अर्थ

पोखरा पर्यटन परिषदले भन्यो : पर्यटन बोर्डको रिक्त सदस्यमा पोखरेलीको प्रतिनिधित्व सुनिश्चतता गरियोस्

श्रृष्टि भट्ट/श्रीषा रायमाझी पोखरा, बैशाख २९ पोखरेली पर्यटन व्यवसायीहरुको छाता संस्था पोखराका पर्यटन परिषदले नेपाल पर्यटन बोर्डको कार्यकारी बोर्ड सदस्यमा पोखरेलीको प्रतिनिधित्व सुनिश्चित्तता गर्न माग गरेका छन् । परिषदले पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेलाई एक ध्यानाकर्षण पत्र लेख्दै पर्यटन बोर्डमा पोखरामा पर्यटन व्यवसाय गरिरहेकामध्येबाट प्रतिनिधित्व गराउन माग गरेको हो । बोर्डमा पोखराबाट प्रतिनिधित्व नभएकाले हाल रिक्त रहेको सदस्य पदमा पोखराबाट नियुक्त गर्न माग गर्दै परिषदले पत्र पठाएको परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । पोखरामा निजी क्षेत्रको ६ खर्ब भन्दाबढी… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युके नेपालद्वारा ५० हजार सहयोग

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन सहयोग आउने क्रम जारी छ । यही वैशाख २६ गते शुक्रबार पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न पछिल्लो क्रममा तमु धिं युकेले सहयोग गरेको छ । तमु धिं युके नेपाल प्रतिनिधि मेजर लछिमी प्रसाद गुरुङले अवार्डका अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक दीननाथ बराल, मञ्चका अध्यक्ष एमबि आस्था मगर, मञ्चका सदस्य कृष्णप्रसाद दवाडीलगाएतको टिमलाई मंगलबार सहयोग हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्दै प्रतिनिधि… पुरा पढौ

व्यवसायीलाई कुटपीट गर्ने वडाध्यक्षमाथि छानविन गरी कारवाही गर्न सर्वेश्वर व्यवसायी समितिको माग

पोखरा, बैशाख २४ सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले व्यवसायीमाथि कुटपीट गर्ने पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई कारवाही गर्न माग गरेको छ । समितिले आज एक विज्ञप्ती जारी गर्दै वडाध्यक्ष पराजुलीले सर्वेश्वर मार्गमा सुवेदी कस्मेटिक पसल सञ्चालन गर्दै आएका समितिका आजिवन सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य लेखनाथ सुवेदीलाई कानूनी शासन र व्यवसायीको अधिकारमाथि गम्भीर आघात पुर्याउँदकाै कुटपीट गरिएकाले निश्पक्ष छानविन गरी दोषी वडाध्यक्षमाथि कारवाही गर्न माग गरेको हो । समितिअध्यक्ष तुलबहादुर थापा (राजन)ले एक बिज्ञप्ति निकाल्दै आफ्ना… पुरा पढौ

मैमत्ता वडाध्यक्ष : जसले कुटे कर्मचारी र व्यवसायी

पोखरा, बैशाख २३ पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले कर्मचारी र व्यवसायी कुटेका छन् । जनताको प्रतिनिधि रहेका उनले मंगलबार एकैदिन पोखरा महानगरपालिकामा कार्यरत कर्मचारी र पोखरा–४ सर्वेश्वरमार्गका व्यवसायी कुटेका हुन् । जो अगुवा उहि बाटो हगुवा भनेजस्तै मादक पदार्थ सेवन गरेर मैमत्ता भएका वडाध्यक्ष पराजुलीले महानगरको प्रशासन शाखामा कार्यरत सातौं तहका अधिकृत ईश्वरीप्रसाद पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गर्दै लछारपछार गरेका थिए । उनले कर्मचारीलाई आन्तरिक रुपमा दिइएको तालिम कसलाई सोधेर आयोजना गरेको भन्दै कुटपीट गरेको… पुरा पढौ

