गण्डकी

सरकार भूमाफियाको चंगुलमा ! फेवाताल सम्बन्धी सर्बोच्चको फैसला साढे २ वर्ष बित्दासमेत कार्यान्वयन भएन

सर्बोच्च अदालतले २०७५ साल बैशाख १६ गते फेवातालको विषयमा महत्वपूर्ण फैसला ग¥यो । उक्त फैसलामा विश्वप्रकाश लामिछाने नेतृत्वको फेवाताल अतिक्रमण सम्बन्धी जग्गा छानविन गर्न गठित समितिले २०६९ जेठ ३ गते बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न आदेश दिइएको छ । फैसला अनुसार कार्यान्वयन गर्ने हो भने २ वर्ष अघि नै फेवाताल संरक्षणको काम भईसक्नु पर्ने हो । तर फैसला कार्यान्वयन ६ महिनामा होईन साढे २ वर्ष बित्दासमेत सिन्कोसमेत भाँचिएको छैन । अहिले त झन् कोभिड–१९ देखाउने बहाना जो सरकारले पाएको छ ।… पुरा पढौ

नेपालको ऐतिहाँसिक गुजरावाद

यो आलेख नेपालीहरूको सामाजिक मानसिकता माथिको सतही अवलोकन हो । र मलाई के लाग्छ भने आम मान्छेलाई सतही कुरा मन पर्छ । सतही कुरा सुस्पष्ट हुन्छ । सतही ज्ञान, सतही संघर्ष, सतही सम्पन्नता, सतही सम्बन्ध जिन्दगीको तलाउमा उत्रने कला हो, गहिराई त जिन्दगीलाई डुबाउने उपाय सिवाय केही होइन । म कहिलेकाहिँ यसो विचार गर्छु ः नेपालको राष्ट्रिय मनोविज्ञानको स्टिमुली तन्तु के होला ? म मनोविज्ञानकै विद्यार्थी त होइन तैपनि किन हो मलाई आफू सम्मिलित यो देशको मनोविज्ञान नै कुनै न… पुरा पढौ

कास्की प्रशासनले भन्यो : घरमै बसेर दशैं मनाउनु, मठ मन्दिर नधाउनु

जिल्ला प्रशासन कार्यालय कास्कीले आफू जहाँ बसेको छ त्यहिं बसेर दशैं मनाउन कास्केली जनतालाई अपिल गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले एक सूचना जारी गरी विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को जोखिम कायम रहेको र बडादशैंको समयमा भीडभाड र चहलपहल बढ्दा संक्रमणको जोखिम थप बढ्ने भन्दै घरमै बसेर दशैं मनाउन अपिल गरेका हुन् । प्रशासनले जारी गरेको सूचनामा दशैंको अवसरमा शक्ति पीठहरु नखोल्न, नखोलाउन आग्रह गरिएको छ । कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले… पुरा पढौ

अत्यावश्यक पर्दा ३ घण्टामै पिसीआर रिपोर्ट दिने दाबी

पोखरामा नीजि क्षेत्रले सञ्चालन गरेको कोरोना परिक्षणको रिपोर्ट ३ घण्टामै आउने भएको छ । सरकारले कोभिड–१९ को परिक्षण गर्ने अनुमति दिएपनि पिसीआर जाँच गर्न शुरु भइनसकेको पोखरामा लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. (लाइफकेयर ल्याब)ले पिसीआर परिक्षण शुरु गर्दै त्यसको रिपोर्ट सामान्यतया २४ घण्टामा दिने भएपनि अत्यावश्यक परेको खण्डमा ३ घण्टामै दिने दाबी गरेको हो । पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रदेश स्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा मात्र पिसीआर जाँच हुँदै आएको थियो । पोखराको चरक हस्पिटलसहित विभिन्न अस्पतालले स्वाब संकलन गरेपनि पिसीआर जाँच… पुरा पढौ

काठमाडौं बेकरीले ल्यायो ‘प्रिमियम प्रोडक्ट’

पोखराको विशालबजारबाट व्यावसायिक यात्रा सुरु थालेको काठमाडौं फ्रेस बेकरीले प्रिमियम प्रोडक्ट बजारमा ल्याएको छ ।२३ वर्षदेखि निरन्तर बेकरीकै उत्पादन र बजार व्यव्स्थापनमा लागेको कम्पनीले पोखराको महेन्द्रपुल, लेकसाइड, भरतपुर र चितवनको सौराहा चोकमा शाखा विस्तार गरेको सञ्चालक रोशन मर्हजनले बताए ।ग्राहकको माग र चाहना अनुसार बेकरीका प्रिमियम आइटम महेन्द्रपुलबाट नै उत्पादन गरिने उनले जानकारी दिए ।बेकरीका पारखीहरुलाई अत्याधुनिक प्रविधिबाट उत्पादित स्वादिलो र स्वच्छ उत्पादन उपलब्ध गराउन कम्पनि सदा प्रतिबद्ध रहेका उनले जनाएका छन् । महर्जनले भने, ‘हाम्रो उत्पादनलाईगुणस्तर तथा नया प्रविधिको… पुरा पढौ

