अर्थ

कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्रका लागि फेरीपनि बजेट

गण्डकी प्रदेश सरकारले कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्रका लागि फेरीपनि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारले वर्षौंदेखि यस क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । तर अहिलेसम्मपनि सो क्षेत्रमा औद्योगिक क्षेत्र सञ्चालनका लागि कुनैपनि प्रगती भएको छैन । यतिसम्मकी अहिलेसम्म जग्गा प्राप्ति नै भएको छैन । गण्डकी प्रदेशका अर्थमन्त्री डा.टकराज गुरुङले आज बजेट प्रस्तुत गर्दै प्रादेशिक उद्योगको विकास र प्रदेशको समुन्नतीको सोंचलाई आत्मसाथ गर्दै प्रदेश स्तरीय औद्योगिक क्षेत्र विकासका लागि लोकाहा… पुरा पढौ

पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं कार्यक्रमका लागिपनि बजेट

गण्डकी प्रदेश सरकारले पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं कार्यक्रमका लागिपनि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले सो कार्यक्रम सञ्चालन गरी पर्यटनको राजधानी पोखरा स्याटलाईट अन्तर्गतको रुपमा पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माण, पदयात्राको संरक्षण, विकास र प्रवद्र्दनका लागि विद्यमान पदमार्गको स्तरोन्नती, वैकल्पिक पदमार्गको निर्माण र धार्मिक तथा प्रमुखपर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । त्यस्तै, पहिला घरदेश, अनि परदेश अभियान सञ्चालनका लागिपनि बजेट विनियोजन गरिएको छ… पुरा पढौ

गण्डकीको बजेट : भ्यू फेवा : राउण्ड फेवा कार्यक्रम कार्यान्वयनमा जोड

गण्डकी प्रदेश सरकारले भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रम कार्यान्वयन गर्ने बताएको छ । गण्डकी प्रदेश सरकारले आज ल्याएको बजेटमा भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रमको कार्यान्वयनमा जोड दिदै त्यसका लागि बजेट विनियोजन गरेको जनाएको हो । गण्डकी प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले त्यसको कार्यान्वयन गर्ने भनेपनि कति बजेट विनियोजन गरिएको छ भन्नेबारेमा केहिपनि खुलाएनन् । पुरा पढौ

पोखरामा लेक टु लेक साईक्लिङ मार्ग निर्माणका लागि बजेट

गण्डकी प्रदेश सरकारले साईक्लिङ मार्ग निर्माणका बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले साईक्लिङ मार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । उनले साईक्लिङमार्फत पर्यटन प्रवद्र्दनका लागि पोखराको लेक टु लेक साईक्लिङ मार्ग निर्माण गरिने बताए । त्यस्तै, तनहुँको बन्दीपुर र मुस्ताङको जोमसोममा पनि साईक्लिङ मार्ग निर्माण गर्ने बताउँदै उनले त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । पुरा पढौ

गण्डकीमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड बजेट

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड ६७ लाख ५० हजार रुपैयाँको विनियोजन गरेको छ । प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङ कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि सो बजेट विनियोजन गरेको बताएका हुन् । उनले कृषि क्षेत्रको व्यवसायीकरणसँगै उत्पादन र उत्पादकत्व बृद्धि केन्द्रीत बजेट विनियोजन गरेको बताए । पुरा पढौ

झोला बनाउने तालिम सकियो

पोखरा, जेष्ठ ३० ।पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजना र विधाता हस्तकलाको प्राविधिक सहकार्यमा झोला बनाउने सिपमूलक तथा आयमूलक पन्ध्र दिवसीय तालिम विहिबार सम्मन्न भएको छ ।महिलाहरुलाई सिप सगँ जोडि आयआर्जनमा सहयोग पुर्याउने र पलाष्टिक जन्य बस्तुलाई न्युनिकरण गर्ने उदेश्य ले कार्यक्रमको आयोजना गरिएको वडा कार्यलयले जनाएको छ ।“झोला प्रकार तथा आय मूलक” कार्यक्रम अन्तरगत भएको तालिममा जनजाति, अल्पसंख्यक उत्पीडित, मुस्लिम, दलित र निम्न आय भएका बेरोजगार तथा गृहिणीलाई लक्षित पोखरा महानगर पालिका वडा नं ६ द्धारा विनियोजित रकम… पुरा पढौ

