शिक्षा

तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुग्यो

तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ । शैक्षिक सत्र २०८२ सुरु हुनुपूर्व नै जिल्लामा सबै पाठ्यपुस्तक आएको हो । सामुदायिक विद्यालयका एक सय प्रतिशत र निजी विद्यालयका ९५ प्रतिशत पुस्तक जिल्लामा आइसकेको पुस्तक व्यवसायी महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिए। उनले भने, “निजी विद्यालयका केही पुस्तक मात्रै आउन बाँकी छन् । अरु सबै आइसक्यो ।” जनक शिक्षा सामग्रीमार्फत् सबै पुस्तक जिल्लामा आइपुगेको उनले जानकारी दिए । विगतका वर्ष जस्तै यस वर्ष पनि शैक्षिक सत्र अगावै जिल्लामा पाठ्यपुस्तक आएको… पुरा पढौ

विद्यार्थी शिक्षा विकास संस्थाद्वारा अन्नपूर्ण आ.वि.लाई एक वर्षलाई पुग्ने शैक्षिक सामग्री प्रदान

पोखरा, चैत २२ विद्यार्थी शिक्षा विकास संस्थाले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–८ स्थित अन्नपूर्ण आधारतभूत विद्यालयलाई १ वर्षलाई पुग्ने शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । संस्थाले शुक्रबार विद्यालय प्राङ्गणमै एक कार्यक्रम गरेर विद्यालयका सम्पूर्ण विद्यार्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष नोर्बु शेर्पासहितको टोलीले अन्नपूर्ण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव भण्डारीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो । संस्थाका अध्यक्ष नोर्बु शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदित्य चन्द, तुलसीप्रसाद सुवेदी, दीपक ढुंगानालगायतले संस्थाले गर्ने सामाजिक… पुरा पढौ

म्याग्दी नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण सुरु

म्याग्दी । म्याग्दी नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन थालेको जानकारी दिए । “म्याग्दीका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने १५ हजार सेट पुस्तक ल्याएर दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गर्न थालेका छौँ,” उनले भने, “नयाँ शैक्षिक सत्रमा भर्नासँगै विद्यार्थीको हात–हातमा पुस्तक… पुरा पढौ

पोखरामा उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन

पोखरा । उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रित रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी, युकेको सह–आयोजनामा सम्पन्न उक्त सम्मेलन विश्वविद्यालय अनुदान आयोग नेपाल तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालय, पोखरा महानगरपालिका र केसी समूहको सहयोगमा गरिएको हो । होटल बाराहीमा गरिएको सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गरेका थिए ।… पुरा पढौ

वैदिक गुरुकुलीय पद्धति अनुसारको शिक्षाका लागि आकर्षण बन्दै राधाकृष्ण गुरुकुल

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय वैदिक गुरुकुलीय पद्धति अनुसारको शिक्षाका लागि विद्यार्थी तथा अभिभावककको आकर्षण बन्दै गएको छ । कक्षा ६ देखि १० सम्म निशुल्क आवास र भोजनको व्यवस्था गर्दै आएको विद्यालयमा हाल देशका विभिन्न जिल्लाबाट आएका २९ जना विद्यार्थी अध्ययनरत छन् । गुणस्तरीय शिक्षामा जोड दिदै आएको यस विद्यालयलाई वैदिक गुरुकुलीय पद्धति अनुसारको गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाचार्य प्रकाश उपाध्याय(रेग्मी)ले जानकारी दिए ।उनका अनुसार… पुरा पढौ

बड्स एकेडेमीमा पुरस्कार वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइकडस्थित बड्स एकेडेमीको दुई दिवसीय पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्म र दोस्रो दिन कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा हस्तलेखन, नेपाली विषयमा उत्कृष्ट, स्पेलिङ कन्टेष्टलगायतका गतिविधिमा उत्ृकष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । यस्तै २०८० को विभिन्न खेल गतिविधिमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई ट्रफी र मेडलसहित पुरस्कृत गरिएको थियो । साथै रेड हाउस सदन विद्यालयको बोर्ड प्रस्तुतिकरणमा प्रथम… पुरा पढौ

