गण्डकी

पोखराका ६० वर्षिय संक्रमित पुरुषको मृत्यु

कार्तिक १६ पोखरा । कोभिड १९ बाट पोखरा–१७ एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत उनको आइतबार बिहान ११ : ५५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिएका छन् । गत कार्तिक ११ गते कोभिड–१९ को संक्रमण पुष्टि भई उपचार केन्द्रको आइसियूमा भर्ना भएका पोखरा–१७ का ६० वर्षिय ति पुरुषमा कोभिड–१९ सहित निमोनिया, मधुमेह लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।… पुरा पढौ

कास्कीका ५६ सहित ६४ जनामा कोरोना पुष्टि

कार्तिक १६ पोखरा । गण्डकी प्रदेशमा कास्कीका ५६ जना सहित ६ जिल्लाका ६४ जना नयाँ कारोना संक्रमित थपिएका छन् । लाइफ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा गरिएको नमुना परिक्षणमा कास्की, बाग्लुङ, म्याग्दी, स्याङ्जा र पर्वतका गरि ६४ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । कास्कीमा थपिएका सबै ५६ जना संक्रमित पोखरा महानगरका हुन् । यस्तै तनहुँको शुक्लागण्डकी, ब्यास र पालीका नखुलेका एक सहित ४ जना, बाग्लुङको बाग्लुङ नगरपालिकाका, पर्वतको कुश्मा , स्याङ्जा र म्याग्दीका एक–एक जनामा कोरोना संक्रमण… पुरा पढौ

पूर्वाधार विकासको २५ प्रतिशत बजेट कृषि, पशुपालन र पर्यटनमा

गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको २५ प्रतिशत बजेट अनिवार्यरूपमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । गत वर्षदेखि प्रदेशसभा सदस्यले छनोट गर्ने गरी प्रत्येक निर्वाचन क्षेत्रमा रु दुई करोडका दरले बजेट व्यवस्था गरी निर्वाचन क्षेत्र विकास कार्यक्रम शुरु गरिएको थियो । चालु आवमा तीे कार्यक्रमका योजना छनोट गर्दा कृषि, पशुपालन र पर्यटनमा २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरी कार्यविधि संशोधन गरिएको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । उनका अनुसार कोभिड–१९ को… पुरा पढौ

सुनसान पोखराको तालवाराही मन्दिर र ताल किनारका रित्तो डुंगाहरु (हेर्नुहोस, फोटो फिचर)

विश्वव्यापी रुपमा कोरोना भाइरसको महाव्याधी छाएपछि नेपालको पर्यटकीय नगरी फेवातालमा अवस्थित शक्तिपीठ तालवाराही मन्दिर नेपाल सरकारले गरेको लकडाउनसँगै सुनसान बनेको छ । दशैंको घटस्थापनादेखि विशेष चहल–पहल र भिडभाड सहितको बजार नै लाग्ने तालवाराही यस वर्षको कोजाग्रत पूर्णिमामा पनि सुनसान नै बन्यो। वाराहीघाटबाट डुंगामा सयर गर्दै मन्दिरको नजिक पुगेका दर्शनार्थी, भक्तजन र पर्यटकहरुले मन्दिर वरैबाट दर्शन र अवलोकन गरेर पुनः वाराहीघाटमै फर्कने गरेका छन् । साथै, फेवातालको ८ वटा घाटबाट चल्ने अधिकांश रित्तो डुंगाहरु तालको किनारा लागेर बसेका छन् । गत… पुरा पढौ

के कोराना संक्रमण नियन्त्रण बाहिर गएकै हो त ? कहाॅं चुक्यो त सरकार ?

के कोराना संक्रमण नियन्त्रण बाहिर गएकै हो त ? कहाॅं चुक्यो त सरकार ? अब बच्न के गर्ने? छाति रोग बिशेषज्ञ डा. सि.पि.आचार्यज्यूसॅंगको कुराकानी । पुरा पढौ

दुर्गमका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण

विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उज्यालो पालिका घोषणा गर्ने कार्यक्रमअनुसार केन्द्रीय लाइन विस्तार र लघुजलविद्युत् परियोजना नभएका दुर्गम बस्तीका घरधुरीमा सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए । पचास वाट क्षमताको सोलार सेट वितरण गरिएको हो । वडा नं ६ मराङका २५ र वडा नं ४ मा पर्ने सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोष र छहरीका ९५… पुरा पढौ

कास्कीमा मात्रै एक सय भन्दा बढी कोरोना संक्रमित थपिए

कास्कीमा मात्रै आइतबार एक सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको छुट्टाछुट्टै पाँचवटा प्रेस विज्ञप्तिमार्फत कास्कीको एक सय एक जनामा कोरोना पुष्टि भएको जनाएको हो । स्वास्थ्य निर्देशनलायले आइतबार बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा ६ जना, सवा ७ बजेको विज्ञप्तिमा ३१ जना, साढे सात बजेको विज्ञप्तिमा २९ जना र पौने ८ बजेको विज्ञप्तिमा १४ जना र ८ बजेको विज्ञप्तिमा १ जनामा कोरोना पुष्टि भएको उल्लेख गरेको छ । पुरा पढौ

कोभिड–१९ का कारण कास्कीमा थप १ जनाको मृत्यु

कोभिड–१९ का कारण कास्की जिल्लामा थप एक जनाको मृत्यु भएको छ। कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं ३ का ४७ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको उपचार केन्द्रमा मृत्यु भएको अस्पतालका सहप्राध्यापक डा अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। कार्तिकको गत ४ गते उनमा कोभिड–१९ पुष्टि भएपछि उनलाई उपचार केन्द्रको आइसीयुमा भर्ना गरिएको थियो। उनमा कोभिड–१९ र निमोनिया लगायतको स्वास्थ्य समस्या रहेको विज्ञप्तिमा जनाइएको छ। प्रतिष्ठानको उपचार केन्द्रमा कोभिड–१९ कारण मृत्यु… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय ४ पुग्यो

गण्डकी प्रदेशमा ७ हजार ५ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान आठ बजे जारी गरेको विज्ञप्तिमा यस प्रदेशमा थप नयाँ २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । प्रदेशको नवपरासी (ब.सु.पू.) मा १५, कास्कीमा १, लमजुङमा १, गोरखामा ५, तनहुँमा ३ जनामा कोरोना पुष्टि भएको हो। यसअघि, स्वास्थ्य निर्देशनालयले विहान पौने आठ बजे जारी गरेको विज्ञप्तिमा प्रदेशमा ५२ जना कोरोना संक्रमित थपिएको जनाएको थियो । अघिल्लो विज्ञप्तिमा जनाइए अनुसार क्षयरोग उपचार… पुरा पढौ

कोरोनाका कारण गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु

कोरोनाका कारण गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले पछिल्लो समय जारी गरेको विज्ञप्तिमा जनाएअनुसार मृत्यु हुने दुबै जना नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुन् । मृत्यु हुनेमा कावासोती–६, का ६७ वर्षीय पुरुष र सोही जिल्लाको गैडाकोट–२ की ७७ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको पछिल्लो समयको अध्यावधिक सहितको विज्ञप्तिमा जनाइएको छ । निजहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानिमा घर–परिवारले नै दाहसंस्कार गरेको जानकारी स्वास्थ्य कार्यालय प्रमुखबाट जानकारी प्राप्त भएको छ। यससँगै गण्डकी प्रदेशमा… पुरा पढौ