गण्डकी

बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो । लामो समयसम्म खोजी गर्दासमेत बेपत्ताको अवस्था पत्ता नलागेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय हुँदै देशभर उनीहरूको हुलियासहितको जानकारी पठाएको छ । खोला किनार र बाढीपहिरो प्रभावित क्षेत्र आसपास सक्रिय खोजी भने रोकिएको छ । “हामीले खोजी रोकेका छैनौँ, खोज्ने प्रक्रिया… पुरा पढौ

झोलामा खोला राख्ने परिपाटीको अन्त्य गरौंः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जलविद्युत् योजनाका नाममा झोलामा खोला राख्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताएका छन्। कास्कीको माछापुच्छे« गाउँपालिकास्थित सार्दीखोलामा निर्माणाधिन सेती नदी हाइड्रोपावरको अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘जलविद्युत आयोजनाका नाममा झोलामा खोला राख्ने परिपार्टीको अन्त्य हुनुपर्छ ।’ उनले जलविद्युत् नेपाल विकासको प्रमुख आधार भएको उल्लेख गरे । संघ, प्रदेश र स्थानीय तहले तत्काल जलविद्युतसम्बन्धी कानुन बनाउनुपर्ने मुख्यमन्त्री गुरुङको धारण थियो । मुख्यमन्त्री गुरुङले गुणस्तर ख्याल गर्दै समयमै कार्य सम्पन्न गर्न निर्माण व्यवसायी भिजन लुम्विनी उर्जा कम्पनीलाई निर्देशन समेत… पुरा पढौ

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीमा जिम्मेवारी हेरफेर

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपाल जिल्ला शाखा कास्कीको प्रथम वार्षिक साधारणसभाले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरेको छ । साधारणसभाले सङ्घको उपाध्यक्षमा सागर कार्की, सहसचिवमा राजन सुवेदी र सहकोषाध्यक्षमा रिजन बस्ताकोटीलाई चयन गरेको छ । त्यस्तै सङ्गठन विभाग प्रमुखमा ईश्वरराज भण्डारी, अतिरिक्त क्रियाकलाप तथा सांस्कृतिक विभाग प्रमुखमा प्रकाश सापकोटा र प्रचारप्रसार एवं सङ्घसंस्था समन्वय प्रमुखमा ऋषिराम बाँस्तोला ९बाबुराम० लाई चयन गरेको सङ्घले जनाएको छ । साधारणसभामा राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष अधिकारीले कलाकारको पेशागत हकहितका लागि क्रियाशील बन्नुपर्नेमा जोड दिए… पुरा पढौ

कालीगण्डकीमा ‘स्टिमर सेवा’ पुनः शुरु

कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात स्टिमर सेवा वर्षायाम सकिएपछि शुरु भएको छ । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात स्टिमर सेवा पुनः शुरु भएको हो । वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध बनेको थियो । बहाव घटेपछि अवरुद्ध स्टिमर पुनः शुरु भएको स्थानीय तिलक पराजुलीले जानकारी दिए । लामो समयसम्म वर्षा भएका कारण बहाव नघटेकाले विगतका वर्षमा भन्दा… पुरा पढौ

गोरखा भुकम्पको ईपिसेन्टर लाप्राकमा गण्डकी प्रदेशकै पहिलो पर्यटन र पर्वतारोहण विषय पठनपाठन शुरु

उत्तरी गोरखाको धार्चे गाउँपालिकाको वडा नं. ४ लाप्राक स्थित मणिकाम देवी मा.वि.मा गण्डकी प्रदेशकै पहिलो पर्यटन र पर्वतारोहण बिषय पठनपाठन शुरु गरिएको छ । गत बर्ष अध्ययन अध्यापनको अनुमति पाएको उक्त विद्यालयले कक्षा ११ र १२ मा पर्यटन र पर्वतारोहण बिषय पठनपाठन गर्न थालेको हो । कक्षा ११ मा अनिवार्य बिषय बाहेक ४ वटा ऐच्छिक विषयमा पर्यटन र पर्वतारोहणलाई समावेश गरिएको छ । यस अघि मनोविज्ञान,शिक्षा, व्यवस्थापन र गणित पठनपाठन हुदै आएको उक्त विद्यालयमा अब बिद्यार्थीहरुले पर्यटन र पर्वतारोहण बिषय… पुरा पढौ

