शिक्षा

भद्रकाली क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम शुरु

पोखरास्थित भद्रकाली बहुमुखी क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम बिहीबारबाट सुरु भएको छ । क्याम्पस सञ्चालन समितिका अध्यक्ष जय प्रसाद सापकोटाले भलिबल खेलका प्रमुख रेफ्री दिलीप गुरुङलाई बल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे । उद्घाटन सत्रको अध्यक्षता गरेका क्याम्पस प्रमुख नवराज रेग्मीले यही १४ गतेसम्म हुने खेलकुदमा सबै विद्यार्थीलाई सहभागी हुन र कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न निर्देशन दिए । तीन दिनसम्म चल्ने खेलकुदमा छात्र र छात्रा दुवै समूहका भलिबल, बास्केटबल, फुटसल, डोरी तान्ने र छेलो खेलहरु समावेश गरिएको क्याम्पसले जनाएको छ… पुरा पढौ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ,दीर्घकालीन प्रतिबन्धको तयारी

बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ । जसलाई स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको छ । संसद्बाट पारित यस कानूनले अबको पुस्तालाई चुरोटको पहुँचबाट क्रमशः टाढा लैजाने स्पष्ट सङ्केत दिएको छ । धूम्रपान नियन्त्रणका लागि दशकौँदेखि चलिरहेको अभियानपछि यो सफलता हासिल भएको भन्दै धूम्रपानविरुद्ध काम गर्ने संस्था ‘एक्सन अन स्मोकिङ एन्ड हेल्थ’ का प्रमुख कार्यकारी हेजल चिजम्यानले ‘धूम्रपानको अन्त्य अब टाढाको लक्ष्य होइन, अपरिहार्य प्रक्रिया बनिसकेको’ प्रतिक्रिया दिए । उनले… पुरा पढौ

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यही वैशाख ६ र ७ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ती बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिए । यस्तै आठ लाख बालबालिकालाई बालभिटा खुवाइएको छ । देशैभरका छ महिनादेखि देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि र छ… पुरा पढौ

सिद्ध माविमा अक्षयकोष स्थापना

युनाइटेड क्लब, पोखराले वडा नं १५ मा रहेको सिद्द माविमा अक्षयकोष स्थापना गरेको छ । वडा भित्रका गरिब, बिपन्न परिवारका बालबालिका पढ्न तथा विद्यालयको समग्र शैक्षिक सुधारमा सहयोग पुर्याउने उद्धेश्यले ५५ हजार ५सय ५५ रूपैयाँको अक्षयकोष स्थापना गरिएको हो। विद्यालयमा आयोजित एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष लोक वहादुर थापाले सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल र प्रधानाध्यापक गुरुदत्त कोइरालालाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सामाजिक क्षेत्रमा अग्रणी संस्था युनाइटेड क्लबले गरेको सहयोग अतुलनिय रहेको बताए… पुरा पढौ

जनप्रिय माविमा नवनिर्वाचित समितिको पदस्थापना

पोखरा ८ सिमलचौर स्थित जनप्रिय माध्यमिक विद्यालयमा गठन भएको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पदस्थापना भएको छ । विद्यालयको चौतर्फी हित गर्न गठित समितिका सदस्यलाई पदस्थापना गरिएको विद्यालयका प्रधानाध्यापक देवीप्रसाद वस्ताकोटीले जानकारी दिए । निवर्तमान बनेका अध्यक्ष परशुराम बरालले नवनिर्वाचित अध्यक्ष ईश्वरप्रसाद सुवेदीलाई पदस्थापना गराउँदै माइन्युट समेत हस्तान्तरण गरेका थिए । व्यवस्थापन समितिमा सरस्वती शाही पोख्रेल, टंकप्रसाद सुवेदी र देवीप्रसाद त्रिपाठी, शुष्मा खनाल सिग्देल र वसन्तप्रसाद सिग्देल रहेका छन् । कार्यक्रममा नवनिर्वाचित शिक्षक अभिभावक संघको अध्यक्ष केदार धमला… पुरा पढौ

