गण्डकी

पोखरामा ७९सहित गण्डकीमा ९८ जना कोरोना संक्रमित थपिए

पोखरामा ७९ जनासहित गण्डकी प्रदेशमा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार गरिएको कोरोना परीक्षण पिसीआर टेस्टमा पोखरामा ७९ जना तथा नवलपुर, गोरखा र तनहुँमा १९ गरि कुल ९८ जना कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज दिउँसो १२ः१५ बजे सार्वजनिक गरेको विवरण अनुसार पोखरा १ मा… पुरा पढौ

अलपत्र किशोरीको उद्दार

म्याग्दीको धौवलागिरि गाउँपालिका–२ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्दार गरेर परिवारको जिम्मा लगाइएको छ । पाँच महिनादेखि सम्पर्कबिहीन मालिका गाउँपालिका–५ जुग्जाकी १४ वर्षीया जयन्ती गिरीलाई स्थानीय युवा क्लबले सोमबार लुलाङबाट उद्दार गरेर परिवारको जिम्मा लगाएका हुन् । गत असार महिनामा घरबाट निस्किएकी गिरी लुलाङमा अलपत्र अवस्थामा भएको सूचना पाएपछि देवीस्थान घरिथोकको सूर्यमुखी युवा क्लब र धवलागिरि गाउँपालिका–७ काफलडाँडाको देवीदेउराली युवा क्लबको टोलीले उद्दार गरेको हो । आमाको मृत्यु भएपछि परिवारमा बस्ने र पढ्ने वातावरण नभएका कारण विरक्तिएर घरबाट निस्किएकी… पुरा पढौ

हिमालको दृश्य

बागलुङ बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पुलको बीचबाट बुधबार बिहान देखिएको धौलागिरी हिमाल र कालीगण्डकीको मनोरम दृश्य । तस्बिर ः जमुनावर्षा शर्मा ÷रासस पुरा पढौ

खड्गभवानी कोतमा मौलो पूजासहित सामूहिक टीका

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै सामूहिकरुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ । घटस्थापनादेखि वडादशैँको दिनसम्म दुर्गा भवानीको पूजा अर्चना गरी कोत परिसरमा रहेको शक्तिको प्रतिक मौलोमा दही र अक्षता चढाइँ, समृद्धि र सहकालको कामना गर्दै प्रसादस्वरुप टीका ग्रहण गरिएको हो । मौलोमा कोट पूजा तथा बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापा, स्थानीय ज्येष्ठ नागरिक, स्थानीयवासी, पुजारी, उपासु तथा सर्वसाधारणले दही र अक्षता चढाउँदै सहकाल र समृद्धिको… पुरा पढौ

वडा भवन निर्माणमा तीव्रता

जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषबाट कास्कीका तीन गाउँपालिकाका १५ वटा वडा कार्यालय भवन धमाधम निर्माण भइरहेका छन् । समन्वय समिति र गाउँपालिकाकाको लागत साझेदारीमा मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा वडाका भवन केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणाधीन रहेको जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन नभएको ठाउँमा वडा भवन हाम्रो पहिलो प्राथमिकता हो । जिल्ला समन्वय समितिको मौज्दात कोषको रकमबाट गाउँपालिकासँग लागत साझेदारी गरेर जिल्लाभर १५ वटा वडा कार्यालयहरु निर्माण हुँदै गर्दा… पुरा पढौ

रेडक्रस कास्कीका महामन्त्री अधिकारीलाई कोरोना संक्रमण

नेपाल रेडक्रस सोसाईटी कास्कीका महामन्त्री धर्मराज अधिकारीलाई कोरोना संक्रमण भएको छ । पुराना यातायात व्यवसायीसमेत रहेका रेडक्रस कास्कीका महामन्त्री अधिकारीले आफूलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको एभरेस्ट आवाजलाई जानकारी दिए । ‘रेडक्रसका कर्मचारी तथा चालकहरुलाई कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसीआर टेस्टका लागि स्वाब दिएको थिएँ, मेरोपनि पोजटिभ देखियो’–उनले भने । अधिकारीले आफूलाई कुनैपनि लक्षण नरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । अहिले आफू होम आइसोलेसनमा रहेको भन्दै उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई शतर्कता अप्नाउन आग्र गरेका छन्… पुरा पढौ

दुई जिल्ला जोड्ने पुल

तनहुँको बन्दिपुर गाउँपालिकाको बिमलनगर र गोरखाको च्याङ्ली जोड्ने मस्र्याङ्दी नदी माथि निर्माण गरिएको पक्की मोटरेवल पुल । उक्त पुल निर्माण पश्चात सवारीसाधन आवतजावतमा सहज भएको छ । तस्वीर ः सानेबहादुर नेपाली, रासस पुरा पढौ

घाइतेको उपचारमा जुट्यो रु ३ लाख

रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३ पीप्लेका एक युवकको उपचारमा करीब रु तीन लाख सहयोग जुटेको छ । यही कात्तिक ५ गते रुखबाट खसेका २२ वर्षीय अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको र उपचारमा ठूलो खर्च लाग्ने भएपछि अर्थ संकलन अभियान शुरु गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी पीप्ले उपशाखा र सिवाइजी क्लबको अगुवाइमा सञ्चालन भएको सहयोग संकलन अभियानअन्तर्गत मंगलवारसम्म प्राप्त रु… पुरा पढौ

क्षेत्री समाजका अध्यक्ष प्रा.डा.क्षेत्रीलाई कोरोना

क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.दीलबहादुर क्षेत्री कोरोना संक्रमित भएका छन् । उनलाई कोरोना संक्रमण पुष्टी भएको क्षेत्री समाज नेपालका महासचिव केशबहादुर केसीले जानकारी दिएका हुन् । ईतिहासकारसमेत रहेका अध्यक्ष प्रा.डा.क्षेत्री हाल होम आइसोलसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको क्षेत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख कृष्ण थापाले जानकारी दिए । उनले अध्यक्ष प्रा.डा.क्षेत्रीसँग केहि दिन यता सम्पर्कमा रहेकाहरुलाई विशेष सतर्कता अप्नाउनसमेत आग्रह गरे । पुरा पढौ

दशैंपछि नेपालमा संक्रमण बढ्छ ? के भन्छन् विज्ञ ?

नेपालीको महान चाड बडादशैं सम्पन्न हुने क्रममा रहेको छ । दशैंमा सबैभन्दा धेरी आवतजावत र घुलमिल हुनु स्वाभाविक हो । योबेला धेरैले विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)को संक्रमण बढ्ने अनुमान गरेका थिए । तर यहिबेला अस्पतालहरुले कोरोना जाँच गर्ने पिसीआर परिक्षण घटायो । जसका कारण संक्रमण बढेको देखिएन, बरु घटेको देखियो । परिक्षणको दायरा नै घटेपछि संक्रमितको संख्या घट्नु स्वाभाविक नै हो । तर अब बुधबारदेखि पुनः अस्पतालका ल्यावहरुले परिक्षणको दायरा बढाउँदैछन् । जसका कारण संक्रमितको संख्या बढ्नसक्ने… पुरा पढौ