गण्डकी

फेवातालका डुंगा चालक र यात्रुहरुको बिमा

जेष्ठ २५,पोखरा फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा चलाउने चालक तथा डुंगामा सयर गर्ने यात्रुहरुको बिमा गरेको छ । संगठनले शिखर इन्स्योरेन्स कम्पनीसंग आगामी १ वर्षका लागि बिमा गरेको हो । अब फेवातालमा कुनै दुर्घटना भएर घाइते भएमा डुंगा चालक तथा यात्रुले उपचार खर्च १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । मानविय क्षति भएमा परिवारले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । संगठनमा दर्ता भई सञ्चालनमा रहेका डुंगामा यो नियम लागू हुने संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । फेवातालमा वर्षेनी विभिन्न… पुरा पढौ

पोखरा बसपार्कका सुकुमबासी : घर खाली गरेको हल्लामात्रै, डोजर आतंकको त्राससँगै वैकल्पिक व्यवस्थाको आश

सन्देश श्रेष्ठपोखरा, जेठ २५ पोखरा बसपार्कका सुकुमबासी बस्ती हटाउन पोखरा महानगरपालिकाले ताकेता गरेको धेरै भयो । पहिलो पटक ३५ दिने सूचना निकालेको महानगरले दोस्रो र तेस्रो पटक १५/१५ दिने सूचना निकालिसकेको छ । यसबिचमा महानगरले अन्तिम पटक ७२ घण्टे सूचना निकालेर घर खाली गर्न भनेको थियो । त्यो अवधी सकिएको पनि १६ दिन बितिसकेको छ । यसबिचमा महानगरले डोजर चलाउने हल्ला धेरै चलिसकेको छ । सुकुमबासी बस्तीमा आजै डोजर चल्ने, भोलि नै चल्ने भनेर सामाजिक सञ्जालमा हल्ला फैलाउने काम पनि… पुरा पढौ

पोखरा १ को वडा कपमा विन्ध्येश्वरी आदर्श च्याम्पियन, प्रशिक्षक र विद्यार्थी सम्मानित

पोखरा महानगरपालिका वडा नं. १ ले आयोजना गरेको विविध खेलकुद कार्यक्रममा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल च्याम्पियन बन्न सफल भएको छ । वडाको खेलकुद विकास समितिद्धारा आयोजित तेस्रो वडा स्तरीय छात्र÷छात्रा फुटबल, भलिबल तथा बास्केटबल रनिङ शिल्ड प्रतियोगितामा बास्केटबल छात्र तथा छात्रा दुवैतर्फ प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको हो । गत वर्ष पनि च्याम्पियन बनेको विन्ध्येश्वरीले लगातार दोस्रो पटक पनि रनिङ शिल्ड हात पारेको विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए । खेलकुद कार्यक्रम ३ दिनसम्म पृथ्वीनारायण क्याम्पसको अन्नपुर्ण रंगशालामा संचालन… पुरा पढौ

गायत्री सिकाई केन्द्रको शिक्षा प्रशिक्षण सम्पन्न

गायत्री बहुद्धेश्यीय सामुदायिक सिकाई केन्द्रले अभिभावक केन्द्रित शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । महेन्द्र मावि, घार्मीमा आयोजित कार्यक्रममा पुर्व विद्यालय निरिक्षक लेखनाथ लामिछानेले विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा मात्र सिमित नराखी असल अभ्यासमा पनि सहभागि गराउनु पर्ने बताए । उनले बालबालिकालाई असल बनाउने दायित्व परिवारमा रहेको बताउँदै, घर र समाजको वातावरण अनुशासित हुनुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लामिछानेले गुणस्तरीय शिक्षा उनीहरुको जन्मसिद्ध अधिकार भएको बताए । केन्द्रका अध्यक्ष शोभामोहन पौडेलले वालवालिकालाई प्राविधिक शिक्षा मार्फत स्वाबलम्वि बनाउन… पुरा पढौ

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन गर्न पुर्वाधार अध्ययन समिति गठन

पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासिहरुको व्यवस्थित बसोबासका लागि जमिन प्लट मिलान तथा अन्य पुर्बाधार अध्ययन समिति गठन गरिएको छ। पोखरा महानगरपालिकाले वडा नं. ९, बसपार्क क्षेत्रमा सुकुम्बासी बसोबासीहरूको व्यवस्थापनका लागि यसअघि गठित जग्गा व्यवस्थापन समितिले सिफारिस गरेका जग्गाहरू मध्ये उपयुक्त ठहरिएका जग्गामा आवश्यक प्राविधिक कार्य सम्पन्न गर्न समिति गठन गरिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए । गठित समितिको संयोजकमा महानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल, सदस्यमा आर्किटेक्चर इन्जिनियर सिद्धार्थ पाण्डे, अमिन प्रदीप सुवेदी,सन्देश सापकोटा र सदस्य सचिवमा प्रशासनिक अधिकृत… पुरा पढौ

विश्व ‘ब्रेन ट्युमर’ दिवस मनाईदै, कति छन् नेपालमा बिरामी ?

नेपालमा पछिल्ला वर्षहरुमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढेको हो । नेपालभरका २० भन्दा बढी न्यूरो केन्द्रबाट भएको अध्ययन आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा राजीव झाले जानकारी दिए । उनका अनुसार २०८२ सालमा तीन हजार जना ब्रेन टयुमटरमा बिरामीको शल्यक्रिया गरिएको छ । विसं २०८१ मा यो सङ्ख्या दुई हजार ६०० थियो… पुरा पढौ

रास्वपा जिल्ला अधिवेशन: छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

राष्ट्रिय स्वतन्त्र पार्टीले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन तोकेको थियो । शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएका थिए भने आइतबार २८ जिल्लामा अधिवेशन सुरु भएको थियो । आइतबार अधिवेशन सुरु भएका अधिकांश जिल्लामा नयाँ कार्यसमिति चयन भइसकेका छन् ।रास्वापका प्रवक्ता मनिष झाका अनुसार कोशीका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, पाँचथर, ओखलढुङ्गा, सुनसरी, सोलुखुम्बु, खोटाङ, इलाम र धनकुटामा अधिवेशन सम्पन्न भइसकेका छन् ।… पुरा पढौ

पत्रकारलाई अनुसन्धानमूलक लेख लेखन तालिम

नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि अनुसन्धानमूलक लेख लेखन तालिम सुरु भएको छ । जेठ २७ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मेयर आचार्यले पत्रकारिता क्षेत्रलाई अझ बढी जिम्मेवार र अद्यावधिक बनाउनु पर्ने बताए । उनले नेपालमा डिग्री हासिल गरेपछि वा परीक्षा सकिएपछि सिक्ने प्रक्रिया सकियो भन्ने गलत धारणा रहेको भन्दै यसलाई चिर्नुपर्ने धारणा राखे ।विशेष गरी पत्रकारिता जस्तो संवेदनशील र गतिशील क्षेत्रमा आबद्ध व्यक्तिहरूका लागि हरेक मिनेट र सेकेन्ड महत्वपूर्ण हुने… पुरा पढौ

लेखनाथ उद्योग बाणिज्य संघले दियो सहकारी प्रशिक्षण

लेखनाथ उद्योग बाणिज्य संघले सहकारीको क्षेत्रका देखिएका विद्यामान समस्या र सहकारी अध्यादेशका बारेमा प्रशिक्षण दिएको छ । लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा आयोजनामा भएको सो कार्यक्रममा सहकारी तथा वित्तिय संघ संस्था समन्वय उपसमितिका संयोजक कृष्ण प्रसाद तिमिल्सेनाले स्वागत मन्तव्य राखेका थिए । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निवर्तमान विज्ञ सदस्य डा. रमेश चौलागाईले सरकारले ल्याएको अध्यादेशलाई पुर्ण रुपमा कायान्वय गर्ने हो भने अव सहकारीको क्षेत्रमा समस्या नआउने विश्बास दिलाएका थिए ।साथै उनले विगतमा केही जाना जान त… पुरा पढौ

प्रतिभामा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि आइतबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो । शनिबार विज्ञान संकायमा भर्ना भएका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको प्रतिभाले आइतबार व्यवस्थापन र होटल व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिल, विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले उद्घाटन गरेका… पुरा पढौ