्न १६ औं साधरण सभा तथा ११ औं अधिवेशनले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो । यस्तै मञ्चको प्रेसिडेन्ट इलेक्टमा सुएस मल्ल, प्रेसिडेन्ट नोमिनीमा निरन केसी, प्रोग्राम चेयरमा ई. बिनेश थापा, फाइनान्स चेयरमा समेज राजभण्डारी चयन भएका छन् । यस्तै सदस्यहरुमा ई. सरोज कायस्थ, सी.ए. बिवेक श्रेष्ठ, निकेश द्वा, हर्षल बिजुक्छे, दिशान्त शेरचन र सागर… पुरा पढौ

नागरिकलाई बचाउन पोखरा पर्यटन परिषदको अपिल

कोरोना महामारीको दोस्रो भेरियन्टका कारण जनजीवन निकै प्रभावित बनिरहेको जनाउँदै सरकारबाट यथाशिघ्र खोप व्यवस्थ गरेर नागरिक को जिऊ ज्यान बचाउन पोखरा पर्यटन परिषद्ले सरकारलाई ध्यानाकर्षण गराएको छ । परिषद् एक विज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर कदम चाल्न आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ “दिनप्रतिदिन बढ्दो सङ्क्रमीतको संख्या र सङक्रमणका कारण मृत्यु हुनेको ग्राफ उकालो लागिरहेको छ । यस अघि दुई चरणसम्म कोभिडबिरुद्धको राष्ट्रिय खोप कार्यक्रमले सर्वसाधरणमा आत्मबल बढाएको थियो तर अहिले खोप आयात… पुरा पढौ

पोखराको जिएमसी र मणिपालमा पनि अब कोरोनाको निःशुल्क उपचार हुने

पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार हुने भएको छ । सरकारसँग सम्झौता भएसँगै पोखराको जिएमसी र मणिपालले कोरोना संक्रमित व्यक्तिको निःशुल्क उपचार गर्ने भएको हो । सरकारले नोभल कोरोना भाइरस (कोभिड–१९) केयर युनिट सञ्चालनका लागि ३० भन्दा बढी अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता गरेका कलेजहरु मध्ये पोखराको जिएमसी र मणिपाल शिक्षण अस्पतालपनि हुन् । सरकारले जिएमसी र मणिपालसँगै नोवल मेडिकल कलेज टिचिङ हस्पिटल, नेसलन मेडिकल कलेज बिरगञ्ज, जानकी मेडिकल कलेज जनकपुर,… पुरा पढौ

रेम्डेसिभिर नेपालमा उत्पादन हुने

काठमाडौँ। कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो ।विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिए । औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ । यसअघि नेपालमा सो औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करीब… पुरा पढौ

‘अक्सिजन प्लान्ट राख्न पोखरामा रु १००/- दान गरौं महाअभियान शुरु’

पश्चिमान्चल क्षेत्रिय अस्पतालमा अधिकतम क्षमताको अक्सिजन प्लान्ट स्थापनाको लागि अर्थ संकलन अभियान जारी छ । बतास फाउन्डेसनको समन्वयमा शुरु गरिएको यस अभियानलाई अब महाअभियानको रुपमा अघि बढाइने भएको छ । सबै पोखरेलीलाई अपनत्व महसुस गराउन ‘रु १०० दान गरौं,महामारीमा प्रण राखौं ‘महाअभियान शुरु गरिएको अभियन्ता तथा बतास फाउन्डेनसनका अध्यक्ष आनन्दराज बतास बताउनुहुन्छ । एभरेस्ट एफ.एम.९३ मेगाहर्ज क्याम्पेन पार्टनर रहेको यो अभियानमा पोखराका समाजसेवी,व्यवसायी, उद्यमी, नागरिक समाज, सामाजिक संघ संस्था , सञ्चार प्रतिष्ठान र सर्बसाधारण सबैलाई सहकार्यको लागि अनुरोध गरिएको छ… पुरा पढौ

दमौलीका मोहन बतासले दिए अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानलाई एक लाख

तनहुँ दमौलीका मोहन बतासले दिए अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानलाई १ लाख रुपैयाँ सहयोग गरेका छन्। हङकङमा रेष्टुरेन्ट व्यवसायमा सक्रिय वरिष्ठ सेफ बतासले कोभिडको समस्या जटिल भइरहेका बेला बतास फाउण्डेशनले देशभर सानो रकमबाट थालेको अभियान उपयुक्त लागेर सहयोग गरेको बताएका छन्। देशमा अक्सिजनको चरम अभावका कारण कैयौं मानिसको ज्यान गए पछि अक्सिजन प्लान्ट देशमै स्थापनाका लागि बतास अर्गनाइजेसनका आनन्द बतासको सक्रियतामा संचालित १ सय रुपैयाँ अभियान जारी छ। अभियानअन्तर्गत जेठ ५ गतेसम्म संकलित रकमबाट अक्सिजन प्लान्ट स्थापना गरिने फाउन्डेशकाा आनन्द… पुरा पढौ

बागलुङका स्थानीय तहहरु ५५ लाखको कोरोना कोष स्थापनामा एकजुट हुँदै

कोरोना महामारीसँग जुध्न बागलुङका १० स्थानीय तह एक जुट भएका छन्। त्यहाँको स्थानीय तहले संयुक्त रुपमा ५५ लाख रुपैयाँको कोरोना कोष स्थापना गरेका हुन्। सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा संकटसँग जुध्न कोष स्थापना गरेका हुन्। कोषमा बागलुङ नगरपालिकाले १० लाख लाख र अन्य पालिकाले पाँच लाख रुपैयाँका दरले जम्मा गर्ने निर्णय गरेको हो। पालिकाहरुले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोरोनासँग सम्बन्धित काममा खर्च गर्नका… पुरा पढौ