भारतीयलाई पोखरामा लगानी गर्न पोउवा संघका अध्यक्ष कार्कीको आग्रह

पोखरा,२९ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भारतीय रियलस्टेट उद्योगका प्रतिनिधिहरुलाई नेपालका व्यवसायीसँग मिलेर काम गर्न सुझाव दिएका छन् ।नेपाल र पोखरामा सम्भावनाको अध्ययन गर्न आएको दिल्ली ल्याण्ड फाइनान्स(डीएलएफ) का प्रतिनिधिहरुसँगको छलफलको क्रममा उनले सो धारणा राखेका हुन् । डीएलएफ भारतको अग्रणी रियलस्टेट कम्पनी हो । सन् १९४७ मा दिल्लीमा स्थापित यो कम्पनीले गुडगाउँदेखि मुम्बइ र विदेशमा पनि अपार्टमेण्ट र बस्ती निर्माण गर्दै आएको छ ।उनले भारतीय लगानीकर्ताको लागि पोखरा उत्कृष्ट ठाउँ भएको पनि बताए । यहाँको… पुरा पढौ

अव्यवहारिक कर नीतिको विरोधमा पोखराका सुनचाँदी व्यवसायी, बन्दको चेतावनी

२०८२ जेठ २८, पोखरा । नेपाल सरकारले आ.ब. २०८२/८३ को बजेट वक्तव्यमार्फत ल्याएका नयाँ कर नीतिहरूलाई अव्यवहारिक भन्दै सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। उनीहरूले सरकारले व्यवसायी र उपभोक्ताको सुझाव र मागलाई बेवास्ता गर्दै करको चर्को भार लाद्न खोजेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, र नेपाल हस्तकला महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले लागू गर्न खोजेको कर नीतिले सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला व्यवसाय मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्ष… पुरा पढौ

गण्डकीको नीति तथा कार्यक्रम : पर्यटनको राजधानीको प्रवर्द्दन, आगामी वर्ष लगानी सम्मेलन, राईड सेयरिङको नियमन

पोखरा, जेठ २१ गण्डकीमा आगामी वर्ष लगानी सम्मेलन हुने भएको छ । यसअघि पटक पटक हुने भनेर स्थगित हुँदै आएको लगानी सम्मेलन यस वर्ष गरिने बुधबार गण्डकी प्रदेश सरकारले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लगानी सम्मेलन आगामी वर्ष गर्ने बताए । तर त्यसको ठ्याक्कै मिति भने तोकिएको छैन । त्यस्तै, नीति तथा कार्यक्रममा पूर्वाधार संरचना तथा सेवा क्षेत्रमा लगानी भित्राउनका लागि प्रोत्साहित गर्न सार्वजनिक–निजी… पुरा पढौ

फेवाताल सिमाङ्कनबारे पोखरा पर्यटन परिषद : लेकसाईड मासेर पोखरा कसरी पर्यटनको राजधानी बन्छ ?

पोखरा, जेठ १९ फेवातालको सिमाङ्कन भन्दै बिना योजना पोल गाड्न थालेकोप्रति पोखरा पर्यटन परिषदले आपत्ति जनाएको छ । परिषदले सोमबार पत्रकार सम्मेलन गरेर सिमाङ्कनको दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्ने काम गर्न ध्यानाकर्षण गराएको हो । परिषदले बिना योजना ६५ मिटर मापदण्ड लगाउँदा पर्यटनको केन्द्र लेकसाईड मासिने खतरा रहेकोप्रति सचेत गराएको छ । उसले लेकसाईड मासेर पोखरा पर्यटनको राजधानी नबन्ने चेतावनीसमेत दिएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन बनेको सहजीकरण समितिले शनिबारदेखि फेवातालको साँधमा भौतिक पोल गाड्न शुरु गरेको छ… पुरा पढौ