अर्थ

सुनको मूल्य एकैदिन ४६ सयले घट्यो

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज एकैदिन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम छ। पुरा पढौ

पोखरामा नयाँ इभी चार्जिङ स्टेशनको शुभारम्भ : बिन्ध्यवासिनी मन्दिर नजिकै सुविधा थप

पोखरा महानगरपालिका वडा नं. २, मिरुवामा नयाँ इलेक्ट्रिक भेहिकल (EV) चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। बागलुङ राजमार्गमा अवस्थित बिन्ध्यवासिनी मन्दिरबाट करिब २०० मिटर उत्तरतर्फ रहेको यो चार्जिङ स्टेशनले इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूका लागि ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ। यो चार्जिङ स्टेशनको शुभारम्भ लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा सक्रिय गुडविल इलेक्ट्रोनिक्सका प्रोप्राइटर कमल श्रेष्ठले गर्नुभएको हो। “EV-GO” FAST CHARGING STATION यो चार्जिङ स्टेशनमा हाल ८० किलोवाट क्षमताको चार्जर जडान गरिएको छ, जसले गाडीको ब्याट्रीलाई ३० मिनेटमा २०% देखि ८०% सम्म चार्ज… पुरा पढौ

अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

गण्डकी । पोखरामा आज आयोजित कार्यक्रमका सहभागी उद्योग व्यवसायीहरूले सुस्ताएको अर्थतन्त्रलाई गति दिने बजेट ल्याउन माग गरेका छन् । पोखरा भ्रमणमा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलसँग भएको अन्तक्र्रियाका वक्ताहरूले अर्थतन्त्रलाई गतिशिल बनाउने किसिमको बजेट अहिलेको आवश्यकता औल्याए । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले आगामी आर्थिक वर्ष २०८२ र८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री हुनुपर्नेमा जोड दिए। अर्थतन्त्रलाई गति दिने खालका नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र उत्साहित हुने बताउँदै उनले यसतर्फ सरकारको ध्यान आकृष्ट हुनुपर्ने आवश्यकता… पुरा पढौ

सुस्ताएको अर्थतन्त्रलाई गति लिने बजेट आओस् : अध्यक्ष कार्की

पोखरा, १७ वैशाख । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आउँदो आर्थिक वर्ष २०८२/०८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री होस् भन्ने कामना गरेका छन् । सुस्ताएको अर्थतन्त्रलाई गति दिने खालका नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र उत्साहित हुने उनको धारणा छ । पोखरा भ्रमणमा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग बुधबार भएको अन्तक्र्रियामा बोल्दै अध्यक्ष कार्कीले पोखराको पर्यटन उद्योगलाई चलायमान बनाउने खालका कार्यक्रमको अपेक्षा राखिएको पनि बताए । पोखरा उद्योग वाणिज्य संघले यहाँको शिक्षा,स्वास्थ्य,पर्यटनको विकास तथा कृषिको व्यावसायिकरणका… पुरा पढौ

घटेको घट्यै अमेरिकी डलरको मूल्य, यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य घटेको छ । हिजो १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएकोको आज प्रतिडलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६९ पैसा, यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रूपैयाँ ८५ पैसा… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो । आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह एक दशमलव ४० र व्यापार समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने… पुरा पढौ

नेपाल राष्ट्र बैंकद्वारा आयोजित प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस प्रथम

पोखरा । नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा पोखरा कार्यालयद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ । ग्लोबल मनी विक २०२५ को अवसरमा स्नातक तहमा व्यवस्थापन सङ्काय अध्ययापन गराउने शैक्षिक संस्थाहरूबिच अन्तर क्याम्पस हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । पोखराका विभिन्न ८ ओटा क्याम्पसबिच भएको प्रतिस्पर्धामा जनप्रिय बहुमुखी क्याम्पसको स्नातक तह व्यवस्थापन सङ्काय चौँथो वर्षमा अध्ययनरत विद्यार्थीद्वय राजन पौडेल र कुलबहादुर पौडेल के.सी.ले उत्कृष्ट प्रस्तुतिका साथ प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रथम भएको प्रशासक महादेवकुुुुुुुमार… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो । आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह एक दशमलव ४० र व्यापार समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरू सबै… पुरा पढौ

सुनको मूल्य घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो । आइतबार भने मूल्य १४०० बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो । पुरा पढौ

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

मुस्ताङ । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन् । विसं २०८० मा कूल ९६ हजार ६४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९ दशमलव ७६ प्रतिशतले बढेर एक लाख ४४ हजार ७४५ जना पुगेको एक्याप जोमसोम कार्यालयका प्रमुख राजेशप्रसाद गुप्तले जानकारी दिए। एक्यापका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष सार्क राष्ट्रका… पुरा पढौ