गण्डकी

पोखरामा जेठ ५ गते तरबुजा मेला हुने,करिब पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती फस्टाउँदो

पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ । तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको हो । महानगरपालिकाका १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ नं वडामा तरबुजाखेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुुसार महानगरपालिकाले यसवर्ष कृषकलाई ५० प्रतिशत अनुदानमा बीउका साथै मल्चिङ प्लाष्टिक वितरण गरेको थियो । यसवर्ष महानगरपालिकामा तरबुजा खेतीको कारोबार रु पाँच करोड… पुरा पढौ

कास्कीमा संचालन हुने एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल पोजिसनिङ सिस्टम ‘जिपीएस’ जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्स सेवालाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउनका लागि सो व्यवस्था गरेको हो । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्ला भित्र सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरूमा अनिवार्य रूपमा सही स्थान र स्थानको जानकारी दिनका लागि प्रयोग गरिने उपकरण जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । उनका अनुसार जिपीएस जडान नगरेका र सञ्चालन अनुमति नलिई चलिरहेका सरकारी तथा निजी… पुरा पढौ

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले भरिभराउ भएका छन्। बुधबारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरुको उपस्थितिले लोमान्थाङ बजारका झन्डै तीन दर्जन बढी होटलहरु पर्यटकले भरिभराउ भएका हुन् । तिजी अवलोकन गर्न बुधबार ३०७ जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङस्थित संरक्षण आयोजना एक्यापले जनाएको छ । तिब्बती संस्कृति झल्किने करिब छ सय वर्ष पुरानो तिजी ३५० जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिए । यो पर्वका अवसरमा… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा अवार्डका संस्थापक र पूर्व अध्यक्षहरुलाई सम्मान

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने पोखरा स्पोर्टस् अवार्डको १० औं संस्करणमा १० जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।बुधबार आयोजना गरिएको पोखरा पर्यटन खेलकुद सम्मेलन’ मा संस्थागत विकासमा योगदान पु¥याएका पूर्व अध्यक्ष एवं पोखरा स्पोट्र्स अवार्डका संस्थापकलाई सम्मान गरेको हो । संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पर्व अध्यक्षहरु मोहन घले, विनोद लामिछाने, प्रेमरानायण न्यौपाने, केशव पाठक, एकराज गिरी, दीननाथ बराल र पोखरा स्पोर्ट्स अवार्डका परिकल्पनाकार सन्देस श्रेष्ठलाई सम्मानपत्र सहित दोसल्ला र माला लगाएर सम्मान गरिएको हो । संस्थातर्फ सहारा क्लब पोखरा… पुरा पढौ

स्पोट्र्स अवार्डको रौनकसँगै गण्डकीमा जुर्मुराउँदो खेल पर्यटन

पोखरा, ३० वैशाख ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्ट्स अवार्डको पूर्व सन्ध्यामा गण्डकीमा खेल पर्यटनको चर्चा सुरु गरिएको छ ।मञ्चले बुधबार ‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ विषयक सत्र सञ्चालन गरी गण्डकी प्रदेशमा खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त सम्भावना भए पनि राज्यको स्पष्ट नीति र लगानीको अभाव रहेको विषयमा छलफल गरिएको छ । उक्त सत्रमा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद्, गण्डकीका संस्थापक… पुरा पढौ

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला, बरिष्ठ उपाध्यक्षमा पोखराका ऐनकुमार, केदार पौडेल र प्रजापती

सन्देश श्रेष्ठपोखरा, बैशाख ३० नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । महासंघको पोखरामा भएको सातौं महाधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा प्रतिष्पर्धी हरिशरण केसीलाई ५ सय ६६ मतान्तरले पराजित गर्दै सिटौला अध्यक्षमा बिजयी भएका हुन् । बिजयी सिटौलाले १ हजार ३० मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी केसीले ४६४ मत प्राप्त गरे । महासंघको बरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापतीले ८२६, ऐनकुमार साईले ७४९ र केदार पौडेलले ५ सय ७९ मत ल्याएर बिजयी भए । बरिष्ठ उपाध्यक्षमा… पुरा पढौ

गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको ‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ मा वक्ताहरुले यस विषयमा जोड दिएका छन् ।सम्मेलनमा वक्ताका रुपमा थिए, पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद्, गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङ र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशी ।… पुरा पढौ

पोखरा महानगर लेखा समितिले भन्यो, निजी विद्यालयलको शुल्क र छात्रबृत्तिमा मनपरी

पोखरा महानगरपालिका भित्र रहेका निजी विद्यालयहरुले विद्यार्थीहरुसंग लिएको शुल्क र छात्रबृत्तिका विषयमा पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिले चासो देखाएको छ । बैठकले छात्रवृत्ति, भर्ना, वार्षिक शुल्क, विद्यालय संचालन मितिका विषयमा गम्भीर चासो ब्यक्त गरेको हो । निजी विद्यालयले विद्यार्थीहरुसंग मनपरी रुपमा भर्ना र वार्षिक शुल्क लिएको गुनासो आएको भन्दै गम्भीर चासो ब्यक्त गरेको हो । लेखा समितिका संयोजक झपटबहादुर रानाभाटको अध्यक्षतामा बसेको बैठकले निजी क्षेत्रले नर्सरीदेखि १२ कक्षासम्म प्रदान गर्ने छात्रबृत्ति, भर्ना शुल्क, कक्षा ८ को परिक्षा केन्द्र, प्रश्नपत्र छपाईको… पुरा पढौ

अवैध गतिविधि नियन्त्रणमा कास्की प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल पुर्‍याउनेविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ प्रभावकारी देखिएको छ । उक्त अप्रेरसका क्रममा हालसम्म २०६ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको कार्यालयले जनाएको छ । यस्तै गत सोमबार राति बगर, टुँडिखेल, तेस्रापट्टि, बागलुङ बसपार्क, हरिचोक, बाटुलेचौर, लामाचौरलगायत क्षेत्रमा चलाइएको उक्त अप्रेसनका क्रममा २३ जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । सोमबार पक्राउ परेकामध्ये सात जनालाई अभद्र व्यवहार मुद्दामा अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान… पुरा पढौ

छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो,पर्वतारोही कृष्ण केसी सम्मानित

म्याग्दीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालको ६६ आरोहण दिवस आज विविध कार्यक्रमका साथ मनाइएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल अवस्थित धौलागिरि गाउँपालिका–४ मुदीमा पदमार्ग र घरबास प्रवर्द्धन तथा पर्वतारोही सम्मान गरेर दिवस मनाइएको हो । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । उनीसहित डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिको चुचुरोमा पुगेका थिए । गण्डकी प्रदेशको पर्यटन तथा उद्योग… पुरा पढौ