जनप्रिय क्याम्पसमा पेशागत दक्षताका लागि प्राध्यापकलाई तालिम

पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित यो सघन प्रशिक्षण कार्यक्रम वैशाख ८ गतेसम्म सञ्चालन हुनेछ। तालिमको समुद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पहारीले प्रविधिमैत्री सिकाइले नै वर्तमान समयमा दक्ष जनशक्ति उत्पादन गर्न सम्भव रहेको बताए।उनले यस तालिमबाट आर्जित सीप र ज्ञानले सामुदायिक क्याम्पसहरूको शैक्षिक स्तर उकास्न र विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुऱ्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास… पुरा पढौ

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएपछि अभिभावकहरुले नियमितरुपमा गुनासो टिपाउन थालेका छन् । मन्त्रालयको निर्देशन कार्यान्वयनका लागि लिखित रुपमा सबै स्थानीय तहलाई अनुरोध गर्नाका साथै भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सहायता कक्ष स्थापना गरिएको छ । केन्द्रका निर्देशक निर्मलप्रसादसिंह राठौरले विद्यार्थी भर्ना शुल्कलगायत विषयमा विभिन्न माध्यमबाट सरकारी निकायलाई प्राप्त गुनासा समयमा सम्बोधन गरी सेवा प्रवाहको प्रभावकारिता वृद्धिमा सहायता कक्ष क्रियाशील रहेको बताए । “मेरो… पुरा पढौ

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन एप र वेबसाइट यूआरएल बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गरिएको हो । “सबैजसो इन्टरनेट सेवा प्रदायकले हालसम्म १० हजारभन्दा बढी यस्ता एप र वेबसाइट बन्द गरिसकेको जानकारी गराएका छन् । नेपाल टेलिकमले सबैभन्दा धेरै २१ हजारभन्दा बढीको सङ्ख्यामा बन्द गरेको छ, यस्ता एप र वेभसाइट निरन्तर पहिचान गर्ने र बन्द गर्ने क्रम चलिरहेको छ”, लामिछानेले भने… पुरा पढौ

सहारा विद्यालयलाई नेस्ट पोखराले सघाउने

पोखराको शिवटोलमा रहेको सहारा बाल आधारभूत विद्यालयलाई नेस्ट पोखराले सहयोग गर्ने भएको छ । नव बर्षको अवसरमा विद्यालयमा आयोजित शुभकामना आदनप्रदान तथा अभिभावक अन्तरक्रिया कार्यक्रममा नेस्ट पोखराले विद्यालयमा अध्ययनरत करिव १ सय भन्दा बढि विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग र तिनका अभिभावकलाई निःशुल्क जीविकोपार्जन सम्वन्धि तालिम प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरेको छ । कार्यक्रममा नेस्ट नेपालका सचिव कुम बहादुर गुरुङले संस्थाले विपन्न आर्थिक अवस्थाका व्यक्तिहरुलाई स्वबलम्वन सम्वन्धि तालिम प्रदान गरि आत्मनिर्भर क्षमताको विकास गर्ने गरि कार्यक्रमहरु सञ्चालन गरिरहेको वताए । नेष्ट… पुरा पढौ

एगा पोखराले गर्यो क्यान्सर पिडितलाई सहयोग

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले क्यान्सर पिडित बुद्धिबहादर क्षेत्री र मीरा पन्तलाई आर्थिक सहयोग गरेको छ । नयाँ वर्ष २०८३ आगमनको अवसर पारी आज आयोजित शुभकामना आदानप्रदान तथा सामाजिक उत्तरदायित्व कार्यक्रममा संस्थाका सदस्य समेत रहेका पिडित क्षेत्री र पन्तलाई सहयोग गरेको हो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले एगा पोखराले व्यवसायिक दक्षता अभिबृद्धिसँगै समाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा खेल्दै आएको भूमिकाको प्रशंसा गरे । पर्यटन प्रवद्र्धन लगायतका विभिन्न गतिविधिमा एगासँग निरन्तर सहकार्य गर्दै आइएको बताउँदै उनले आगामी दिनमा पनि… पुरा पढौ