गण्डकी

कास्की र तनहुँमा थप १६ जनामा कोरोना संक्रमण

कार्तिक १३ पोखरा । कास्की र तनहुँका गरि थप १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार प्रदेको कास्कीका १४ जना र तनहुँका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण देखा परेको हो । थपिने संक्रमित मध्य कास्कीको पोखरा महानगरका १४ जना र तनहुँको शुक्लागण्डकीका २ जना छन् । यो सहित प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ४७ पुगेको छ । यसअघि आज नै प्रदेशका कास्कीका… पुरा पढौ

अति विपन्नलाई एशियन फोरमको पहलमा खाद्यान्न वितरण

एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्चको पहलमा पोखराका विभिन्न वडाहरुमा बसोबास गर्ने अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । हाना नानुम फाउन्डेसन कोरियाको आर्थिक सहयोग तथा वि फ्रेन्ड्सको समन्वयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारिले गर्दा दुई छाक टार्न पनि कठीन भएका दैनिक ज्याला मजदुरी गर्ने नेपालका बिभिन्न जिल्लाबाट आई पोखराको १७ नं. वडामा बसोबास गरिरहेका घर परिवारलाई चामल, दाल, नुन, तेल, च्युरा, मस्यौरा, साबुन आदि खाद्यान्न सामाग्री दशैको फुलपातीको अघिल्लो दिन वितरण गरिएको हो । पोखरा… पुरा पढौ

हत्या अभियोगमा चार जना पक्राउ

हत्या अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–६ कोलडाँडा टक्सारमा दशैँको राति ११ बजे युवा समूहबीच झडप हुँदा गम्भीर घाइते युवाको उपचारका क्रममा गएराति मृत्यु भएपछि घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पुतलीबजार–६ दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वाँरा गाउँतर्फ मोटरसाइकलमा होहल्ला गर्दै गइरहेका युवाको समूहलाई कोलडाँडामा मादक पदार्थ सेवन गरी बसेका युवाले एक्कासी पछाडिबाट आक्रमण… पुरा पढौ

अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकमा कालोपत्रे गर्ने काम जारी

कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएको अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकमा कालोपत्रे गर्ने कार्य शुरु भएको छ । पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करीव १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जि एस आर निर्माण सेवाले सडक निर्माणलाई तिव्रता दिएको हो । करीव आधा किलोमिटर सडक ढलान गरिसकिएको छ भने बाँकी सडकमा कालोपत्रे गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ । चैतमा नै कालोपत्रे गर्ने… पुरा पढौ

कास्की र नवलपुरमा थप ३० जनामा कोरोना संक्रमण

कार्तिक १३ पोखरा । गण्डकीको कास्कीका २३ जना सहित नवलपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार दिउँसो १ : ४५ बजे स्वास्थ्य निर्देशनालय गण्डकीले एक विज्ञप्ती जारी गर्दै प्रदेशमा संक्रमितको संख्या थपिएको पुष्टि गरेको हो । निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परिक्षणमा कास्कीको पोखरा महानगरका विभिन्न वडाका २२ जनामा कोरोना संक्रमण देखिएको हो भने बि.पी.कोइराला स्मृती क्यान्स अस्पताल चितवनमा गरिएको नमुना परिक्षणमा नवलपुरका ७ जना र कास्कीका १ जनामा संक्रमणको पुष्टि भएको छ ।… पुरा पढौ

पोखरामा उपचाररत थप एक संक्रमितको मृत्यु

कार्तिक १३ पोखरा । पोखरामा उपचारत अर्का एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारत पर्वतको कुस्मा–६ का वर्ष ५५ का पुरुषको आज बिहान संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निमोनिया, उच्च रक्तचाप र स्वासप्रस्वासमा समस्याबाट पिडित भएका उनमा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो । यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ । यस अघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड –१९ उपचार… पुरा पढौ

पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट

पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुनेका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुगेका थिए । मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द महशुस गरेको पौडेलले बताए । ‘सामाजिक सञ्जाल फेसबुक, युट्यूव लगायतमा मानहुँकोटको तस्वीर, भिडियो हेर्थे, घुम्नैपर्ने ठाउँ जस्तो लागेको थियो,’ उनले भने, ‘यहाँ आएपछि यहाँको दृश्यले मनै लोभ्यायो ।’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको मानहुँकोट दशैं बिदामा घुम्ने उपयुक्त गन्तव्य समेत बन्न… पुरा पढौ

पोखरा महानगरपालिका कार्यलय आज (बिहीबार)देखि खुल्दै

पोखरा महानगरपालिकाको कार्यालय आज (बिहीबार)देखि खुल्ने भएको छ । पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको हिँजो (बुधबार) बसेको बैठकले स्वास्थ्य सुरक्षाका संपूर्ण मापदण्ड पालना गर्ने गरेर महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु आज (बिहीबार)बाट संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालद्वारा जारी सूचनामा जनाइएको छ । पोखरा महानगर कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेकका अन्य सेवा असोज २९ गतेदेखि बन्द थियो । पुरा पढौ

कोरोना रोकथामका लागि खटिएका पोखरा महानगरका स्वास्थ्य अधिकृत आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमण

कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रण्टलाईनमा बसेर खटिदै आएका पोखरा महानगरपालिकाका स्वास्थ्य अधिकृत हरिलाल आचार्य दम्पतीलाई नै कोरोना संक्रमण भएको छ । महानगरपालिका भित्र कोरोना नियन्त्रणका लागि दिनरात खटिदै आएका आचार्य र उनकी श्रीमती तीलकुमारी आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । आचार्यले सामाजिक सञ्जाल फेसवुकमा बुधबार बेलुका स्टाटस लेख्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना संक्रमण भएको पुष्टी भएको जनाएका छन् । फेसवुक स्टाटसमा उनले कोभिड–१९ बिरुद्धको विगत ८ महिनादेखिको संघर्षपूर्ण मोर्चामा सावधानी र सचेतताका साथ सहभागि हुँदाहुँदैपनि अनपेक्षित रुपमा… पुरा पढौ

पोखरामा थप एक जना कोराना संक्रमितको मृत्यु

पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १३ की ३६ वर्षीया एक महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयद्वारा बिहीबार बिहान जारी विज्ञप्तिमा जनाइएअनुसार, कोभिड–१९ को संक्रमण भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत उपचार केन्द्रको आइसीयु कार्तिकको ५ गतेदेखि भर्ना भई उपचाररत महिलाको हिँजो (बुधबार) राती ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो । उनको कोभिड–१९, बी/एल र निमोनिया लगायतका स्वास्थ्य समस्या रहेको निर्देशनालयले जनाएको छ ।… पुरा पढौ