शिक्षा

प्रतिभा माविद्वारा १२ कक्षाका विद्यार्थीलाई बिदाई

पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई शुक्रबार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो । कक्षा ११ का विद्यार्थीको संयोजनमा भएको उक्त कार्यक्रमको विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए । उक्त अवसरमा अध्यक्ष पौडेलले अहिलेका लागि बिदाई गरिएपनि विद्यालयसँगको सम्बन्ध अटुट रहेको बताए । विदाई भई जाने विद्यार्थीलाई शुभकामना दिँदै अध्यक्ष पौडेलले अहिलेको मेहनतले भविश्यमा सफलता हात पर्ने बताए । ‘अबको केही समय… पुरा पढौ

पोखरा १६ मा मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका समाजिक विकास महाशाखाको सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा पोखरा महानगरपालिका–१६, दिपमा मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले मानव अधिकार हरेक नागरिकका लागि जान्नुपर्ने विषय भएको उल्लेख गर्दै अधिकारबारे जानकारी नहुँदा त्यसको उपभोगबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने बताए। उनले अधिकारसँगै कर्तव्य पालनाको महत्त्वलाई जोड दिँदै कर्तव्य नबुझ्दा नै मानव अधिकार हनन हुने अवस्था आउने बताए। वडाध्यक्ष तिमिल्सिनाले नागरिकलाई अधिकार र… पुरा पढौ

कास्की कांग्रेस सभापति किशोरदत्त बराललाई कारवाही गर्न माग गर्दै नेविसंघका केन्द्रीय सदस्यहरुले दिए पार्टीमा उजुरी

पोखरा, चैत १४ नेपाल विद्यार्थी संघ (नेविसंघ)को कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई कारवाही गर्न माग गर्दै पार्टीमा उजुरी दिएका छन् । कास्कीबाट प्रतिनिधित्व गर्ने नेविसंघका ११ जना केन्द्रीय सदस्यहरुले सभापती बराल नालायक भएको भन्दै कारवाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिसमक्ष उजुरी दिएका हुन् । नेविसंघका केन्द्रीय सदस्यहरु राजेन्द्र बराल, नसिब गुरुङ, अञ्जान थापा, संस्कार कोईराला, विक्रम आदित्य सिंह गिरी, महादेव गिरी, राजिव बास्तोला, कविराज पहारी, यामकृष्ण पौडेल, सुजी मगर र गंगा गिरीले विहीबार पोखरामा… पुरा पढौ

पोखराको शैक्षिक सान प्रतिभा एजुकेसनले एभरग्रीन एकेडेमी सञ्चालन गर्ने

पोखरा, चैत १३ पोखराको शैक्षिक सान प्रतिभा एजुकेशन फाउन्डेसनले एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउने भएको छ । प्रतिभा एजुकेसनले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले हालसालैमात्र पोखरा–३ तेर्सापट्टीमा स्थापना गरेको एभरग्रीन एकेडेमी यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आउन लागेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । निजि बिद्यालय भएपनी विद्यालयमै नर्ससहितको हेल्थ डेस्क, पुस्तकालय राखिएको जनाइएको छ । तेस्तै विद्यालयमा तला चढ्न लिफ्ट पनि राखिएको छ । प्रतिभा एजुकेसन फाउण्डेसनद्वारा सञ्चालित प्रतिभा माविको शैक्षिक सफलतासँगै विद्यार्थीको बौधिक विकास र व्यक्तित्व निर्माणलाई सशक्त… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसमा चिनियाँ भाषा कक्षा सञ्चालनका लागि संझौता

पोखरा । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा जनप्रिय बहुमुखी क्याम्पस र त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटबीच चिनियाँ भाषा कक्षा सञ्चालनसम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ । संझौतापत्रमा त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका नेपाल पक्षका कार्यवाहक निर्देशक डा. बलराम दुवाल र जनप्रिय बहुमुखी क्याम्पस प्रमुख कृष्णबाबु बरालले ब्याचलर इन माउन्टेन टुरिज्म म्यानेजमेन्ट कार्यक्रममा चिनियाँ भाषा कक्षा सञ्चालनका लागि हस्ताक्षर गरेका हुन् । नेपालमा चिनियाँ भाषा शिक्षाको बढ्दो महत्व, पर्यटन, व्यापार र साँस्कृतिक आदानप्रदानका क्षेत्रमा यसको प्रभावबारे चर्चा गदै नेपाल–चीन शैक्षिक तथा… पुरा पढौ

बिरासत जोगाउँदै पृथ्वीनारायण क्याम्पसकाे स्ववियु अध्यक्षमा अनेरास्विववियुका विष्णु पोखरेल बिजयी

