गण्डकी

कास्की प्रहरीको सफलता : एकैदिन २७ फरार प्रतिवादी पक्राउ

सन्देश श्रेष्ठपोखरा, जेठ २ कास्की प्रहरीले एकपछि अर्को सफलता हासिल गर्न थालेको छ । पोखराका हरेक वडामा स्वीप अप्रेसन चलाएर एकैदिन ठूलो मात्रामा टोले गुण्डाहरु समात्नेदेखि लागूऔषध कारोबार र प्रयोगकर्ता पक्राउ गरेर सफलता हासिल गरेको कास्की प्रहरीले पछिल्लो पटक एकै दिन २७ फरार प्रतिवादी पक्राउ गरेर अर्को सफलता हासिल गरेको छ । कास्की प्रहरीको सकृयतामा अदालतबाट विभिन्न कसुर सजाय पाएका २० जना पुरुष र ७ महिलालाई एकैदिन पक्राउ गरिएको हो । कास्की प्रहरीले पछिल्लो पटक चेक अनादर कसूरमा सजाय पाएका… पुरा पढौ

विन्ध्येश्वरी आदर्शले गर्यो, नवआगन्तुक शिक्षक, कर्मचारी र विद्यार्थीलाई स्वागत

पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलले नव आगन्तुक विद्यार्थीसहित शिक्षक, कर्मचारीलाई स्वागत गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०८३ मा भर्ना भएका नयाँ विद्यार्थीलाई खादा र पुष्पगुच्छासहित स्वागत गरिएको विद्यालय संयोजक माया क्षेत्रीले जानकारी दिईन् । सो अवसरमा नवनियुक्त शिक्षक तथा कर्मचारीहरूलाई पनि स्वागत गरिएको थियो । नव आगन्तुकलाई स्वागत गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले गुणस्तरीय शिक्षा र अनुशासन नै विद्यालयको मुल मर्म रहेको बताउँदै,अनुशासन, मेहनत र इमान्दारका साथ अध्ययन अध्यापन गर्न सके जीवनको लक्ष्यमा पुग्न… पुरा पढौ

मादी नदीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको हो ।उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताए । उनका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ह्वीलचियर हस्तान्तरण

सामाजिक संस्था हेड्स नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागलाई पाँच थान ह्वीलचेयर हस्तान्तरण गरेको छ । संस्थाको ३३ औ स्थापना दिवसको अवसरमा मानवीय सहायता स्वरुप सो सामाग्री प्रदान गरेको हो । अस्पताल परिसरमा आयोजित कार्यक्रममा हेड्स नेपाल कास्कीका अध्यक्ष हरि वहादुर भट्टराईले अस्पतालका इमर्जेन्सी विभाग तथा जनरत ओपिडी प्रमुख प्रा.डा. नारायण सिंह गुरुङलाई ह्वीलचियर हस्तान्तरण गरे । आकस्मिक उपचारमाका लागि आउने विरामी, जेष्ठ नागरिक तथा अशक्त सेवाग्राहीलाई सहज सेवा उपलव्ध गराउने उदेश्यले ह्वीलचियर सहयोग गरिएको अध्यक्ष भट्टराईको भनाई छ… पुरा पढौ

पोखरा १९ मा मानव बेचविखन विरुद्ध स्थानीय समिति गठन

मानव बेचविखन तथा ओसारपसार विरुद्ध पोखराको १९ नम्वर वडामा स्थानीय समिति गठन भएको छ । बाल तथा महिला ससक्तिकरण समाज नेपाल, कास्कीले आयोजना गरेको भेलाले वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको संयोजकत्वमा १३ सदस्यीय स्थानीय समिति गठन गरेको छ । समितिको सदस्यमा महिला जनप्रतिनिधि कल्पना सुनार, महिला सञ्जालकी तिलकुमारी कार्की, निगरानी समुहकी शान्ति बास्तोला,बाल अधिकार समितिकी शर्मिला पोखरेल,बाल मञ्चका निश्चल अधिकारी,लामाचौर सिआरभि प्रमुख विष्णुबहादुर पल्ली मगर, महिला स्वास्थ्य सेविका देवु आचार्य, नागरिक मञ्चका दयाराम गौतम र स्वतन्त्र पत्रकार संघ कास्कीका उपाध्यक्ष शिशिर पौडेल… पुरा पढौ

