गण्डकी

ज्ञानज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

पोखरा महानगरपालिका वडा नं ३२ मा रहेको ज्ञानज्योति विद्याकुञ्ज माविले एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मानसहित वधाई ज्ञापन गरेको छ । माध्यमिक शिक्षा परीक्षामा उक्त विद्यालयबाट एसइईमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । विद्यालयले एक कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिका वडा नं ३२ की वडा सदस्य शोभा विक, विद्यालयका प्रिन्सिपल अर्जुनप्रसाद अधिकारीले विद्यार्थीलाई बधाई तथा खादा, अविर र मायाको चिनोले सम्मान गरे । उक्त अवसरमा अभिभावक तथा शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूको मेहनत, लगनशीलता र उत्कृष्ट… पुरा पढौ

जेष्ठ नागरिक पोखरा १९ मा माधव, ३८ जना सम्मानित

जेष्ठ नागरिक सरोकार समाज, पोखरा–१९ को अध्यक्षमा माधव प्रसाद पौडेल चयन भएका छन् । समाजको शनिबार सम्पन्न छैटौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा तिलकुमारी कार्की ,सचिवमा ढाकामोहन पौडेल ,कोषाध्यक्षमा हरी गौतम र सदस्यहरुमा धरेन्द्र नारायण पौडेल ,मित्रलाल बास्तोला ,पोषराज पौडेल ,मैया पौडेल ,प्रेम प्रसाद तिवारी ,नबिना गौतम ,कमल आचार्य र रुपा केसी रहेका छन् । समितिमा जनजाती र दलित तर्फका २ जना सदस्य मनोनित हुन बाँकी रहेको जनाईएको छ… पुरा पढौ

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ(१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट ९भेप० बराबद गरेको छ । कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाईछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट भेप फेला परेको हो । कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू शनिबार साँझसम्म कोरलानाकामा रोकिएका थिए । शनिबार सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका… पुरा पढौ

युआरएल ग्रुपको अध्यक्षमा ठाकुर चयन

पोखरा, २ वैशाखतेह्र वर्षअघि पोखराको न्युरोडमा स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) युआरएल ग्रुपमा रुपान्तरण भएको छ । युआरएलको शुक्रबार भएको विशेष साधारणसभा तथा अधिवेशनले यसका २१ शाखालाई युआरएल ग्रुपमा रुपान्तरण गर्दै नयाँ नेतृत्वसमेत चुनेको हो ।अधिवेशनले ठाकुरप्रसाद पन्थको अध्यक्षतामा सात सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । ग्रुपको सचिव एवम् प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइराला र बोर्ड डाइरेक्टरहरुमा बालकृष्ण शर्मा, गीता कार्की पन्थ, डा कृष्णराज अधिकारी, डा वसन्त पगेनी र पुष्पराज कोइराला छन् ।साधारणसभाले संस्था सञ्चालनको नयाँ कार्यविधि पारित… पुरा पढौ

४ जिपिए ल्याएका विद्यार्थीलाई ३५ हजारसहित पोखरा पब्लिकको सम्मान

पोखरा पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । शनिबार विद्यालयमा आयोजित कार्यक्रममा एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान र बधाई दिँदै पुरस्कृतसमेत गरिएको हो । ४ जिपिए ल्याएका दुई विद्यार्थी रोनिश खत्री र सक्षम पौडेललाई जनही ३५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।विद्यालयले दुवै विद्यार्थीको उपलब्धिले विद्यालयसँगै समग्र पोखराकै शैक्षिक प्रतिष्ठा उँचो बनाएको भन्दै पुरस्कृत गरेको हो । उत्तीर्ण सबै विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो… पुरा पढौ

पोखराको नारायणस्थान मन्दिरमा पुरुषोत्तम मास व्रत अनुष्ठान हुने

पोखरा महानगरपालिका–३ नदीपुरस्थित लक्ष्मीनारायण मन्दिरमा पुरुषोत्तम मास व्रत अनुष्ठान आयोजना हुने भएको छ। नारायणस्थान धार्मिक क्षेत्र विकास समिति तथा हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रको आयोजनामा जेठ ३ गतेदेखि ३१ गतेसम्म विशेष धार्मिक कार्यक्रम सञ्चालन गरिने जनाइएको हो।आयोजकले पुरुषोत्तम मासलाई हिन्दु धर्ममा विशेष पुण्यदायी महिनाका रूपमा लिइने भएकाले विभिन्न धार्मिक अनुष्ठान आयोजना गरिएको जनाएको छ। कार्यक्रममा भगवान पुरुषोत्तमको पूजा–आराधना, रामचरितमानस पाठ, श्रीमद् रामायण मास पारायण, शालिग्राम अभिषेक अर्चन तथा पुरुषोत्तम मास महात्म्य कथा हुने जनाइएको छ।हरेक दिन बिहान ६ बजेदेखि… पुरा पढौ

