गण्डकी

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ: पूर्वगृहमन्त्री गुरुङ

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले बिरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गदैं उनले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताए । पूर्वगृहमन्त्री गुुरुङले देश बनाउन सबै मिलेर अघि बढनुपर्ने भन्दै रास्वपा देश बनाउन आएको पार्टी भएको उल्लेख गरे । “राम्रो कुरालाई सबै दलले साथ दिनुप¥यो”, उनले भने, “विरोधका लागि विरोध गरेर मात्र हुँदैन ।” गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद्समेत… पुरा पढौ

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीले गरेको ‘स्विप अप्रेसन’का क्रममा ४० जना पक्राउ परेका छन् । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने कार्यविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘स्विप अप्रेसन’लाई निरन्तरता दिएको छ । जस अन्तर्गत शनिबार कास्कीका विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्लामा जाँच गर्दा मादकपदार्थ सेवन ९मापसे० गरी सवारीसाधन चलाउने दुई जना र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनालाई कारबाही गरिएको हो । पोखरा–२३ र २४… पुरा पढौ

वातावरण दिवसको अवसरमा स्टेप बाई स्टेप मा.विमा विविध कार्यक्रम

पोखराको मासबारमा रहेको स्टेप बाई स्टेप मा.विले विश्व वातावरण दिवसको अवसरमा सचेतना ¥याली र सरसफाइ कार्यक्रम गरेकोे छ । कार्यक्रम विद्यालयमा क्रियाशील ग्रो सर्कल, क्वालिटी सर्कल र युवा रेडक्रसले संयुक्त रुपमा आयोजना गरेका थिए । ब्यानर र प्ले कार्डसहित कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरू सहभागी रहेको सचेतना ¥याली मालेपाटन र मासबारका विभिन्न स्थानहरुमा घुमी विद्यालयमा फर्केको थियो । विद्यालय परिसर र विद्यालय वरपरि सरसफाइ गरिएको थियो । विद्यार्थीहरूले विद्यालय प्राङ्गणमा विभिन्न जातका पूmलका विरुवाहरू रोपेका थिए । कार्यक्रममा विद्यालयका… पुरा पढौ

माउन्ट अन्नपूर्णमा मनाईयो वातावरण दिवस

पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविले विश्व वातावरण दिवसको अबसर पारेर सरसफाइ कार्यक्रम आयोजना गरेको छ । बिद्यालयले विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी विद्यालय वरिपरिका साथै बिन्दाबासिनी बसपार्क, पोखरा बाग्लुङ राजमार्ग, अर्चलबोट,भैरवटोल नदिपुर लगाएत क्षेत्रमा सरसफाई गरेको हो । वातावरण संरक्षण र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा पोखरा महानगरपालिका वडा २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले स्वच्छ वातावरण निर्माणका लागि विद्यालयस्तरबाट सञ्चालन हुने यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले… पुरा पढौ

कास्कीका सिडिओको धनकुटा सरुवा, कास्कीमा कुमानसिंह

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा भएको छ । शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयबाट १५ जिल्लाका सीडीओ परिवर्तन गरिएको छ । सो निर्णय अनुसार शर्मा जिल्ला प्रशासन कार्यालय, धनकुटामा सरुवा भएकी छन् । कास्कीको प्रमुख जिल्ला अधिकारीका रुपमा कुमान सिंह गुरुङ आउने भएका छन् । गृह मन्त्रालयमा सहसचिव रहेका गुरुङको कास्कीमा पदस्थापन भएको मन्त्रालयले जनाएको छ । त्यस्तै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको पनि जिल्ला प्रशासन कार्यालय, संखुवासभामा सरुवा भएको छ । अर्यालको ठाँउमा गृह मन्त्रालयका सहसचिव निराजन घिमिरे आउने… पुरा पढौ

पोखरामा रक्तिम साँझ हुने

रक्तिम साँस्कृतिक अभियानले पोखरामा ‘रक्तिम साँझ २०८३’ को आयोजना गर्ने भएको छ । ‘राष्ट्रियताको रक्षा, रक्तिमको सदिच्छा’ भन्ने नाराका साथ संचालन भएको अभियानले यही जेठ २५ गते पोखरा सभागृहमा विशेष साँझको आयोजना गर्न लागेको राष्ट्रिय जनमोर्चा, निकट युवक संघका केन्द्रिय अध्यक्ष गणेश अधिकारीले जानकारी दिए । राष्ट्रिय जनमोर्चा, कास्कीको आयोजनामा हुने विशेष अभियान अन्र्तगतको कार्यक्रम दिउँसो १ बजेबाट शुरु भई करिब २ घण्टा संचालन हुने अधिकारीले बताए । विगत ४२ बर्ष देखि प्रगतिशिल आन्दोलनको नेतृत्व गरेको अभियानले युग नृत्य, गिती… पुरा पढौ

अमरदीप जेष्ठ नागरिकमा डम्बर

पोखराको वडा नं. १६ मा रहेको अमरदीप जेष्ठ नागरिक दिवा सेवा समितिको अध्यक्षमा डम्बरबहादुर थापा चयन भएका छन् । समितिको सम्पन्न दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनले थापाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको समितिका मनोनित गुरु प्रकाश भट्टराईले जानकारी दिए । समितिको उपाध्यक्षमा हिरा थापा,सचिवमा खडानन्द आचार्य,कोषाध्यक्षमा नारायण प्रसाद बास्तोला, सहसचिवमा जयन्ति तिवारी र सह कोषाध्यक्षमा गिरीधारी ढुङ्गाना छन् । त्यस्तै सदस्यमा मुना शाही,चरित्र थापा, हरिमाया आचार्य, हरिश्चन्द्र गौतम र तुलमाया छन्त्याल रहेका छन् । समितिलाई नियमित संचालन तथा… पुरा पढौ

विश्व वातावरण दिवस देशभर मनाइँदै,पोखराका विभिन्न स्थानमा ६ हजार विरुवा रोपियो

विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । वातावरण विभागले दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।पोखरा महानगरपालिका क्षेत्रमा वृक्षारोपण अभियान शुरु गरिएको छ ।पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न वृक्षारोपण अभियान थालिएको नगर प्रमुख धनराज आचार्यले बताए । अभियान अन्तरगत शुक्रवार पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा ६ हजार बढी बिरुवाहरू लगाइएको छ ।… पुरा पढौ

पोखरामा भेटिएको बम नेपाली सेनाले डिस्पोज नगरी लग्यो

सन्देश श्रेष्ठपोखरा, जेठ २१ पोखरामा फोहोर फाल्ने ठाउँमा बम भेटिएको छ । पोखराका विभिन्न क्षेत्रबाट संकलन गरिएका फोहोर फाल्ने ठाउँ पोखरा–२१ मा ३ वटा बेवारिसे बम फेला परेको हो । विहीबार विहान फोहोर बोक्ने गाडीले झारेको फोहोरमा कवाडी सामान खोज्ने क्रममा रिमा शेर्पाले बम भेट्टाएकी थिईन् । भेट्टाइएका तीन वटामध्ये २ वटा घातक स्टन ग्रिनेड र एउटा कम घातक स्मोक ग्रिनेड भएको प्रहरी स्रोतले बताएको छ । भेटिएको बम नेपाली सेनाले उठाएर लगेको छ । बम भेटिएको खबर पाएर गएको… पुरा पढौ

भीरबाट लडेर तनहुँमा एक किशोरको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका ५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए । गम्भीर घाइते भएका रानालाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो । गएराति बेलचौतारास्थि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी… पुरा पढौ