गण्डकी

बागलुङ र गुल्मी जोड्न मोटर गुड्ने पुल बनेपछि स्थानीयलाई सहज

ढोरपाटन । दरमखोलामा दुई जिल्ला जोड्ने मोटरेबल पुल निर्माण गरिएको छ । बागलुङको गलकोट नगरपालिका–११ तल्लो रिघा र गुल्मीको मुसिकोट नगरपालिका–९ जौँ खेत जोड्ने गरी मोटर चल्ने पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । तम्घास–सिमलटारी सडक आयोजना कार्यालय गुल्मीमार्फत निर्माण भएको उक्त पुलले स्थानीयको दैनिकी नै बदलिदिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको रु सात करोडमा उक्त पुल निर्माण गरिएको हो । विसं २०७४ असोज २९ मा सम्झौता भएर काम सुरु भए पनि गत वर्ष फागुनमा सकिएको इञ्जिनियर… पुरा पढौ

जलवायु परिवर्तनको असरः हिउँ रहे पो हिमालचुली !

गण्डकी । “जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो”, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भने, “पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।” ३२ सय १० मिटर उचाइको पुनहिल केही वर्षअघिसम्म हिउँले छपक्कै ढाकिने गरेको उनले सुनाए । पुनहिलबाट आँखैअघि देखिने हिउँचुचुरा पनि पहिले झैँ सेताम्मे देखिन छाडेको पुनको भनाइ छ । “हिउँदमा हल्काफुल्का हिउँले ढाकेपनि वर्षात्मा त हिमाल पनि फुस्रा र काला देखिन्छन्”, ७० वर्षीय उनले भने, “हामीले हेर्दाहेर्दै हिमालबाट हिउँ घटिरहेको छ, यसरी हिउँ निथ्रिदै गए हिमाल… पुरा पढौ

तनहुँको भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

दमौली । तनहुँको भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । बढ्दो जनसङ्ख्या र सेवाग्राहीलाई सहजरुपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो । रास्वपा तनहुँ क्षेत्र नं २ ले आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै भिमादमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेको हो । जिल्ला प्रशासन कार्यालय तनहुँ सदरमुकाममा हुँदा सदरमुकामबाट टाढा रहेका दक्षिण पश्चिम भेगका सर्वसाधारणलाई सेवा… पुरा पढौ

कालिका गण स्थापना दिवसको उपलक्ष्यमा सशस्त्र प्रहरीद्बारा रक्तदान

पोखरा । सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ । गणले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम गरेको हो । २०६६ चैत्र १९ गते पोखराको मालेपाटनमा स्थापना भएको सशस्त्र प्रहरी बलको कालिका गणले १९ औँ स्थापना दिवसको उपलक्ष्यमा एकल तथा अन्य संघसंस्थाहरु संग जोडिएर खेलकुद, विपद् सम्बन्धी सचेतना तथा डेमोस्ट्रेसन, मठमन्दिर सरसफाई, वृक्षारोपण र रक्तदान गरी सप्ताहब्यापी विभिन्न कार्यक्रम संचालन गरेको थियो। कालिका गणलाई गण्डकी प्रदेशमा विपद् उद्घारकहरुको… पुरा पढौ

शुरु भयो ट्रान्स हिमालय एड्भेन्चर,मुस्ताङका लागि प्रस्थान गरे बाइकर

काठमाडौं – मुस्ताङ सम्म पुग्नका लागि काठमाडौबाट बाइकरको ट्रान्स हिमालय एड्भेन्चर टोली प्रस्थान गरेको छ ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङद्वारा शुभारम्भ गरिएको बाइकरहरुको ¥याली सातदोबाटोस्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो । सो ¥याली आज पोखराको सराङकोट पुग्ने छ भने त्यसपछि कालोपानी, लेते हुँदै मुक्तिनाथ पुग्ने छ । त्यसैगरी फर्किदा जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुनेछ । पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ । र्यालीलाई पोखरामा आज प्रदेश सभा सदस्य प्रकाश बराल, नासा… पुरा पढौ

‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’मा हाल सम्मै सर्वाधिक पुरस्कार राशी घोषणा

पोखरामा हुने ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’मा हाल सम्मै सर्वाधिक पुरस्कार राशी घोषणा गरिएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा चैत्र २१ गतेबाट २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा कुल १४ वटा इभेन्टमा ब्वाईजतर्फ ४० र गर्ल्सतर्फ ३० गरी कुल ७० जना खेलाडीहरुले प्रतिस्पर्धा जनाउने प्रतियोगिताकी टुर्नामेन्ट डाइरेक्टर प्रिती बरालले जानकारी दिएका छन् । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज… पुरा पढौ

लायन्स सेन्ट्रल गार्डनद्वारा विद्यार्थीलाई सहायता सामग्री हस्तान्तरण

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।क्लबको वार्षिक कार्ययोजनानुसार स्याङ्जाको भाटखोलामा रहेको श्री शारदा रमणीय डाँडा आधारभूत विद्यालयलाई उक्त सहायता सामग्री हस्तान्तरण गरेको हो । क्लबका संस्थापक अध्यक्ष हरि भाटसहितका पदाधिकारीले विद्यालयका प्रधानाध्यापक दीपक रानाभाटलाई विद्यालय पोशाक, स्टेशनरी, पुस्तकलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि क्या. हुमबहादुर रानाभाटले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा अभिभावक सचेत हुनुपर्नेमा धारणा राखे । रानाभाट, भाट समाज जिल्ला समिति स्याङ्जाका अध्यक्ष लालबहादुर रानाभाटले सामुदायिक विद्यालयका… पुरा पढौ

सहकारी दिवसमा बाटुलेचौरको कालिका मन्दिर परिसरमा सरसफाई

पोखरा । पोखराको बाटुलेचौरमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल कालिका मन्दिर परिसरमा सरसफाई गरिएको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा श्री गाउँ विकास समाज सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा मन्दिर परिसरमा रहेको फोहर संकलन गरी व्यवस्थापन गरिएको छ । कुहिने र नकुहिने फोहरलाई वर्गिकरण गरी व्यवस्थापन गरिएको हिमालय क्लवका पुर्व अध्यक्ष मोहन वहादुर थापाले जानकारी दिए । सहभागीले जथाभावि फोहर नफाल्न र धार्मिक क्षेत्रलाई शोभायमान वनाउन आग्रह गरेका थिए । यस अघि सहकारी संस्थाका अध्यक्ष कर्ण वहादुर खड्कालाई… पुरा पढौ

म्याग्दीका वनमा डढेलो : जैविक र पर्यावरणीय क्षति बढ्दै

गलेश्वर । चैत लागेयता म्याग्दीका ७० भन्दाबढी सामुदायिक वनमा आगलागी भएपछि हराभरा वनजङ्गल उजाड भएका छन् । जङ्गलमा आगलागी भएपछि जैविक तथा पर्यावरणीय क्षति भएको छ । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मन, धारा र छिस्वाङ सामुदायिक वन तथा मालिका गाउँपालिका–६ को दुखु खोवाङ सामुदायिक वनमा आइतबार साँझदेखि लागेको डढेलो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । चैत पहिलो सातादेखि जङ्गलमा भएको आगलागीबाट पाखामा देखिने वसन्तको रमणीय दृश्य अहिले त्रासलाग्दो बनेको छ । वनजङ्गलको स्वरुप देख्दा निराशा मात्र पैदा हुन… पुरा पढौ

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल

पर्वत । पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छिन् । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन् । उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराईसकेकी छिन्। बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेकी छिन् । भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसइई परीक्षामा… पुरा पढौ