गण्डकी

कोभिड–१९ का कारण पोखराकी एक महिलाको मृत्यु

कोभिड–१९ का कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सहप्राध्यापक डा अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा पोखरा–९ की ६२ वर्षीया महिलाको शनिबार मृत्यु भएको हो। उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ को उपचार केन्द्रमा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ। उनलाई कोभिड–१९ को विरामी भई उनलाई बिहीबार अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो । उनमा कोभिड–१९, निमोनिया र मधुमेह लगायतको स्वास्थ्य समस्या रहेको विज्ञप्तिमा जनाइएको छ । पुरा पढौ

मासबार आमा समुहको स्मारिका विमोचन

कार्तिक १५ पोखरा । पोखराको मासबार आमा समुहले स्थापनाको २५ वर्ष पुरा गरेको छ । २५ वर्ष पुरा गरेको अवसरमा समुहले प्रकाशित गरेको स्मारिकाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले एक कार्यक्रमका विच विमोचन गरेका छन् । स्मारिकाको विमोचन गर्दै मेयर जिसीले आमा समुह मार्फत् महिला सशत्तीकरण गरिरहेका आमाहरु अव आर्थिक सशत्तीकरणका क्षेत्रमा पनि लाग्न अवश्यक भएको बताए ।उनले समुहको विकृति विसंगति नियन्त्रणदेखि लिएर विकास निमार्णका कार्यमा प्रसंसनिय भूमिका रहेको भन्दै समाजकोे सौन्र्दयीकरणमा लाग्न आग्रह गरे । कार्यक्रममा पोखरा महानगरपालिका वडा… पुरा पढौ

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण रोक्न र मानार्थ महारथिको दर्जा नदिन मोर्चाको आग्रह

संयुक्त देशभक्त मोर्चाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण रोक्न सरकारसँग माग गरेको छ । मोर्चाका तर्फबाट प्रवक्ता रामबहादुर पौडेलले शनिबार प्रेस वक्तव्य निकाल्दै कालापानीबारे विवादित अभिव्यक्ति दिने भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण रोक्न माग गरेका हुन् । कालापानी, लिम्पीयाधुरा र लिपुलेकबारे नेपाल कसैको ईशारामा चलिरहेको भारतीय सेनाध्यक्ष नरवणेको अभिव्यक्ति निन्दनीय लज्जास्पद भएको उल्लेख गर्दै मोर्चाले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जासमेत नदिन माग गरेको छ । मोर्चाले विवादकाबीच नरवणेलाई सम्मान दिनू नेपाली जनता र नेपालको हितमा नरहेको स्पष्ट… पुरा पढौ

सराङकोट खानेपानी आयोजना शुभारम्भ

पोखरा महानगरपालिका १८, २ र १ नं. वडाका दुई हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने गरी सराङकोट खानेपानी आयोजनाको काम शनिवारदेखि शुभारम्भ गरिएको छ। जसअन्र्तगत मुख्य पाइप लाइन तथा वितरण पाइप लाइन विस्तार र कुल ७५ हजार लिटर क्षमताको ट्याङकी निर्माणको काम कृपा कम्स्ट्रक्सन चितवन तथा कुल ५ लाख लिटर क्षमताको ठुलो ट्याक्की निर्माणको जिम्मा पोखरा स्थित पराजुली सावित्री नौघरे जेभिलाई दिइएको छ । दुवै कम्पनीलाई गरी कुल रु.३ करोड ११ लाख २३ हजार ४ सय ७९ मा ठेक्का दिइएको हो।… पुरा पढौ

व्यासमा मङ्सिर ३ गतेदेखि कक्षा सञ्चालन

तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको व्यासनगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले मङ्सिर २ गतेसम्म भने वैकल्पिक विधिमार्फत मात्रै पढाइ सञ्चालन गर्न दिइने निर्णय गरेको छ । कोभिड–१९ को प्रभाव र विद्यालय सञ्चालन सम्बन्धमा समीक्षा गरी सो निर्णय भएको व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा कार्यक्रम अधिकृत सन्तोष गोदारले जानकारी दिए । हाल मौसमी परिवर्तनका कारणले समुदायमा रुघाखोकीको प्रकोप देखिएको… पुरा पढौ