पोखरामा बजाज चेतक ईभीको नयाँ एक्सपेरियन्स जोन सञ्चालन

पोखरा, जेठ २ पोखरामा बजाज चेतक ईभीले आफ्नो सेवा विस्तार गर्दै नयाँ ‘चेतक एक्सपेरियन्स जोन’ सञ्चालनमा ल्याएको छ। नयाँबजारस्थित उक्त शोरुम वैशाख ३१ गतेदेखि सञ्चालनमा आएको हो।नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढिरहेका बेला सञ्चालनमा ल्याइएको यो केन्द्र राजधानीबाहिर प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव दिलाउने उद्देश्यसहित स्थापना गरिएको कम्पनीले जनाएको छ। उद्घाटन कार्यक्रममा गोल्छा समूहका प्रतिनिधि तथा नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारीको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।कम्पनीका अनुसार आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर… पुरा पढौ

मदन आश्रित स्मृति पार्कमा सरसफाई, आइतबार विचार गोष्ठी

३३ औं मदन आश्रित स्मृति दिवसको अवसर पारेर पोखरा १६ खोलाखेतमा सरसफाई गरिएको छ । नेकपा एमाले पोखरा महानगर कमिटीको आयोजनामा त्यहाँ रहेको मदन आश्रित स्मृति पार्कमा सरसफाईसहित श्रद्धाञ्जली सभा गरिएको वडा कमिटी पोखरा १६ का अध्यक्ष यमनकाजी गुरुङले जानकारी दिए । कार्यक्रममा बोल्दै एमाले सचिव खगराज अधिकारीले एमालेको मुल दर्शन भनेकै जनताको बहुदलिय जनवाद रहेको स्पष्ट पारे । जननेता मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तले नै देश अगाडी बढ्न सक्ने बताउँदै, देशको समृद्धीको आकांक्षा एमाले बाहेक अन्यमा नरहेको बताए ।… पुरा पढौ

कास्की प्रहरीको सफलता : एकैदिन २७ फरार प्रतिवादी पक्राउ

सन्देश श्रेष्ठपोखरा, जेठ २ कास्की प्रहरीले एकपछि अर्को सफलता हासिल गर्न थालेको छ । पोखराका हरेक वडामा स्वीप अप्रेसन चलाएर एकैदिन ठूलो मात्रामा टोले गुण्डाहरु समात्नेदेखि लागूऔषध कारोबार र प्रयोगकर्ता पक्राउ गरेर सफलता हासिल गरेको कास्की प्रहरीले पछिल्लो पटक एकै दिन २७ फरार प्रतिवादी पक्राउ गरेर अर्को सफलता हासिल गरेको छ । कास्की प्रहरीको सकृयतामा अदालतबाट विभिन्न कसुर सजाय पाएका २० जना पुरुष र ७ महिलालाई एकैदिन पक्राउ गरिएको हो । कास्की प्रहरीले पछिल्लो पटक चेक अनादर कसूरमा सजाय पाएका… पुरा पढौ

विन्ध्येश्वरी आदर्शले गर्यो, नवआगन्तुक शिक्षक, कर्मचारी र विद्यार्थीलाई स्वागत

पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलले नव आगन्तुक विद्यार्थीसहित शिक्षक, कर्मचारीलाई स्वागत गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०८३ मा भर्ना भएका नयाँ विद्यार्थीलाई खादा र पुष्पगुच्छासहित स्वागत गरिएको विद्यालय संयोजक माया क्षेत्रीले जानकारी दिईन् । सो अवसरमा नवनियुक्त शिक्षक तथा कर्मचारीहरूलाई पनि स्वागत गरिएको थियो । नव आगन्तुकलाई स्वागत गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले गुणस्तरीय शिक्षा र अनुशासन नै विद्यालयको मुल मर्म रहेको बताउँदै,अनुशासन, मेहनत र इमान्दारका साथ अध्ययन अध्यापन गर्न सके जीवनको लक्ष्यमा पुग्न… पुरा पढौ