शिक्षा

गण्डकीमा छ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री

नयाँ शैक्षिक सत्र सुरू भएपछि गण्डकी प्रदेशमा हालसम्म छ लाख ४३ हजार पाँच सय ३९ थान पाठ्यपुस्तक बिक्री भएको जनाइएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयका अनुसार रु आठ करोड ८३ लाख १३ हजार आठ सय बराबरको पाठ्यपुस्तक बिक्री गरिएको हो । कार्यालयका सूचना अधिकारी शिवविलास पौडेलले प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तक पुगिसेकेको जानकारी दिए । “माग भएजति पाठ्यपुस्तक स्थानीय बिक्रेतामार्फत जिल्लामा पठाइसकेका छौँ, हामीसँग पाठ्यपुस्तक प्रयाप्त छ”, उनले भने । प्रदेशका १० जिल्लामा पोखरा र… पुरा पढौ

कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला मात्रै: राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को परीक्षा नसरेको स्पष्ट पारेको छ । बोर्डले यस्ता भ्रामक सूचनाको भर नपर्न र आधिकारी वेबसाइटमा प्रकाशित सूचनालाई मात्र ध्यान दिन आग्रह गरेको छ । सामाजिक सञ्जालमा बोर्डको लेडरप्याडमा अध्यक्षको हस्ताक्षर राखेर परीक्षा स्थगित भएको भ्रमपूर्ण सूचना सेयर हुन थालेपछि बोर्डले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो । त्यस्तै, विद्यार्थीहरूलाई धैर्यतापूर्वक परीक्षाको तयारीलाई निरन्तरता दिन आग्रह पनि गरिएको छ । आधिकारीक सुचना बोर्डको वेबसाइट www.neb.gov.com मा गएर… पुरा पढौ

शक्षकको आन्दोलनप्रति कास्की काँग्रेसको पूर्ण ऐक्यवद्वता

पोखरा । नेपाली काँग्रेस कास्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी शिक्षक आन्दोलन प्रति पूर्ण ऐक्यवद्वता जनाएको छ । कास्की काँग्रेसका सभापति किशोरदक्त बरालले विज्ञप्ति प्रकाशित गरी नेपाल शिक्षक महासंघको अगुवाइमा १४ दिन देखि जारी आन्दोलन प्रति ऐक्यवद्वता जनाउनुभएको हो । शिक्षक समुदायले उठाएका मागहरु शिक्षाको गुणस्तर अभिवृद्वि, पेशागत सम्मान र स्थायित्व व्यवस्थापनसँग सम्वन्धित भएको उल्लेख छ । मागहरु अत्यन्तै जायज र सुसंगत छन् विज्ञप्ति भनिएको छ । विज्ञप्तिमा मागहरु प्रति राज्यको बेवास्ता र प्रधानमन्त्रीज्यूको सार्वजनिक अभिव्यक्तिमा देखिएको शिक्षकप्रतिको अपमानपूर्ण भाषा राष्ट्रको… पुरा पढौ

कवितालाई पढ्नै सकस

गोरखा । बालबालिका माथिल्लो कक्षामा पढ्ने उमङ्गका साथ नतिजाका पर्खाइमा छन् । शिक्षक आन्दोलनले ढिलाइ भए पनि छिट्टै नतिजा आउला र नयाँ पा्ययपुस्तक बोकेर माथिल्लो कक्षामा पढ्न जाऔँला भन्ने उत्साह बोकेर गाउँघरतिरै खेलिरहेका छन् । गण्डकी गाउँपालिका–६ बनटारकी कविता चेपाङ पनि समय मिलाएर तिनै साथीहरूसँग हाँसखेल गरिरहेकी छिन्, तर उनमा न नतिजाको पर्खाइ छ, न उपल्लो कक्षामा पढ्न जाने जोश । बिदा मनाइरहेका साथीसङ्गीसँग खेल्न पाउँदा मुहारमा घाम उदाए पनि विद्यालय, पठनपाठन सम्झेपछि उनको मुहारमा अँध्यारो बादल छाउँछ । तेह्र… पुरा पढौ

शान्ति निकेतनले १५ करोड लागतमा सुविधासम्पन्न भवन बनाउँदै

पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ । आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ६० करोड बजार मूल्यको जग्गामा बन्ने ५ तले भवनमा ४० कोठा रहनेछ । उक्त भवनको विद्यालयका संस्थापक प्राचार्य डा।महेश्वर पराजुली, वडाध्यक्ष विष्णुप्रसाद बराल, संस्थापकका माताहरू कलावती र भद्रकली पराजुलीले नयाँ वर्षकै दिन सोमबार संयुक्त शिलान्यास गरे । भवन यही वर्षभित्र निर्माण सक्ने लक्ष्य छ । वडाध्यक्ष बरालले वडा नं.… पुरा पढौ

सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध

सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको बताइन ।… पुरा पढौ

गणितका अनुसन्धानकर्तालाई अनुसन्धानवृत्ति

पोखरा, चैत ३०गणित विषयमा अनुसन्धान गर्नका लागि गणित समाज गण्डकीले लघुअनुसन्धान वृत्ति प्रदान गर्न थालेको छ । गतवर्षका अनुसन्धानकर्ताले हालैमात्र अनुसन्धान पुरा गरेका छन् । यो वर्षका लागि प्रस्ताव आव्हान गरिएको छ ।गणित समाज गण्डकीका अध्यक्ष डा. त्रिभुवन शर्माका अनुसार गणित विषयमा विद्यार्थीलाई र शिक्षकलाई अनुसन्धानमा आकर्षित गराउनका लागि लघुअनुसन्धान वृत्ति प्रदान गर्न थालिएको हो । ‘गणित समाजले हरेक वर्ष गण्डकीका दुइजनालाई यो वृत्ति प्रदान गर्दै आएको छ,’ उनले भने, ‘अहिलेसम्म चारजनाले यो वृत्तिको रकम पाएका छन् । आगामि वर्षका… पुरा पढौ

फिस्टेल एकेडेमीले पायो आधिकारिक रुपमा अन्तर्राष्ट्रिय स्नातक संगठनबाट अनुमति

पोखरा, चैत २६ पोखरा–१७ विरौटामा रहेको फिस्टेल एकेडेमीले अन्तर्राष्ट्रिय स्नातक संगठनबाट अनुमति प्राप्त गरेको छ । नेपालको राजधानी काठमाडौं भ्याली बाहिर पहिलो आई.बी. वल्र्ड स्कुलका रुपमा स्थापित यस स्कुलले आधिकारिक रुपमा त्यसको मान्यता पाएको हो । जसले गर्दा फिस्टेल एकेडेमी आई. बी. वल्र्ड स्कुलका रूपमा स्थापित भएको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताए । ‘यस उपलब्धिले विद्यालय र समग्र पोखरालाई नै विश्वव्यापी शैक्षिक केन्द्रका रूपमा परिचित गराएको छ,उनले भने,यसले पोखरालाई नै अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न सफल भएको छ… पुरा पढौ

गुरुकुललाई पूर्ण प्रविधीयुक्त बनाइदै

पोखरा–९, बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयलाई पूर्ण प्रविधियुक्त बनाइने भएको छ ।विद्यालयमा सोमबार आज आयोजित एक कार्यक्रमका बीच उक्त जानकारी दिर्दै विद्यालयलाई युग सुहाउँदो शैक्षिक संस्थाका रुपमा स्थापित गर्ने तयारी भइरहेको विद्यालयका अध्यक्ष रवि कार्कीले जानकारी दिनुभयो।अध्यक्ष समेत रहनुभएका गुरुकुल विद्यासदन प्रा.लिका प्रबन्ध निर्देशक कार्कीले भन्नुभयोः– हामी विद्यालयलाई क्रमश पेपरलेस बनाउँदैछौँ, विद्यार्थीको वजनदार झोला घटाउँदैछौं, विद्यालयलाई डाटा वेसमा लैजादैछौं, अतिरिक्त क्रियाकलापमा गुरुकुल पोखरामा एकछत्र नै छ, इ–लाइव्रेरी तथा इ–बुक्स्को अवधारणलाई पनि अगाडि बढाउँदैछौं कार्कीले भन्नुभयो। हाम्रो योजना भनेको… पुरा पढौ

ह्याप्पि किड्स मण्टेश्वरीमा किंडरगार्टेन ग्राजुएसन तथा वार्षिक कार्यक्रम सम्पन्न

पोखरा । पोखरा ३१ गगनगौंडामा संचालित ह्याप्पी किड्स मण्टेसरीले आफ्नो किंडरगार्टेन ग्राजुएसन तथा वार्षिक कार्यक्रम २०८१ सोमबार भव्य रूपमा सम्पन्न गरेको छ। साना नानीहरूको शैक्षिक यात्रा, उपलब्धि र प्रतिभालाई सम्मान गर्न आयोजित यस कार्यक्रममा अभिभावक, शिक्षक, विशिष्ट अतिथि तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। मन्टेश्वरीकै बिद्यार्थीद्वय संस्कृती खांड ठकुरी र प्रत्युस श्रेष्ठले संचालन गरेको कार्यक्रममा सुरुवातमा विद्यालयका नानीहरूले प्रस्तुत गरेको आकर्षक स्वागत नृत्यबाट भएको थियो। त्यसपछि समूह गीत, क्याप एण्ड गाउन समारोह, प्रमाणपत्र तथा ट्रफी वितरणजस्ता विभिन्न प्रस्तुतिहरूले कार्यक्रममा विविधता… पुरा पढौ