शिक्षा

नेपाल राष्ट्र बैंकद्वारा आयोजित प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस प्रथम

पोखरा । नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा पोखरा कार्यालयद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ । ग्लोबल मनी विक २०२५ को अवसरमा स्नातक तहमा व्यवस्थापन सङ्काय अध्ययापन गराउने शैक्षिक संस्थाहरूबिच अन्तर क्याम्पस हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । पोखराका विभिन्न ८ ओटा क्याम्पसबिच भएको प्रतिस्पर्धामा जनप्रिय बहुमुखी क्याम्पसको स्नातक तह व्यवस्थापन सङ्काय चौँथो वर्षमा अध्ययनरत विद्यार्थीद्वय राजन पौडेल र कुलबहादुर पौडेल के.सी.ले उत्कृष्ट प्रस्तुतिका साथ प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रथम भएको प्रशासक महादेवकुुुुुुुमार… पुरा पढौ

पोखरा महानगरको निर्देशनः वैशाख १७ गते देखि विद्यालय सञ्चालन गर्नु

पोखरा । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयलाई वैशाख १७ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । शिक्षक आन्दोलनले पढाइ अवरुद्ध हुँदा विद्यार्थीको शैक्षिक भविष्य प्रभावित हुन सक्ने भएकाले महानगरले पठनपाठनलाई नियमित बनाउने निर्णय लिएको जनाएको छ । नेपाल शिक्षक महासंघको आन्दोलनले सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको हो । महानगरपालिकाको शिक्षा महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्बन्धित सबै सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दै नियमित पठनपाठन सञ्चालनमा सक्रिय भूमिका निभाउन अनुरोध गरिन्छ ।’ नेपाल… पुरा पढौ

शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते

काठमाडौँबाट झापा आइरहेको प्रदेश १-०१-००१-ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते हुनुभएको छ । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए । दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएका घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए। जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ ।… पुरा पढौ

मदन भण्डारी फाउन्डेसन कास्कीद्वारा  बिद्यार्थीहरुलाई पोशाक  र  शैक्षिक सामाग्री बितरण

पोखरा । मदन भण्डारी फाउन्डेसन कास्कीले शुक्रवार गरिव तथा बिपन्न वर्गका बिद्यार्थीहरुलाई पोशाक र विभिन्न शैक्षिक सामाग्री बितरण गरेको छ । दियालो फाउन्डेसन संगको सहकार्यमा बिद्यालय पोशाक , कपि, झोला सहितका सामाग्री सो फाउन्डेसनका अध्यक्ष माधब वास्तोलाले बितरण गरेका थिए । कास्कीका विभिन्न विद्यालयका ८५ जना विद्यार्थीहरुलाई सहयोग गर्ने कार्यक्रम अन्तगत आज १५ जनालाई बितरण गरिएको र अन्यलाई केहि दिनमा बितरण गरिने कुरा यो अभियानका संयोजक रमेश भण्डारीले बताए ।अभिभावकहरुले कपि, कलम, लगाउने कपडा, झोला नभएर स्कुल जान नमान्ने बालवालिकाहरुलाई… पुरा पढौ

शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्री पन्तको आह्वान

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेका छन । उनले सरकारका तर्फबाट आज पत्राचार गरी लामो समयदेखि आन्दोलनरत शिक्षक महासङ्घ राष्ट्रिय समितिलाई वार्ताका लागि आह्वान गरेका हुन। मन्त्री पन्तले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि आग्रह गरे । उनले शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वाभाविकै भएको उल्लेख गरे… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसमा डिजिटल क्षमता अभिवृद्धि कार्यशाला

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग (युजिसी) को सहयोगमा डिजिटल क्षमता अभिवृद्धि विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला समापन समारोहमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले क्याम्पसमा कार्यरत प्राध्यापकहरू प्रविधिमा दक्ष हुँदा विद्यार्थी वर्ग लाभान्वित हुने र शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने बताए । क्याम्पस प्रमुख कृष्णबाबु बरालले डिजिटल युगमा प्रविधिमैत्री शिक्षण अनिवार्य बन्दै गएको उल्लेख गर्दै, प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्राध्यापकहरूलाई आग्रह गरे । बरालले कार्यशालाबाट प्राध्यापकहरूमा नयाँ ऊर्जा,… पुरा पढौ

पश्चिमाञ्चल माध्यमिक विद्यालयद्वारा ‘सौन्दर्यकता’ तालिम

पोखरा । सौन्दर्यकलाको सीप दिलाउनका लागि म्याग्दीको बेनीमा ‘स्किन केयर तथा सेल्फ मेकअप’ सम्बन्धि निशुल्क तालिम सुरु गरिएको छ । पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविले आयोजना गरेको उक्त तालिम एकसातासम्म संचालन हुनेछ । प्रशिक्षणमा म्याग्दीका विभिन्न विद्यालयबाट यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका छात्राहरु सहभागि रहेको विद्यालयका प्राचार्य सरोज कोइरालाले जानकारी दिए । प्रशिक्षणको प्रमुख अतिथि सौन्दर्यकला व्यावसायी संघकी केन्द्रीय उपाध्यक्ष सोनम गुरुङले उद्घाटन गरेकी थिईन । प्रशिक्षणमा ३० जना छात्राहरु सहभागि छन् । प्राचार्य कोइरालाका अनुसार एकसाताको यो प्रशिक्षणमा… पुरा पढौ

कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ गते हुने

कक्षा १२ को परीक्षा सरेको छ । वैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि मात्र हुने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गरेका थिए। सोही आधारमा बोर्डले वैशाख २१ गतेका लागि… पुरा पढौ

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो । शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले गत चैत २० गतेदेखि सडक आन्दोलनसमेत गरिरहेका छन् । सरकार र महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । पुरा पढौ

राष्ट्रिय परीक्षा बोर्डले बोलायो बैठक, कक्षा १२ को परीक्षा मितिबारे टुंगो लाग्ने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी महत्वपूर्ण निर्णय गर्न आज बैठक बोलाएको छ । शिक्षकहरूको जारी आन्दोलनले शिक्षाको वातावरण प्रभावित भइरहेका बेला बोर्डले परीक्षा सञ्चालन गर्ने वा नगर्ने विषयमा छलफल गर्न बैठक डाकेको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनरत छन् । यद्यपि, सरकार र महासंघबीच पटकपटक संवाद भएका छन्, तर… पुरा पढौ