पोखरेली युवा ब्यबसायी पर्यटन प्रवद्र्धनका लागि सौराहा पुगे

पोखराका युवा ब्यबसायीहरु पर्यटन प्रवद्र्धन गर्न सौराहा पुगेर फर्केका छन् । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण थिलथिलो भएको पर्यटन ब्यबसायलाई पुर्नजागरण गर्ने सन्देश दिन पोखराका स्थापित युवा ब्यबसायीहरु साईकल ¥याली गर्दै सौराहा पुगेर पुनः पोखरा फर्केका हुन् । असोज २१ गते सौराहा गएको टोली २२ गते सौराहामै बास बसेर २३ गते फर्किएको उनले बताए । हाम्रो उद्धेश्य भनेको थलिएको पर्यटनलाई पुर्नजागृत गराऔं भन्ने सन्देश दिनु हो, उनले भने,‘थिलथिलिएको पर्यटनलाई अब चलायमान गराउनुपर्छ र त्यसका लागि… पुरा पढौ

‘मदिराले महिला हिंसा र वलात्कार बढ्यो, अब मदिरा नियन्त्रण गर्ने कानून चाहिन्छ’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मदिरा नियन्त्रण गर्ने चाहना ब्यक्त गरेका छन् । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनको अन्तिम दिन संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले मदिराकै कारण महिला हिंसा, वलात्कार र हत्याजस्ता जघन्य अपराध बढेको भन्दै त्यस्ता आपराधिक कृयाकलाप रोक्नका लागिपनि मदिरा नियन्त्रण गर्नुपर्ने बताएका हुन् । देशमा गणतन्त्र आयो, संघीयता आयो, लोकतन्त्र, त्यसमापनि समावेशी लोकतन्त्र आयो,‘उनले भने,‘तर महिला हिंसा डरलाग्दो रुपमा बढ्दो छ, घर, परिवार र आफन्तबाटै त्यस्ता घट्नाहरु भइरहेका छन्, यसको मूख्य कारण मदिरा सेवन नै हो… पुरा पढौ

चाँडपर्वसँगै कास्कीमा सुरक्षा ब्यबस्था कडा

जिल्ला प्रहरी कार्यालय कास्कीले नजिकिदो चाँडपर्व लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको छ । कास्की प्रहरीले नेपालीको महान चाँड दशैं, तिहार, छठ, नेपाल सम्वतलगायतका चाँडपर्वहरुलाई मध्यनजर गर्दै चाँडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको हो । देशकै ठूलो महानगरलाई सुरक्षित बनाउन कास्की प्रहरीले ‘नाकामा चेकिङ, सहरमा पेट्रोलिङ’ अभियान सञ्चालन गर्ने जनाएको छ । जसका लागि कास्की प्रहरीले अहिले खटिएको भन्दा दोब्बर संख्यामा प्रहरी खटाउने भएको छ । कास्की प्रहरीमा कुल ९०६ जना प्रहरी भएकोमा ७३५ जनालाई फिल्डमै खटाउने गरि योजना तयार… पुरा पढौ

पोखराका सबै वडामा पिच बाटो पुग्दै

देशकै ठूलो पोखरा महानगरपालिकाकाको एक मात्र पिच बाटो नपुगेको भर्जिन वडा पोखरा–२३ मा पिच बाटो बनाउन शुरु भएको छ । फेवातालको श्रोत क्षेत्रको रुपमा रहेको पोखरा–२३ को वामदीबाट मार्कीसम्मको कच्ची सडक पिच बाटो बनाउन शुरु भएको हो । योसँगै पोखराका ३३ वटै वडामा पिच बाटो बन्ने भएको छ । गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीको पहलमा गण्डकी प्रदेश सरकारको बजेट परेपछि पिच बाटो निर्माणको शिलान्यास गरिएको छ । कोरोनालाई कहरका कारण विकास निर्माण अबरुद्ध भएको भनिरहँदा पोखरा २३ मा भने… पुरा पढौ

रुपाले आफ्नै एम्वुलेन्स सञ्चालनमा ल्याउने

कास्कीको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । नेपालस्थित भारतीय दुतावासले रुपा गाउँपालिकालाई उपहार स्वरुप एम्वुलेन्स दिएपछि गाउँपालिकाले सो एम्वुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय दुतावासले रुपा गाउँपालिकालाई एम्वुलेन्स उपहार दिएको थियो । कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद खगराज अधिकारीको पहलमा भारतीय दुतावासबाट प्राप्त सो एम्वुलेन्सको चावी अधिकारी स्वयम्ले गाउँपालिका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरे । हस्तान्तरित एम्वुलेन्स १ हप्ताभित्र सञ्चालनमा आउने अध्यक्ष ओझाले बताए ।… पुरा पढौ