पृथ्वीनारायण क्याम्पस पोखराको ल स्ववियु अध्यक्षमा नेकपा एमाले निकट अनेरास्ववियुका बिष्णु पोखरेल बिजयी भएका छन् । पोखरेलले निकटतम प्रतिस्पर्धी नेपाल बिध्यार्थी संघका सुशील न्याैपानेलाई दाेब्बर मतान्तरले हराउँदै विजयी भएका हुन् । पोखरेलले एक हजार एक सय पाँच मत ल्याएर बिजयी भए ।उनका निकटतम प्रत्याशी नेपाल विद्यार्थी संघका सुशिल न्यौपानेले पाँच सय तीन मत प्राप्त गरे ।स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले चार सय ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा रामचन्द्र पोखरेलले जानकारी दिए । यसैगरी अखिल क्रान्तिकारीका नवीन अधिकारीले दुई सय… पुरा पढौ

मणिपाल मेडिकल कलेजले भित्रायो एडभान्स ह्यूमन डिसेक्सन टेबल ‘क्याडाविज’

पोखरा, चैत १० पोखरामा रहेको नेपालकै चर्चित मणिपाल मेडिकल कलेजले एडभान्स ह्यूमन डिसेक्सन टेबल ‘क्याडाविज’ भित्राएको छ । चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई अध्ययनमा सहजता मिलोस् भन्ने उद्देश्यले कलेजले मानिसको शरिरका अंगहरु काटेर हेर्न मिल्ने थ्री डी ईम्याजिनेसनमा आधारित ‘क्याडाविज’ भित्राएको हो । यस्तो मेसिन नेपालमै पहिलोपटक मेडिकल कलेजले भित्राएको मणिपाल शिक्षण अस्पतालका अध्यक्ष आनन्दराज बतासले दाबी गरे । यो मेसिन भित्रिएपछि चिकित्सा शिक्षा अध्ययन गरिरहेका एमबिबिएस, नर्सिङ, पारा मेडिकल, बिएससी एमएमटी, बिएससी एमआईटीलगायतका विद्यार्थी लाभान्वित हुने कलेजकी एन्टोनोमी विभाग… पुरा पढौ

पीएन क्याम्पसको स्ववियु चुनावमा विद्यार्थीमा देखिएन उत्साह

पोखरा, चैत १० पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा मतदाता विद्यार्थीमा उत्साह देखिएन । देशकै सबैभन्दा धेरै विद्यार्थी भएको पीएन क्याम्पसको स्ववियु चुनावमा झण्डै एक तिहाई विद्यार्थीले मात्र मतदान गरेका हुन् । यसअघि मतदानमा विद्यार्थीहरु उत्साहप्रद रुपमा सहभागि हुने गरेपनि यस वर्ष कुल मतदाताको ३९.१२ प्रतिशतले मात्रै मताधिकार प्रयोग गरेको निर्वाचन समितिले जनाएको छ । पृथ्वीनारायण क्याम्पसमा कुल ९ हजार २ सय ७० जना विद्यार्थी रहेका छन् । जसमध्ये १ हजार ८ सय ६६ जनाले मतदानका लागि परिचय… पुरा पढौ

पश्चिमाञ्चल माविले गर्यो १२ कक्षाका विद्यार्थीलाई विदाई

पोखरा, चैत ९ पोखरा–४ गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले कक्षा १२ का विद्यार्थीलाई शनिबार एक कार्यक्रम गरि बिदाई गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई शनिबार बिदाई गरेको हो । कक्षा ११ सकेर १२ को अन्तिम परीक्षाको पर्खाइमा रहेका उनीहरुलाई मायाको चिनो सहित बिदाई गरिएको थियो । विद्यालयका प्राचार्य सरोज कोइरालाले २ वर्षसम्म पश्चिमाञ्चलले दिलाएको शिक्षाको ज्ञानलाई भरपुर प्रयोग गर्न विद्यार्थीलाई शुभकामना दिए । विद्यार्थी भविश्यमा जहाँ गएपनि सम्बन्ध भने पश्चिमाञ्चलसँग सधैंका लागि रहिरहने उनले बताए ।… पुरा पढौ

तनहुँको भानु नगरपालिकाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

तनहुँको भानु नगरपालिका कार्यालयले प्राविधिक शिक्षा पढ्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो । हरेक विद्यार्थीलाई रु एक लाख ५० हजारका दरले रु ३९ लाख रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताएयो । उनले भने, “प्राविधिक जनशक्ति उत्पादनगरी यसै नगरपालिकामा प्राथमिकताका साथ उनीहरुलाई रोजगारी दिने योजना बनाइएको छ ।” यसैबीच, स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ (कक्षा १–८) तयार गरेर नगरपालिका क्षेत्रका सबै विद्यालयमा निःशुल्क… पुरा पढौ