पोखरामा आगलागी हुँदा एकै परिवारका ४ जना घाइते

कार्तिक १५ पोखरा । पोखरामा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका ४ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१९ पुरन्चौरमा डेरा गरि बस्ने गोरखा स्थायी घर भएका शेर बहादुर गुरुङले चुरोट सल्काउने क्रममा ग्यास लिक भइरेका कारण आगलागी हुँदा गुरुङ सहित उनकी श्रीमति र दुई छोरा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको प्रहरीद्वारा प्रेसित विज्ञप्तीमा जनाइएको छ । सो घटनामा ५४ वर्षिय गुरुङ र उनकी ४५… पुरा पढौ

एक हजार घर स्थानान्तरण गर्न सिफारिस

पहिरोबाट क्षति भएका र जोखिममा परेका म्याग्दीका ८१ वटा बस्तीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ । गत असार महिनायताको पहिराका कारण पूर्ण क्षति भएका घर पुनःनिर्माण र जोखिमयुक्त ठाउँमा रहेका बस्ती तथा घर स्थानान्तरणका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पहिराले भत्किएर पूर्ण क्षति भएका २४७ घर पुनःनिर्माण र जोखिमयुक्त ८२१ घर स्थानान्तरण गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए । पालिकाका जनप्रतिनिधि, प्राविधिक, कर्मचारी र जिल्ला प्रहरी… पुरा पढौ

पोखरा ९ की ६२ वर्षिया महिलाको कोरोनाले मृत्यू

पोखरामा शनिबार एक जना कोरोना संक्रमित महिलाको मृत्यू भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर ९ की ६२ वर्षिया महिलाको कोरोनाका कारण मृत्यू भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यू हुनेको संख्या ७६ पुगेको छ । कात्तिक १३ गते संक्रमण पुष्टि भएकी ती महिलाको शनिबार विहान ८ बजे मृत्यू भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएकी उनमा मधुमेह र निमोनियाको समस्यापनि रहेको अस्पतालले बताएको… पुरा पढौ

सेरावासी टर्कीपालनतर्फ

तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । टर्की व्यवसाय सञ्चालन सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप १० वटादेखि ७० वटासम्म टर्की पाल्न थालेको किसान पौडेलले जानकारी दिए । स्थानीय कुखुरा र बट्टाई पाल्दै आएका पौडेलले यससम्बन्धी तालीम लिएपछि टर्की पाल्न शुरु गरेका थिय । यसको मासु प्रतिकिलो रु एक हजारमा बिक्री हुने… पुरा पढौ

आगन्तुक तान्दै मूर्तिकला सङ्ग्रहालय

दशैँ मनाउन बुटवलदेखि गलकोट आएकी रञ्जिता परियारले यसपालि घुमफिरका लागि नजिकको गन्तव्य टेउवालाई रोजिन । दशैँको भोलिपल्टै परियार र उहाँका साथीहरुले टेउवालाई लक्ष्य बनाए । घरदेखि झण्डै दुई घण्टा पैदलै हिँडेर उनीहरु टेउवा पुगे । त्यहाँको प्राकृतिक सौन्दर्यमा रमाए । निर्माणाधीन मूर्तिकला सङ्ग्रहालय अवलोकन गरे । दिनभरजसो त्यतै भुले । यसअघि सामाजिक सञ्जालमा टेउवाको फोटो÷भिडियो हेर्दा परियारलाई त्यहाँ कहिले पुगौँ जस्तो भइरहेको थियो । दशैँ बिदामा उहाँको धोको पुरा भएरै छाड्यो । “यहाँकोबारेमा फेसबुकबाट थाहा पाएकी थिएँ, साथीहरुले पनि भनिरहन्थे”,… पुरा पढौ