गण्डकीको बेरुजु ५४ करोड ३ लाख

पोखरा, जेठ २ आर्थिक वर्ष २०८१/८२ मा गण्डकीमा ५४ करोड ३ लाख रुपैयाँ बेरुजु भएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार यस वर्ष गण्डकीका १ सय ८० कार्यालयको ४१ अर्ब ४५ करोड बराबर लेखा परीक्षण गर्दा सो बेरुजु देखिएको हो । यो कुल बजेटको १.३० प्रतिशत बेरुजु हो । ७ प्रदेशमध्ये सबैभन्दा धेरै बेरुजु मधेसमा भएको छ । मधेस प्रदेशको बेरुजु प्रतिशत ३.७७ छ । यस प्रदेशका १ सय ५० कार्यालयको ४९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको… पुरा पढौ

विन्ध्येश्वरी आदर्शमा निर्वाचनको झल्को, मतदानबाट छानिए छात्रछात्रा प्रमुख

संसदिय निर्वाचनको झल्को दिने गरी विद्यार्थीले मतदानबाटै विद्यालय छात्र छात्रा प्रमुख छनौट गरेका छन् । पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले मताधिकार प्रयोग गरी आफ्ना प्रमुख छानेका हुन् । सो निर्वाचनबाट कक्षा १० मा अध्ययनरत छात्रा मञ्जिसा भुजेल र कक्षा ९ मा अध्ययनरत छात्र सफल घर्ती मगर प्रमुख छात्र तथा छात्रामा निर्वाचित भएको सामाजिक शिक्षक तथा निर्वाचन आयुक्त विपीन गौतमले जानकारी दिए । पाँच जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको सो निर्वाचन कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए… पुरा पढौ

नयाँ भवनमा इतिहास झल्काउँदै कास्कीको रुपा गाउँपालिका

कास्की जिल्लाको पाँचवटा पालिकामध्ये क्षेत्रफलको हिसाबमा सबैभन्दा सानो गाउँपालिका रुपा हो । प्राकृतिक सौन्दर्यता र मौलिक पहिचानले समृद्ध रुपाले अहिले विकाससँगै इतिहास संरक्षणको नयाँ अभ्यास थालेको छ ।विगतमा स्थानीय तह पुनःसंरचनपछि साविक गाविसहरूको पहिचान हराउँदै गएको गुनासो बढिरहेको वर्तमान अवस्थामा गाउँपालिकाले पुराना नाम र इतिहासलाई जीवन्त राख्ने लक्ष्यका साथ नयाँ प्रशासनिक भवनका संरचनालाई साविक गाविसका नामबाट नामकरण गरेको हो । गाउँपालिकाको वडा नं ६ फालभञ्ज्याङमा निर्माण गरिएको आधुनिक एवं सुविधासम्पन्न प्रशासनिक भवनको पहिलो तलालाई सिद्ध, दोस्रो रुपा, तेस्रो देउराली, बैठक… पुरा पढौ

रात्रीकालिन व्यवसायको अनुगमन गर्न पोखराका पर्यटन सम्बद्ध संस्थाको माग

होटल संघ पोखरा नेपाल लगायत पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले रात्रीकालिन व्यवसायसँग सम्बन्धित ४२ बुँदे आचारसंहिता कार्यान्वयनका लागि अनुगमनलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा विगतमा बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्दै लेकसाइड, ड्यामसाइड लगायत पोखराको केही भागहरुलाई २४ सै घण्टा वा रातभरी व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो । उक्त सहमति अक्षरसः कार्यान्वयन नहुँदा हो–हल्ला, ध्वनी प्रदूषण र विकृति बढ्दा शान्ति सुरक्षामा नै असर परेकोले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी… पुरा पढौ

लेखनाथमा यातायात व्यवस्था कार्यालय स्थापना, पुवी कास्कीका सेवाग्राहीलाई सहजता

पोखरा महानगरपालिकाको लेखनाथमा यातायात व्यवस्था कार्यालयको स्थापना गरिएको छ । लेखनाथको पावरहाउसमा स्थापना गरिएको कार्यालयको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । उद्घाटन पछि आयोनित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले लेखनाथमा कार्यालय रहन्छ कि रहदैन भन्ने आशंका अन्त्य भएको बताए । उनले यहाँ स्थापना भएको सरकारी कार्यालय अब अन्यत्र नसारिने पनि स्पष्ट पारे । जनतालाई सहज रुपमा सरकारी सेवा उपलब्ध गराउने सरकारको दायित्व रहेको बताउँदै, उनले कार्यालय स्थापनासँगै नागरिकले भोग्नु परेको असुविधा पनि अन्त्य भएको बताए । मुख्यमन्त्री पाण्डेले यातायात… पुरा पढौ