अर्थ

पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट, पर्यटन पूर्वाधारमा जोड

पोखरा, असार ८ पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीब साढे ८ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा उप प्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८२÷०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा ८३ करोड ८० लाख रुपैयाँले बढी हो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा पोखरा महानगरपालिकाले ७ अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो । तर जेठ मसान्तरसम्म ४ अर्ब १६… पुरा पढौ

उद्यमशीलता विकासमा सहकार्य गर्न एनवाईईएफलाई पोखरा उद्योग वाणिज्य संघको आह्वान

पोखरा,८ असार ।पोखरा उद्योग वाणिज्य संघले नेपाली युवा उद्यमी मञ्च –'एनवाईईएफ' पोखराको नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गर्दै उद्यमशीलता विकासमा सहकार्यको लागि आह्वान गरेको छ ।एनवाईईएफ पोखराको वर्ष २०८२÷०८३ को लागि समेज राजभण्डारीको अध्यक्षतामा निर्विरोध रुपले नयाँ कार्यसमिति चयन भएको छ । पोखरा उद्योग वाणिज्य संघ एनवाईईएफको संरक्षक हो ।नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीले युवाहरुलाई उद्यमी बन्नका लागि आह्वानमात्रै गरेनन्,कृषि एवं स्थानीय कच्चा पदार्थमा आधारित उद्योग संचालन गर्दै त्यसलाई पर्यटन उद्योगसँग जोड्न आग्रह गरे… पुरा पढौ

बुद्व विशाल बजारमा निःशुल्क स्वास्थ्य शिविर, १५० जना लाभान्वित

पोखराबुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजना तथा शहरी स्वास्थ्य प्रवर्द्वन केन्द्र पोखरा ८ को सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १५० जना लाभान्वित भएका छन् । बुद्व विशाल बजारमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा व्यवसायीहरू,कर्मचारीहरूलाई उच्च रक्तचाप, मधुमेह,मोटोपन तथा मृगौला सम्बन्धी निःशुल्क जाँच गरिएको थियो । स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रममा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निशुल्क आवश्यक अौषधिहरू समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा बोल्दै बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा पुर्व अध्यक्ष केशव वहादुर खत्रीले स्वास्थ्यलाई… पुरा पढौ

रेवान पोखराद्वारा तीन तालिम सम्पन्न

असार ७,पोखरा रेवान पोखराको आयोजनामा विभिन्न तीनवटा तालिमहरू सम्पन्न भएका छन् । रेवान पोखरा मातहतका विभिन्न रेस्टुरेन्टमा कार्यरत ६५ जना कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सम्पन्न बारिष्टा पुनर्ताजगीमा २५ जना, इन्डियन कुजिन तालिममा २० जना र कन्टिनेन्टल कुजिन तालिममा २० जनाको सहभागिता रहेको थियो । उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी तथा इन्स्योरेन्स परियोजनाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । तालिमका सहभागीहरूलाई एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ । उनीहरूलाई समापन समारोहका प्रमुख अतिथि… पुरा पढौ

अवैध रुपमा पोखरा भित्रिएको १ करोड ३० लाख बराबरको सुनसहित दुई जना पक्राउ

पोखरा, असार ७ भारतबाट अवैध रुपमा ठूलो मात्रामा पोखरा भित्रिएको सुनसहित दुई जना पक्राउ परेका छन् । पोखरामा बिक्री गर्ने उद्देश्यले भारतबाट अवैध रुपमा ठूलो मात्रामा सुन ल्याएको आरोपमा कास्की प्रहरीले एक किलो सुनसहित कुलदीप सिंह र रामबहादुर विकलाई पक्राउ गरेको हो । पक्राउ परेका ४९ वर्षिय सिंह भारतको अमृतसर निवासी हुन् भने उनी मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ । विक भने उनका सहयोगी मात्र रहेको कास्की प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विक रुपन्देहीका हुन्… पुरा पढौ

