स्वास्थ्य

सन्दर्भ ः विश्व थाइराइड दिवस – ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

चितवन, ११ जेठ ९रासस० ः समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताए। चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताए । उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक… पुरा पढौ

सुत्केरी भत्ता, छात्रवृतिसहित निःशुल्क स्वास्थ्य बीमा गरिने

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिने र पदभार ग्रहण गर्नेक्रम जारी छ । हुम्लाका कतिपय जनप्रतिनिधिले पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गर्नुभएको छ । तलब भत्ता सामाजिक काममा लगानी गर्ने अदनचुली गाउँपालिका– ४ का वडाध्यक्ष मनर्षि पाण्डेले घोषणा गर्नुभएको छ । सो गाउँपालिकाको पहिलो बैठकले गरिब, दुःखी, विपन्न, दलित, अपाङ्गता, शहीद, बेपत्ता, घाइते र विस्थापित परिवारका २० विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृति दिने निर्णय गरेको छ । त्यसैगरी सर्केगाड गाउँपालिकाका जनप्रतिनिधिले पनि शपथसँगै पदभारग्रहण गर्दै पहिलो बैठकमा सुत्केरी… पुरा पढौ

आँखाको उपचार नहुँदा पढ्नबाट वञ्चित

उपचारका लागि आर्थिक अभाव भएका कारण डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकका १४ वर्षीय पुरन अधिकारी घरैमा थन्किएर बस्न बाध्य भएका छन् । पढ्ने इच्छा भएका अधिकारी दुबै आँखा नदेख्ने भएका कारण पढ्नसमेत सकिरहेका छैनन् । आफूसँग आर्थिक अभावका कारण पुरनले आँखा नदेख्नेहरुका लागि पढाइ हुने विद्यालयमा पढ्नसमेत जान सकेका छैनन् । बालबालिकाको आँखाको साधारण जाँच देशका सबैजसो अस्पतालमा हुने भए पनि शल्यक्रिया र जटिल खालका रोगका लागि अझै काठमाडौँका ठूला अस्पतालमा नै जानुपर्ने बाध्यता कायम रहेकाले आफूहरुले पुरनलाई अस्पताल पु¥याउन नसकेको… पुरा पढौ

डा कोइरालाद्वारा जेरिएटिक अस्पताल शिलन्यास

विराटनगर–८स्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिद्वारा विराटनगर–६ रामपुरमा १५ श्ययाको ‘शङ्कर अधिकारी मेमोरियल स्मारक जेरिएटिक अस्पताल’ निर्माण गर्न लागिएकोे छ । एक बिघा जग्गामा रु २५ करोडको लागतमा निर्माण गर्न लागिएको उक्त अस्पताल निर्माणबाट ज्येष्ठ नागरिकका लागि सम्पूर्ण स्वास्थ्यसम्बन्धी उपचार एकै ठाउँमा उपलब्ध गराइने भएको छ । अस्पताल निर्माणका लागि स्व अधिकारीका श्रीमती, छोराहरु सरोज तथा सञ्जिव र बुहारी अञ्जनाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । उक्त अस्पताल आज शिलान्यास गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नवनिर्वाचित जनप्रतिनिधिले कामका… पुरा पढौ

करोड लगानीमा जिमखाना सञ्चालनमा

बागलुङ । सहरीया युवालाई लक्ष्य गरी बागलुङ जिमखाना खोलिएको छ । व्यवसायी ध्रुव खड्काले ‘मोर्डन फिजिकल फिटनेस’ सञ्चालनमा ल्याएका छन् । शारीरिक सुगठन र स्वास्थ्यका लागि जिमखानामा युवाको आकर्षण छ ।सदरमुकाममा खुलेको जिमखानामा झण्डै रु एक करोड लगानी परेको सञ्चालक खड्काले बताए । मोटोपन घटाउने पेटको कसरतका लागि छुट्टै व्यायामशाला छ । शारीरिक सुगठनका खेलाडीदेखि सर्वसाधारणले जिमखानाबाट लाभ उठाउन सक्छन् । दूरसञ्चार रोड नजिकमा जिमखाना रहेको छ । जिमखाना आउन चाहानेका लागि भर्ना खुला गरिएको छ । २० जना भर्ना… पुरा पढौ

थप छ जनामा सङ्क्रमण पुष्टि

काठमाडौ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर उल्लेख्यरूपमा घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा दुई हजार २२६ जनामा परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १४१ जना छन् । विगत २४ घण्टामा १३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९७५ पुगेको छ । यो दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित रहेका जिल्ला ३१ पुगेका छन् ।… पुरा पढौ

काठेखोला पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

बागलुङ । पलम (आल्चा)र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन् । शनिबार घर नजिकैको बारीमा पलम र एँेसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ । ऐँसेलु र पलम खाएका बालबालिकामा झाडापखला, वान्ता लगायतका समस्या देखिएर गम्भीर बनेपछि चारैको अहिले धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । एँेसेलु र पलम खाँदा बिरामी परेका १० वर्षका विपना सुनार, ११ वर्षका विनोद विक, तीन वर्षका सायना सुनार र १४ वर्षका… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार सार्वजनिक विदा हुने

पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भोली आइतबार सार्वजनिक विदा हुने भएको छ । यस निर्णयसँगै अस्पतालको आकस्मिक सेवा वाहेक ओ.पि.डी.सेवा र अन्य सेवाहरु बन्द रहनेछन् ।नेपाल सरकारले यहि जेठ १ गतेदेखि लागू हुने गरी आइतबार सार्वजनिक विदा दिने निर्णय गरेकोमा अस्पतालले यहि जेठ ८ गते आइतबारदेखि निर्णय कार्यान्वयन गर्ने भएको सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए । तर सेवाग्राहीलाई पर्न सक्ने असरलाई मध्यनजर राख्दै अस्पतालले केहि दिन भित्रै आइतवार र अन्य सार्वजनिक विदाका दिन समेत सञ्चालन हुने गरी विस्तारित स्वास्थ्य… पुरा पढौ

सिर्जना विकास केन्द्रले बिहिबार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गर्ने

पोखरा । सिर्जना विकास केन्द्र, पोखरा–८, सिमलचौरले पोखरामा भइरहेको रगतको अभाबलाई ध्यानमा राख्दै जेठ ५ गते बिहिबार आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ । पोखराको सहिदचोकमा बिहान साढे ७ बजे हुने सो कार्यक्रममा सहभागी हुन आयोजकले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी एवं सर्वसाधारणमा आग्रह गरेको छ । रगत अभाव पूर्ति गर्न १५ औं गणतन्त्र दिवसकै सन्दर्भमा सिर्जना विकास केन्द्रले सो कार्यक्रम गर्न लागेको रक्तदान अभियन्तासमेत रहेका संस्थाका उपाध्यक्ष कृष्ण थापाले जनाए । संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले लामो समयदेखि सामाजिक… पुरा पढौ

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन् । इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री पोखरेलले ७० वर्ष पहिला कुष्ठरोगको उपचारका लागि खुलेको अस्पतालले निरन्तर सेवा प्रदान गर्दै अहिले शारीरिक असक्तता, कानको समस्या, स्पाइनल कर्ड इन्जुरी जस्ता समस्या भएका बिरामीका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएकोमा धन्यवाद व्यक्त गरे । हरियोखर्क अस्पतालका बारेमा आफूले धेरै पहिलादेखि नै सुनेको भए पनि यसको… पुरा पढौ