अर्थ

प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गण्डकी प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

पोखरा, ८ जेठराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष छैटौं वार्षिक प्रतिवेदन पेश गरेको छ।बिहीबार आयोगका कार्यबाहक अध्यक्ष जुद्ध बहादुर गुरूङ नेतृत्वको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गरेको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष गुुरूङले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।प्रदेश प्रमुख भट्टले नेपाल सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक श्रोत भएको देश भएपनि यसको उपयोगिताका सन्दर्भमा उचित नीति र योजना नहुँदा उपभोग गरी लाभ लिन नसकिएको उल्लेख गर्नुभयो ।‘मुलुकमा वित्तीय… पुरा पढौ

पोखराको प्याराग्लाईडिङको टेकअफ र ल्याण्डिङ पुरानै ठाउँमा, व्यवसायपनि पुरानै लयमा फर्किने आशा

पोखरा, जेठ ८ अढाईवर्ष अघि पोखराको प्याराग्लाइडिङको ‘टेकअफ’ (उडानस्थल) र ‘ल्याण्डिङ’ (अवतरणस्थल) क्षेत्र सराङकोटबाट सारेर झन्डै पाँचकिलोमिटर पश्चिमको मान्द्रेढुंगा लगियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यसको हवाई उडानमा जोखिम बढ्ने भन्दै प्याराग्लाइडिङको उडानस्थल सराङकोटबाट मान्द्रेढुंगा सारिएको थियो भने अवतरणस्थल पनि खपौंदीबाट पामेखोलाको पारिपट्टि सरेको थियो । सराङकोटको आकाशमा दिनहुँ चरा उडे झैं रंगीचंगी स्वरुपमा देखिने प्याराग्लाइडिङ उडान मान्द्रेढुंगा सरेसँगै गुमनाम बन्यो । यतिसम्मकी अवतरणस्थल पनि फेवातालको सिरानक्षेत्रको माथिल्लो क्षेत्रमा सरेको थियो । अरुबेला फेवातालमा डुंगा सयर गर्दा सराङकोटको प्याराग्लाइडिङ देख्दा… पुरा पढौ

पोखराको सर्वेश्वर व्यवसायी समिति व्यापार प्रवर्द्धन गर्न उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा

पोखरा, जेठ ७ पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु उत्तरी छिमेकी जिल्लाहरुमा व्यापार प्रवर्द्धनका लागि निस्केका छन् । सो क्षेत्रका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजनामा त्यस क्षेत्रका २९ जना व्यवसायीहरुको टोली व्यवसायीक भेटघाट, अन्तरक्रिया तथा क्यालेन्डर वितरणका लागि उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा निस्केको हो । समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्वमा निस्केको सो टोली पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ पुगेर व्यवसाय प्रवद्र्धन गर्ने जनाइएको छ । टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर… पुरा पढौ

गाउँलाई सहरसँग जोड्न पोखरामा जेठ ९ र १० गते ‘होमस्टे मार्ट’ हुने

पोखरा, जेठ ६ गाउँलाई सहरसँग जोड्न यहि जेठ ९ र १० गते पोखरामा गाउँ पर्यटन मेला (होमस्टे मार्ट) आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीस्को सह–आयोजनामा पोखरामा दुई दिने होमस्टे मार्ट गरिन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्ने प्रयत्न स्वरुप आयोजना गर्न लागेको होमस्टे मार्टमा गण्डकी प्रदेशका २५ वटा होमस्टे सहभागि हुने जनाइएको छ । मार्टमा सहभागी होमस्टे… पुरा पढौ

पोखरामा कार्जस्पा स्टुडियो सञ्चालनमा

पोखरा, ५ जेठ । उच्च गुणस्तरको कार हेरचाह सेवाहरूलाई लक्षित गरी पोखराको जिरो किलोमिटरमा कार्जस्पा स्टुडियो सञ्चालनमा आएको छ ।पोखरा एक जीवन्त अर्थतन्त्र र बलियो अटोमोटिभ बजारको साथ द्रुत रुपमा बढीरहेको सहर रहेको भन्दै कारहरूको हेरचाह सेवालाई लक्षित गरी कार्जस्पा सञ्चालनमा ल्याइएको हो ।यो सँगै कार्जस्पाले पोखरामा गाडीको सौन्दर्यलाई जोगाउन, अभिबृद्धि गर्न र कायम राख्न डिजाइन गरिएको प्रिमियम कार हेरचाह सेवाहरूको विस्तृत दायरा प्रदान गर्ने कार्यक्रममा जानकारी गराइयो ।कार्जस्पा मार्फत पेन्ट प्रोटेक्सन फिल्म स्थापना गरिने जनाइएको छ । यसका माध्यमबाट… पुरा पढौ

