गण्डकी

रिभानमा परिवार नियोजनको अभिमुखिकरण

नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका सेवा बारे अभिमुखिकरण कार्यक्रम गरेको छ । कास्कीको माछापूच्छ्रे गाउँपालिका वडा नं ५ रिभानस्थित रिभान स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंमसेविका र आमा समूहका अगुवाको सहभागिता रहेको थियो । कार्यक्रम शुभारम्भ गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले महिला र किशोरकिशोरीका लागि यौंन तथा प्रजनन् स्वास्थ्य शिक्षा अति आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टार्फ… पुरा पढौ

लामाचौरमा जिसिईएस आई टि एक्स्पो सुरु, सुचना र प्रविधिका ११ स्टल

शिशिर उजाडपोखरा ११ औ संस्करणको जिसिईएस आई टि एक्स्पो पोखराको लामाचौरमा सुरु भएको छ । गण्डकी कलेज अफ इन्जिनियरिङ्ग एन्ड साइन्सको आयोजनामा शुक्रबारसम्म संचालन हुने एक्स्पोको पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विष्णुप्रसाद तिवारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै तिवारीले सुचना र प्रविधिको विकाससँगसँगै यसको प्रयोगमा समेत नागरिक सचेत हुनुपर्नेमा जोड दिए । उनले यस्ता एक्स्पोले सुचना र प्रविधिको क्षेत्रमा विकसित पछिल्ला स्वरुपको जानकारी दिने बताउँदै, यसको अध्ययन र अवलोकन गर्न आवश्यक रहेको बताए । उपकुलपति पौडेलले गण्डकी कलेजका विद्यार्थी सुचना… पुरा पढौ

रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यको मतगणना जारी, १ हजार ३५२ जना मतदानमा अनुपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पहिलो चरणको मतदान सकिए पछि अहिले मतगणना सुरु भएको छ । गए राति १२ बजेदेखि सुरु भएको मतदान बिहीबार मध्याह्न साढे १२ बजे सकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। रास्वपा प्रवक्ता मनिष झाका अनुसार निर्वाचनमा २ हजार ९ सय ५९ मत खसेको छ।१ हजार ३५२ जना मतदानमा अनुपस्थित रहे । रास्वपा महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए। बिहीबार मध्याह्न रास्वपा सभापति रवि लामिछाने पनि मतदान गर्न पुगेका थिए। उनले अन्तिम समयमा मतदान गरेका थिए। मतदान… पुरा पढौ

उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन

उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बिओपी को संयुक्त टोलीले नेपाल–चीन सीमा स्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ । चुमनुब्री गाउँपालिका–१ साम्दोमा रहेको बिओपीका सशस्त्र प्रहरी, प्रहरी चौकी सामागाउँका नेपाल प्रहरी, जनप्रतिनिधि र अन्य स्थानीयवासीको संयुक्त टोलीले बुधबार रुइला नाका र त्यहाँ रहेको ३५ नम्बर सीमा स्तम्भ क्षेत्रको अवलोकन हो । प्रहरी निरीक्षक आकाश सूचीकारको नेतृत्वमा सामागाउँ प्रहरी चौकीका प्रहरी, वडा सदस्य पासाङ लामा, साम्दो, सामागाउँ र स्याला गाउँका स्थानीयवासीको टोलीले त्यस क्षेत्रको अनुगमन… पुरा पढौ