पोखराबाट ‘हिकभिजन’ कम्पनीका उत्पादित सामानहरु बिक्री शुरु

राधिका गहतराज/ विद्यार्थी पत्रकार पोखरा, बैशाख २१ पोखरामा ‘हिकभिजनद्वारा उत्पादित सामानहरु बिक्रि शुरु भएको छ । हिकभिजनका सामानहरु हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस)ले बिक्री शुरु गरेको अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिए । बिक्री शुभारम्भकाे अवसरमा आईतबार पाेखरामा हिक्भिजन प्राेडक्ट सेमिनार आयोजना गरेर कम्पनीका सामानहरुमा नवीनतम सुरक्षा प्रविधि अप्नाइरहेको जानकारी दिईयो । कार्यक्रममा ‘हिकभिजन‘ ब्रान्डका अत्याधुनिक सीसीटीभी, नेटवर्किङ उपकरण, स्मार्ट सुरक्षासम्बन्धी विभिन्न प्राविधिक पक्षहरूबारे विस्तृत जानकारी दिईएकाे थियो। सेमिनारमा पोखराका सुरक्षासम्बन्धी व्यवसायी, डिलर, प्राविधिक, तथा आईटी क्षेत्रमा कार्यरत व्यक्तिहरूको उल्लेखनीय उपस्थिति… पुरा पढौ

पोखरा सभागृहमा यामाहाको ब्लु फेष्ट शुरु

श्रीषा रायमाझी/श्रृष्टी भट्ट-विद्यार्थी पत्रकार पाेखरा, बैशाख २१ पोखरामा यामाहाको ब्लु फेष्ट शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले पोखरा सभागृहमा आजदेखि यामाहाको ब्लु फेष्ट शुरु गरेको हो । बैशाख २६ गतेसम्म हुने ब्लु फेष्टमा ग्राहकले कुनैपनि पुरानो बाईक तथा स्कुटर साटफेर गरेर नया बाईक खरिद गर्न सक्ने जनाइएको छ । यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर एक्सचेञ्ज अफर गरिएको भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.का महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । मेघा… पुरा पढौ

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय… पुरा पढौ

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको न्यायीक छानविन गर्न माओवादी महासचिव गुरुङको माग

महासचिव गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको न्यायीक छानविन हुनुपर्ने बताए । संसदीय छानबिन उपसमितिले दिएको प्रतिवेदनले भ्रष्टाचारको संकेत गरेकाले अब त्यसको न्यायीक छानबिन हुनुपर्ने उनको भनाई थियो । उपसमितिले बुझाएको प्रतिवेदनले भ्रष्टाचार नै भएको छ त भनेको छैन,उनले भने,‘तर भ्रष्टाचार भएको संकेत गरेको छ । त्यसैले अब शंकाको घेरामा परिसकेकाले यसका आधारमा कानुनविद्, इञ्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्तासहितको समिति बनाएर न्यायीक छानबिन गरिनुपर्छ ।’ उनले न्यायीक छानविनले भ्रष्टाचार भएको प्रमाणित गरे विमानस्थल निर्माणका क्रममा दोषी देखिएकाहरुलाई कारवाहीको भागिदार बनाउनुपर्नेमा… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको छ । चरण-१ अन्तर्गतका संरचना निर्माणका क्रममा विस्फोट गर्दा आयोजना आसपासका क्षेत्रमा पुगेको असर तथा क्षति पुगेका परिवारलाई आयोजनाले क्षतिपूर्ति रकम वितरण गरेको हो । ऋषिङ-१ र व्यास नगरपालिका-५ का गरी एक सय ४७ परिवारका घर तथा संरचनाको क्षति निर्धारण गरेपश्चात एक सय ३९ परिवारलाई रकम वितरण गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका… पुरा पढौ

सुनको मूल्य एकैदिन ४६ सयले घट्यो

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज एकैदिन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम छ। पुरा पढौ