गण्डकीको बजेट अधिवेशन जेठ ११ गतेदेखि

पोखरा, जेठ ४ गण्डकी प्रदेशको बजेट (बर्खे) अधिवेशन जेठ ११ गतेदेखि सुरु हुने भएको छ । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले जेठ ११ गतेदेखि सुरु हुनेगरी आइतबार बजेट अधिवेशन आह्वान गरेका हुन् । गण्डकी प्रदेश सरकारको गत मंगलबार बसेको मन्त्री परिषदको बैठकले गरेको निर्णय अनुसार गण्डकी प्रदेश सरकारले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख भट्टले जेठ ११ गते दिउँसो २ बजेदेखि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता तथा उप–सचिव रामेश्वर अर्यालले जारी गरेको सूचनामा उल्लेख छ । प्रवक्ता अर्यालले… पुरा पढौ

पोखरामा कटप्पा समूहको श्रृंखलाबद्ध डकैती, ६९ लाख बराबरको चोरी, डकैती

पोखरा, जेठ २ पोखरामा श्रृंखलाबद्ध चोरी, डकैती गर्ने कटप्पा समूहका ५ जना पक्राउ परेका छन् । पोखराका विभिन्न क्षेत्रमा श्रृंखलाबद्ध चोरी, डकैती गर्ने कटप्पा समूहका ५ जनालाई पक्राउ गरेर कास्की प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चोरी, डकैती गर्ने समूहका नाईके तनहुँ, शुक्ला गण्डकी नगरपालिका–१० शाङ्खे स्थायी घरभई ठेक्का पट्टाको काम गर्ने २६ वर्षीय कट्टप्पा उपनाम भएका सुवास विक, सोही स्थानमा घर भएका सवारी चालक काम गर्ने २३ वर्षीय बिमल विक, शुक्लागण्डकी–११ का कालिगड काम गर्ने २२ वर्षीय… पुरा पढौ

राईड सेयरिङलाई मान्यता दिने नियमावली खारेज नगरे सवारीसाधन ग्यारेजमा थन्काउने व्यवसायीको चेतावनी

गण्डकी प्रदेशका यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरुले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली खारेज नगरे आफ्ना सवारी साधन ग्यारेजमा थन्काउने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले  बिहीबार आयोजना गरेको बैठक  पस्चात एक विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली फिर्ता नगरे आफ्ना गाडी घर ग्यारेजमा थन्क्याउने निर्णय गरेको महासंघ गण्डकीका संयोजक केदार पौडेलले जानकारी दिए । बैठकपछि जारी विज्ञप्तिमा नियमावलीमा रातो प्लेटका निजी सवारी साधनलाई… पुरा पढौ

दर्शन साकोसको अचार बनाउने तालिम सम्पन्न

राधिका गहतराज पोखरा । पोखराको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिला शेयर सदस्यहरुलाई उद्यमशिल बनाउन अचार बनाउने तालिम दिएको छ । सहकारीको आयोजनामा भएको तालिममा नेपाल ठकुरी संगम परिवार कास्की, ठकुरी महिला परिवार, ठकुरी भु।पु परिवार र ठकुरी युवा परिवार कास्कीका महिला सदस्यहरु सहभागि थिए । उनीहरुलाई उक्त प्रशिक्षक अनामिका श्रेष्ठले मासु, मेथि र लसुनको अचार बनाउन सहजीकरण गरेकी थिइन् । तालिम समापन कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष राजाराम शाहीले महिला सदस्यलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने… पुरा पढौ

नेपाल आएका पर्यटकमध्ये पोखरामा ४० प्रतिशत मात्रै आउने गरेको दाबी

श्रीषा रायमाझी/सीता परियार/श्रृष्टि भट्टपोखरा, बैशाख २९ नेपाल भित्रिएका पर्यटकमध्ये आधा भन्दा कम पर्यटक पोखरा आउने गरेको एक अध्ययनले देखाएको छ । घुमफिरका लागि नेपाल आउने कुल पर्यटकको ४० प्रतिशत पर्यटक मात्रै पर्यटनको राजधानी पोखरा आउने गरेको अध्ययनले देखाएको हो । पोखरामा हालैमात्र आयोजित एक कार्यक्रममा पर्यटन अध्येता विश्वराज बरालले एक कार्यपत्र प्रस्तुत गर्दै त्यसरी आएका पर्यटकमध्ये ६३ प्रतिशत पर्यटक विशुद्ध मनोरञ्जनका लागि आउने गरेको बताए । उनका अनुसार १५ प्रतिशत ट्रेकिङका लागि र १३ प्रतिशत तीर्थ यात्राका लागि आउने गर्छन्… पुरा पढौ