दृष्टिविहिन शिक्षक सापकोटा जर्मन प्रस्थान

दुलेगौंडा । तेस्रो विश्व अपाङ्गता शिखर सम्मेलनमा भाग लिन दृष्टिविहिन शिक्षक एवम् कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटा जर्मन प्रस्थान गरेका छन् । जर्मन सरकार र जोर्डन सरकारको आयोजनामा अप्रिल २ र ३ तारिखमा जर्मनीको बर्लिनमा हुने सो सम्मेलनमा भाग लिन सापकोटा सोमवार विहान प्रस्थान गरेका हुन् । जर्मनीमा अप्रिल १ तारिखमा हुने शिभिल सोसाईटी फोरम र २ र ३ तारखिमा हुने ग्लोबल डिसएबीलिटी समिट (जीडिएस) मुख्य कार्यक्रम र शिक्षा सम्बन्धी साइडी इभेन्टहरुमा उनी सहभागि हुने छन् । सापकोटा अप्रिल… पुरा पढौ

कुमुदिनीका कक्षा १२ का विद्यार्थीलाई वधाई तथा शुभकामना

पोखरा, १७ चैत्र । पोखरा महानगरपािलका वडा नं ४, गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सका कक्षा १२ का विद्यार्थीलाई हार्दिक वधाई तथा आगामी शैक्षिक गन्तव्यको लागि शुभकामना दिईएको छ । आईतबार एउटा भव्य समारोह आयोजना गरेर विद्यालयका कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुले उनीहरुलाई वधाई तथा शुभकामना व्यक्त गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले भने, मत सधैं उत्कृष्टताको, उन्नतीको, प्रगतिको, अनुशासित तथा परिपक्क्वताको पक्षधर हुँ । हो फेयरवेल कार्यक्रम भावनात्मक कार्यक्रम पनि हो । नचाहेर पनि… पुरा पढौ

मदरल्याण्ड माविका १२ कक्षाका विद्यार्थीलाई बिदाई

पोखरा, चैत १६पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले १२ कक्षाका विद्यार्थीलाई शनिबार एक कार्यक्रम गरि बिदाई गरेको छ । १२ कक्षाको अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि बिदाई कार्यक्रम आयोजना गरिएको हो ।विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले बिदाई कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य डा. नारायण बरालले मदरल्याण्डमा कम्तिमा दुइवर्षको अवधि बितेको र त्यो समयले विद्यार्थीको भविश्यको बाटो देखाउने बताए ।‘कतिपय विद्यार्थीले १५ वर्ष त कतिपयले दुइवर्ष मदरल्याण्डमा अध्ययन गरेका छन् । अबको परीक्षाले विद्यार्थीको जीवनको बाटो कोर्नेछ,’ बरालले भने,… पुरा पढौ

एसईई परीक्षा सम्पन्न, जनप्रतिनिधी र क्रियापुत्रीले पनि दिए परीक्षा,गण्डकीका मुख्यमन्त्री र मन्त्रीले गरे केन्द्रको निरिक्षण

एसईई परीक्षा सम्पन्न, जनप्रतिनिधी र क्रियापुत्रीले पनि दिए परीक्षा,गण्डकीका मुख्यमन्त्री र मन्त्रीले गरे केन्द्रको निरिक्षणशिशिरपोखरा यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई देशभरका परीक्षा केन्द्रमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । चैत ७ गतेवाट शुरु भएको परीक्षामा देशभरवाट ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागीता जनाएका थिए । कास्कीमा पनि एसईई परीक्षा ११ हजार ६ सय ७६ जनाले सहभागिता जनाए । परीक्षाको अन्तिम दिन शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विभिन्न परीक्षा… पुरा पढौ