गण्डकी

एक महिनामै कास्की प्रहरीमा २ सय ६ वटा मुद्धा दर्ता, सबैभन्दा बढी वैंकिङ कसुरका

कास्की प्रहरीमा एक महिनाको अवधिमा २ सय भन्दा बढी मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले आज पत्रकार सम्मेलनको आयोजना गरी जेठ महिनामा मात्रै बिभिन्न प्रकारका २ सय ६ वटा मुद्धा दर्ता भएको जानकारी दिएको छ । जसमा सबैभन्दा बढी वैंकिङ कसुरका ६६ वटा मुद्धा परेको सुचना अधिकारी विरेन्द्र पासवानले जानकारी दिए । अभद्र व्यवहारका ४०, ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभका २० र लागु औषधका १४ वटा छन् । लागु औषधका मात्रै २ महिलासहित २० जना पक्राउ… पुरा पढौ

कास्की प्रशासनमा पत्रकार महासंघको धर्ना, सुचना तथा विज्ञापन सम्वन्धि विभेदकारी निर्णय खारेज गर्न माग

वर्तमान सरकारले ल्याएको विज्ञापन नीतिको विरोध गर्दै नेपाल पत्रकार महासंघ, कास्की शाखाले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । सुचना तथा विज्ञापन सम्वन्धि विभेदकारी निर्णय खारेजको माग गर्दै पोखराका पत्रकारले कास्की प्रशासन अगाडी एक घण्टा धर्ना दिएका हुन् । विहान ११ देखि मध्यान्ह १२ बजेसम्म महासंघ कास्कीको अगुवाईमा भर्ना दिईएको कास्की शाखाका अध्यक्ष माधव बरालले जानकारी दिए । उनले सरकारले निर्णय नसच्चाएसम्म आन्दोलन जारी रहने बताएका छन् ।केन्द्रको सर्कुलर अनुसार शुक्रबार पनि बिहान १० वजे देखि ११ बजेसम्म धर्नालाई निरन्तरता… पुरा पढौ

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पुल नजिकै बुधबार साँझ ५ः०० बजे बिना अनुमति ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले भारतीय पर्यटकको एक थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको जनाएको छ ।भारत विहार प्रदेश वैशाखी जिल्लाका २६ वर्षीय नागरिक शिवम कुमारको डिजिएल कम्पनीको २४० ग्राम वजनको ड्रोन क्योमरा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए… पुरा पढौ

नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न

कुनै पनि बिषयमा विधिसम्मत ढङ्गले गरिने अनुसन्धानले मात्रै सार्थकता पाउने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयद्वारा पोखरामा सञ्चालित गोष्ठीमा सहभागि शिक्षाविद्ले अनुसन्धान अघि गरिने छलफलले प्रतिवेदनलाई सार्थक बनाउने बताए । भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. त्रिभुवन बरई र पृथ्वीनारायण क्याम्पस पोखराका उपप्राध्यापक डा. श्रीधर न्यौपानेले प्रस्तुत गरेको ‘समसामयिक नेपाली कवितामा पर्यावरणीय सचेतता’ शीर्षकमा अनुसन्धान गर्नु पुर्व गोष्ठीको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा.डा. दुविनन्द ढकालले यस प्रकारको गोष्ठीले… पुरा पढौ

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई

लेखनाथ, २७ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ । प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थानमा जित हासिल गर्दै फेवाले उपाधी कब्जा गरेको हो । महिला तर्फ एक हजार मिटरको दुरीमा भएको प्रतिष्पर्धामा २० मिनेट १६ सेकेण्डमा निर्धारीत दुरी पार गर्दै फेवा डुंगा ब्यवसायि समितिको सन्तमाया जलारीको टिमले प्रथम स्थान हासिल ग¥यो भने फेवाकै उषा गुरुङको समुहले २० मिनेट… पुरा पढौ

सिल्भर ट्रयाङ्गलमा जोडिए पोखरा-भरतपुर-लुम्बिनी, पर्यटनलाई संयुक्त बजारमा लैजाने तयारी

