स्वास्थ्य

आज हेपाटाइटिसविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

आज जुलाई २८ तारिक अर्थात हेपाटाइटिस विरुद्धको अन्तर्राष्ट्रिय दिवस। नेपालमा पनि हरेक वर्ष आजको दिन विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै यो दिवस मनाइँदै आएको छ। विश्व हेपाटाइटिस अलाइन्सले १८ मे मा विश्व हेपाटाइटिस मनाउने निर्णय गरेता पनि सन् २०१० मे महिनामा विश्व स्वास्थ्य महासभाको ६३ औँ बैठकले २८ जुलाई हेपाटाइटिस ‘बी’ का खोजकर्ता डा. बारुच ब्लुमबर्गको जन्म दिवसमा विश्व हेपाटाइटिस दिवस मनाउने निर्णय गरेसँगै यो दिवस आधिकारिक रूपमा मनाउन लागिएको हो। नेपालमा भने सन् २०१० को जुलाई २८ देखि… पुरा पढौ

६३८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय नाघ्यो

काठमाण्डौं । मंगलबार एकैदिन ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा ५ हजार ५५ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय र २ हजार ८४० जनाको एन्टिजेन परीक्ष गर्दा २३८ जनामा संक्रमढा पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही अवधीमा थप २ जनाको मृत्यु भएको छ । यस्तै सोही अवधीमा २१८ संक्रमणमुक्त भएका छन् । देशभर अव ३… पुरा पढौ

स्वास्थ्य मापदण्ड पालना गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

कोभिडको संक्रमण बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार आवश्यक तयारीमा जुटेको छ। यसका लागि प्रदेशस्तरीय कोभिड–१९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ। समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ। बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भीडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जन स्थलहरूका मास्क अनिवार्य र स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ। त्यस्तै, गोष्ठी, सेमिनार, बैठकजस्ता बाक्लो जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्था गर्नेजस्ता… पुरा पढौ

गोरखाको भीमसेन थापा गाउँपालिकाको वडावडामा गर्भवतीलाई निः शुल्क भिडियो एक्सरे सेवा

गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ। गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिनेका लागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिएका छन्। गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था जानकारी राख्ने उद्देश्यले पालिकाभित्रका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट ‘ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम’ संचालन गरी सेवा सुरु गरेको उनले बताए। ‘प्रोटेवल भिडियो एक्सरे मेसिनका साथ… पुरा पढौ

बागमतीमा कोभिडका सङ्क्रमित बढ्दै

मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइरहेका हुन् । बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए । प्रदेश नं १ मोरङमा पनि कोभिडका बिरामी बढ्दै गइरहेकाले महामारीलाई मध्यनजर गरी भीडभाड नगर्न तथा सभा अनि सम्मेलन एवं गोष्ठीमा भाग नलिनाका साथै स्वास्थ्य मापदण्ड पालना गर्न मुलुकवासीलाई दासले अनुरोध गरे । मुलुकमा कोभिडका बिरामी बढेसँगै… पुरा पढौ

कोरोना संक्रमणबाट २ जनाको मत्यु, मृतकको संख्या ११ हजार ९५६ पुग्यो

काठमाण्डौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । यो सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५६ पुगेको छ । सोही अवधीमा ३४७ जना कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८८८ जनामा गरिएको परीक्षणमा उनीहरु संक्रमित भएका हुन् । ती मध्य दुई हजार ३६० जनाले पीसीआर र एक हजार ५२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । आइतबार ९५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त… पुरा पढौ

सांसदद्वारा कोभिडका विषयमा स्वेतपत्र जारी गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गरेका छन । सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरे । उनले नागरिकलाई कोरोनाबाट जोगाउन खोप अभियानलाई तीव्रता दिन माग गरे। उनले स्वास्थ्य बीमाको रकम उपलब्ध नगराएकामा पनि सरकारको ध्यानाकर्षण गराए । बीमामा साढे १७ लाख मानिस आबद्ध भइसकेका सन्दर्भमा अहिले रकम नआएको भन्दै विभिन्न अस्पतालले सूचना जारी गरेरै बीमा… पुरा पढौ

भारतमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रण पुष्टि

नयाँदिल्ली । बितेका २४ घण्टामा देशका विभिन्न भागमा २० हजार दुई सय ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । यसअघि भारतमा लगातार तीन दिनसम्म सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ४३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको… पुरा पढौ

भारतबाट फर्कनेमा कारोनाको सङ्क्रमण देखिँदै

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् । शङ्कास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य सीमा क्षेत्रमै गर्ने व्यवस्था गरिएको छ । सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँच जनामा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कने शङ्कास्पद व्यक्तिको एन्टिजेट विधिबाट परीक्षण गर्दा दैनिक नतिजा पोजेटिभ आउनेको सङ्ख्या बढ्दो रुपमा रहेको छ… पुरा पढौ

मङ्कीपक्स : विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा, विश्वभर १६ हजारभन्दा धेरै संक्रमित पुष्टि

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्वभर संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ। यस भाइरसबारे डब्ल्यूएचओको आपतकालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको सार्वजनिक भएको हो। डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार, विश्वभर १६ हजारभन्दा धेरै संक्रमित पुष्टि भएका छन्। मङ्कीपक्सका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ। डा. टेड्रोसका अनुसार आपतकालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भन्ने… पुरा पढौ