नेलम्बो नेपालद्वारा स्वास्थ्य सामग्री वितरण निरन्तर

शिक्षा, स्वास्थ्य र वातावरण सम्बन्धी निरन्तर कार्यहरु गर्दै आएको नेलम्बो नेपालले कोभिड–१९ बिरुद्ध लड्नका लागि आवश्यक पर्ने स्वास्थ्य वितरण कार्यलाई निरन्तर जारी राखेको छ । नेलम्बो नेपालले आईतबारपनि आफ्नो कार्य क्षेत्रमा रहेको माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुसस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ । स्वास्थ्य सुरक्षा अप्नाएर शिक्षण कार्य गर्नका लागि हेड फ्रि सेनिटाइजर स्ट्याड ३ थान, सेनिटाइजर ६.५ लिटर, डिस्पोजेवल ग्लोब्स २५० जोडा, डिस्पोजिवल माक्स ५०० थान, के.एन ९५ माक्स एक सय थान, थर्मल गन… पुरा पढौ

गण्डकीमा ४२५ संक्रमित थपिए, ११४ जना डिस्चार्ज

कार्तिक १६ पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लामा आइतबार एकै दिन ४२४ जनामा कारोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १ हजार २३० नमुना परिक्षणका क्रममा २६१ जना पुरुष र १६३ जना महिला गरि ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । निर्देशनालयका अनुसार आज सबैभन्दा बढी कास्कीका २८३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै तनहुँका ४१ जना, नवलपुर वर्दघाट सुस्ता पूर्वका ३१ जना, लमजुङका १९ जना, पर्वतका १३ जना, गोरखाका… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघका महासचिव पोखरेललाईपनि कोरोना संक्रमण

पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेललाईपनि कोरोना संक्रमण भएको छ । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएका जनाएका हुन् । कोरोना संक्रमण पुष्टि भएपछि उनले लेखेको स्टाटसमा भनिएको छ,‘ढिलोचाँडो एक दिन कोरोना संक्रमण अवश्य हुन्छ भन्ने मेरो मान्यता थियो र आज त्योबाट म अछुतो रहिन ।’ उनले सामान्य लक्षण देखिने वित्तिकै १० दिनदेखि आफू होम आइसोलेसनमा रहेको बताउँदै त्यसपछि कोहिसँगपनि सम्पर्कमा नरहेको स्पष्ट पारेका छन् । मसचिव पोखरेलले कोरोना संक्रमित हुनु कुनै पाप… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारीसहित परिवारका ६ जनालाई कोरोना

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीलाई कोरोना संक्रमण भएको छ । संघका अध्यक्ष अधिकारीले आफूलाई आईतबार कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए । अध्यक्ष अधिकारीका दाजु धर्मराज अधिकारीलाई केहि दिनअघि कोरोना संक्रमण पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएका उनको आज पोजिटिभ रिपोर्ट आएको हो । अधिकारीसँगै परिवारका अन्य ६ जनामापनि संक्रमण पुष्टी भएको जनाइएको छ । अध्यक्ष अधिकारीले आफू, आफ्नो छोरी, धर्मदाईको २ छोरी, ब्यबसायी तथा साईंला दाई केशवराज अधिकारीकी श्रीमती र आमालाई कोरोना संक्रमण पुष्टी भएको उनले… पुरा पढौ

लमजुङबाट अबैध जडिबुटी सहित पाँच जना पक्राउ

कार्तिक १६ पोखरा । लमजुङबाट प्रहरीले ठूलो मात्रामा प्रतिवन्धित जडिबुटी सहित पाँच जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रहरीले गरेको चेकजाँचका क्रममा मनाङबाट लमजुङको बेशिसहर आउँदै गरेको जिपमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त प्रतिबन्धीत जडिबुटी सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । प्रहरीले जिपबाट जटामसी–१६ किलो, बुकीफुल–१२४ किलो, धुपिपात–५३ किलो, सुनपाती– ९ किलो, भोजपत्र–१३ किलो गरी २१५ किलो प्रतिबन्धीत जडिबुटी सहित जिप चालक लमजुङको दोर्दी स्थायी ठेगना भएका कर्ण गुरुङ, मनाङ… पुरा पढौ