पोखरा, जेठ २७नेपालका तीन फरक पहिचान बोकेका पर्यटकीय सहर—पोखरा, भरतपुर र लुम्बिनी—अब एउटै पर्यटन यात्रामा जोडिने भएका छन्। स्थानीय तहबीच भएको त्रिपक्षीय समझदारीसँगै ‘सिल्भर ट्रयाङ्गल’ अवधारणाले औपचारिक गति पाएको छ।पर्यटन राजधानी पोखरा, बुद्ध जन्मस्थल लुम्बिनी र जैविक विविधताको केन्द्र भरतपुरलाई एउटै पर्यटन सर्किटका रूपमा विकास गर्ने लक्ष्यसहित सहकार्य सुरु गरिएको हो। पोखरामा भएको कार्यक्रममा तीन स्थानीय तहले पर्यटन प्रवर्द्धन, ब्रान्डिङ, बजार विस्तार र गन्तव्यबीचको पहुँच सहज बनाउने विषयमा सहमति गरेका छन्।सम्झौताले पर्यटकलाई एउटा सहरबाट अर्को सहरसम्म लैजाने मात्र होइन, एउटै… पुरा पढौ

मौलिक हकको प्रत्याभूति गर्न माग गर्दै संघीय र प्रदेश सरकारको ध्यानाकर्षण

दलित समुदायका बालबालिकाको मौलिक हकको प्रत्याभूति गर्न माग गर्दै संघीय सरकार तथा गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । “दलित बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सशक्तीकरणसम्बन्धी मौलिक हकको प्रत्याभूति गरियोस्” भन्ने नारासहित गण्डकी प्रदेशका दलित समुदायका बालबालिकाले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरूङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । त्यस्तै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा शेषनारायण पौडेलमार्फत गण्डकी प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्रमा संविधान तथा विभिन्न कानुनी व्यवस्थामार्फत सुनिश्चित गरिएका अधिकारहरू व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन… पुरा पढौ

प्रोमोसनल टुरका लागि नाट्टा गण्डकी कलकत्ता जाँदै

पोखरा, जेठ २८ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको प्रोमोसनल टुर भारतको कलकत्तामा हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा हुने ‘पोखरा–नेपाल प्रोमोसनल क्याम्पेन एण्ड बी टु बी सेल्स मिसन’ भारतको पश्चिम बंगालस्थित कलकत्तामा गर्न लागेको नाट्टा गण्डकीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रोमोसनल टुर बुधबारदेखि शुरु भई असार १ गतेसम्म सञ्चालन हुने नाट्टा गण्डकी प्रदेश अध्यक्ष किशोर तिवारीले बताए । टुरमा नाट्टाका २२ जना प्रतिनिधि सहभागी हुने उनले जानकारी… पुरा पढौ

फोहर व्यवस्थापनका लागि हेल्प नेपालको सहयोग

तेन्जिङ एण्ड डोल्मा हेल्प नेपाल नामक संस्थाले पोखरा १९ घार्मीका बिभिन्न संस्थालाई सरसफाईजन्य सामाग्री वितरण गरेको छ । स्वाभिमान टोल विकास संस्था प्लास्टिक जन्य वातावरण अभियान, पोखरा १६ को समन्वयमा संस्थाले घार्मीका भुमेश्वर आधारभुत विद्यालय, ओमकारेश्वर महादेव मन्दिर र गायत्री आधारभुत विद्यालयलाई फोहर व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको हो । संस्थाले फोहर संकलनमा प्रयोग गरिने प्लाष्टिक, डस्टविन, डस्ट प्यान, पञ्जा, मास्कलगायतका सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।स्वाभिमान टोल विकास संस्था एवं प्लास्टिक जन्य फोहोर व्यवस्थापन समितिका संयोजक श्यामसुन्दर… पुरा पढौ

सजिलो सहकारीद्वारा प्रोत्साहन वृति कोष स्थापना

पोखरा महानगरपालिका वडा नं.१९ मा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाले ‘सजिलो साकोस प्रोत्साहन वृति’ अक्षयकोष स्थापना गरेको छ। सहकारीले १३ औं स्थापना दिवसको अवसर पारेर लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी मा.विमा १ लाख ११ हजार १११ रूपैयाँ दश पैसाको अक्षयकोष स्थापना गरिएको संस्थाका अध्यक्ष राजेश आचार्यले जानकारी दिए ।अक्षय कोषको रकम हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले शैक्षिक क्षेत्रमा सजिलो सहकारीले गरेको कार्य अनुकरणीय रहेको बताए। उनले सहकारीले आर्थिक कारोबार मात्र नगरी शिक्षा, स्वास्थ्य… पुरा पढौ