ओलम्पिक दिवसमा भूतपूर्व खेलाडी मञ्चलाई प्रतिष्ठित एनओसी प्रेजिडेन्सियल सम्मान

पोखरा, असार १० – अन्तर्राष्ट्रिय ओलम्पिक दिवस–२०२६ को अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले प्रदान गर्ने प्रतिष्ठित ‘एनओसी प्रेजिडेन्सियल अवार्ड’बाट नेपाल भूतपूर्व खेलाडी मञ्च सम्मानित भएको छ।नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले विगत २५ वर्षदेखि पोखरालाई केन्द्र बनाएर खेल संस्कृतिको विकास, ओलम्पिक अभियानको प्रवर्द्धन तथा विभिन्न खेलकुद गतिविधिको विस्तारमा निरन्तर योगदान पुर्‍याउँदै आएकाले कमिटीले उक्त सम्मान प्रदान गरेको हो।नेपाल ओलम्पिक कमिटीको चौथो अवार्ड समारोहअन्तर्गत काठमाडौंमा आयोजित विशेष कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले मञ्चलाई सम्मान प्रदान गरेका थिए।मञ्चका… पुरा पढौ

पोखरा महोत्सव पोखरा ३० देउरालीखोला किनारमा : तयारी अन्तिम चरणमा

सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषदले हरेक वर्ष आयोजना गर्दै आएको असारे रोपाईं महोत्सवको २१ औं संस्करण यहि असार १४ गते हुने भएको हो । पोखरा–३० देउराली खोला किनारमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक पोखरा पर्यटन परिषदले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित हुने महोत्सव यसअघिका वर्षहरुमा राष्ट्रिय धान दिवसको अवसर पारेर असार १५ गते आयोजना गरिने गरिएको थियो… पुरा पढौ

रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि ३ सय ८४ जना, गण्डकीबाट मात्रै ४७ जना आकांक्षी

रास्वपाको केन्द्रीय सदस्य पदमा ३८४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पार्टी निर्वाचन आयोगले बुधबार दिउँसो सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सूचीमा ३८४ जनाको उम्मेदवारी परेको उल्लेख छ । जसमा गण्डकी प्रदेशकाट मात्रै ४७ जनाको उमेद्वारी परेको छ । प्रदेश भुगोल तर्फ ४ महिलासहित २७ जना र खुल्ला तर्फ २० जनाले उमेद्वारी दिएका हुन् । यी उम्मेदवारबाट रास्वपाको केन्द्रीय समितिमा ९९ जना निर्वाचित हुन्छन् । उम्मेदवार धेरै भएपछि निर्वाचनबाट ९९ जना छान्ने रास्वपाको तयारी छ । पुरा पढौ

करिब ११ लाख विदेशी पर्यटकले घुमे संरक्षित क्षेत्र

कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा बाहिरिएको छ । नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन् ।आर्थिक वर्ष २०८१÷८२ मा स्वदेशी र विदेशी गरी कुल १० लाख ९७ हजार ८३६ जना पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलले सार्क मुलुक र अन्य विदेशीको सङ्ख्या पाँच लाख ११ हजार ७६२ र नेपाली पाँच लाख ८६… पुरा पढौ

२१ औं संस्करणको रोपाइँ महोत्सव, असार १४ मा शिशुवामा गरिने

२१ औं संस्करणको असारे रोपाइँ महोत्सव लेखनाथको शिशुवामा हुने भएको छ । पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा पर्यटन परिषद्ले यस बर्षको महोत्सव शिशुवामा आयोजना गर्न लागेको हो । परिषद्ले बुधबार शिशुवामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको छ । ‘पोखरा सबै मौसमका लागि‘ भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको महोत्सव यस वर्ष पोखरा महानगरपालिका–३० स्थित लेखनाथ शिशुवा देउराली खोलाछेउमा आयोजना गर्न लागिएको अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । असार… पुरा पढौ

फेवातालमा बेपत्ता भएका युवकको शव फेला

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । पोखरा महानगरपालिका वडा नं. १५ रामबजार बस्ने १९ वर्षका अमर थापाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार राति फेला पारेको हो । उनी साँझ ७ बजेतिर पोखरा ६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेका थिए । घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण हेड क्वाटरबाट गोताखोर सहितको टोली परिचालन भएको थियो । । टोलीले तालमा खोजी गर्ने क्रममा करिब २५ फिट… पुरा पढौ