पोखरा महानगरको निर्देशनः वैशाख १७ गते देखि विद्यालय सञ्चालन गर्नु


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०८२ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयलाई वैशाख १७ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

शिक्षक आन्दोलनले पढाइ अवरुद्ध हुँदा विद्यार्थीको शैक्षिक भविष्य प्रभावित हुन सक्ने भएकाले महानगरले पठनपाठनलाई नियमित बनाउने निर्णय लिएको जनाएको छ । नेपाल शिक्षक महासंघको आन्दोलनले सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको हो ।

महानगरपालिकाको शिक्षा महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्बन्धित सबै सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दै नियमित पठनपाठन सञ्चालनमा सक्रिय भूमिका निभाउन अनुरोध गरिन्छ ।’

नेपाल शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि भइरहेको शिक्षक आन्दोलनले देशभरका विद्यालयहरुमा पठनपाठन प्रभावित छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।