महिला उद्यमी संघ नेपाल, कास्कीको ७ दिने हस्तकला तालिम र एक दिने लैंगिक हिंसा र विभेदबिरुद्धको कानूनी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, असार ६ महिला उद्यमी संघ नेपाल, कास्कीको प्राकृतिक रेसाजन्य (छ्वाली) ७ दिने हस्तकला तालिम तथा लैंगिक हिंसा, छुवाछुत, सामाजिक कुरिती, अन्धविश्वास तथा लैंगिक विभेदबिरुद्दको एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्थानिय कच्चा पदार्थको सदूपयोग गर्दै आकर्षक हस्तकलाका सामग्री सिकाउने र सो तालिमको समापनको अवसर पारेर समाजमा व्याप्त लैंगिक हिंसा, छुवाछुत, सामाजिक कुरिती, अन्धविश्वास तथा लैंगिक विभेदबिरुद्द सचेतना जगाउने उद्देश्यले गरिएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । हस्तकला तालिममा जमुना पराजुली र लैंगिक हिंसा तथा विभेदबारे यूमाया थापाले… पुरा पढौ

आर्थिक सहायतामा गण्डकीका मुख्यमन्त्रीको मनोमानी : गृह जिल्लामा पैसाको खोलो, मनाङ, मुस्ताङका नागरिकलाई सौतेनी व्यवहार

पोखरा, असार ५ सरकार नागरिकको अभिभावक हो । सुशासन, विकासदेखि आवश्यक पर्दा स्वास्थ्य उपचारका लागि दिईने आर्थिक सहयोगमा राज्यले समान रुपमा नागरिकलाई उपलब्ध गराउनुपर्छ । तर गण्डकी सरकारले नागरिकलाई समान रुपमा त्यो सेवा उपलब्ध नगराई विभेदपूर्ण रुपमा दिने गरेको छ । यसको पछिल्लो उदाहरण राज्यले उपलब्ध गराउने आर्थिक सहयोगमा छर्लङ्ग देखिएको छ । गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले क्यान्सर, मुटु, मिर्गौला, पार्किन्सन्स, अल्जाईमर, स्पाइनल ईञ्जुरी, हेड ईञ्जुरी, कलेजो, सिकलसेल एनिमिया, अप्लाष्टिक एनिमिया, थालिसिमिया र मस्तिष्क आघात भएका… पुरा पढौ

सहकारीहरुको स्तरीकरण ”प्रोटेक्ट” सम्बन्धी समीक्षा गोष्ठी सम्पन्न

सहकारी संस्थाहरुको स्तरीकरण , विकासका लागि पोखरामा एकदिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको सहकार्य तथा प्राविधिक सहकार्यमा सराङ्गकोट बहुउद्देश्यीय संस्थाको आयोजनामा भएको कार्यक्रममा सहकारी संस्थालाई सक्षम सवल बनाउने मुख्य भूमिका रहने गरी सहकारी सञ्चालनको बारेमा बृहत छलफल भएको थियो । सहकारी स्तरीकरणका लागि कर्जा जोखिम गणना, कर्जा सुरक्षण व्यवस्था, बचत र व्याजको व्यवस्थापन , ऐन नियमको पालना शेयर सदस्यहरु प्रति जिम्मेवारी, पूँजीकोष, निस्कृय सदस्यहरुलाई व्यवस्थापन स्थीर सम्पत्ति व्यवस्थापनमा सहकारीले लाग्नु पर्ने धारणहरुपारित गरिएको राष्ट्रिय सहकारी र्बैक… पुरा पढौ

पोखरामा यामाहाको ब्लु फेष्ट शुरु

पोखरामा यामाहाको ब्लु फेष्ट शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले पोखराको सृजनाचोकदेखि थोरै पश्चिमपट्टको खाली जग्गामा आजदेखि यामाहाको ब्लु फेष्ट शुरु गरेको हो । असार ६ गतेसम्म हुने ब्लु फेष्टमा ग्राहकले कुनैपनि पुरानो बाईक तथा स्कुटर साटफेर गरेर नया बाईक खरिद गर्न सक्ने जनाइएको छ । गत बैशाखमा मात्रै गरेको ब्लु फेष्ट उपभोक्ताको डिमाण्ड आएपछि पुनः गरिएको उनले बताए । यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर एक्सचेञ्ज अफर… पुरा पढौ

गण्डकीमा ३२ अर्बको बजेट, प्राथमिकतामा पूर्वाधार र पर्यटन

पोखरा, असार १ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करीब ३२ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री डा.टकराज गुरुङले आज प्रदेश सभा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा करीब एक अर्ब कम हो । चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट कार्यान्वयन भइरहेको छ । गण्डकीको बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड, ६६… पुरा पढौ