स्वास्थ्य

थप सात जनामा सङ्क्रमण पुष्टि

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७८५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ५४६ जनाले पिसिआर र एक २३९ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा नौजना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९१३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको… पुरा पढौ

बुद्ध जयन्तीको अवसरमा युवा बौद्ध संघको स्वास्थ्य शिविर

पोखरा । युवा बौद्ध संघ नदीपुरले २५६६ औं बुुद्ध जयन्तीको अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजना थालेको छ ।आगामी जेठ २ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन (शनिबार) निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरमा करिब ३ सय बढिले सेवा लिएको कार्यक्रम संयोजक डा. भाइरत्न शाक्यले जानकारी दिए । उनका अनुसार शिविरमा हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटीलगायतका परीक्षण गरिनुुका साथै औषधिसमेत उपलब्ध गराइएको थियो । संघका अध्यक्ष सुदीप प्रधानाङ्गले आगामी आइतबार रक्तदानको आयोजना गरिएको बताउँदै वडाबासी… पुरा पढौ

पोखरामा पनि अन्तरास्ट्रिय विसबोन डे मनाइयो

सजिलै शरीरका हाडहरु भाचिने समस्या (ओस्टियोजेनेसिस इम्पर्फेक्टा) बारे जनचेतना फैलाउने दिवस “विसबोन डे” को अवसरमा आज स्वाबलंबन जीवनपद्दति केन्द्र पोखराको आयोजनामा ओ आइ भएर जिबन बाचिरहेका हरुले दैनिक भोग्नु परेका समस्याहरुको बारेमा तथा विसबोन डे को किन मनाइन्छ भन्ने बारेमा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा स्वाबलंबन जीवनपद्दति केन्द्र पोखराको अध्यक्ष हेम गुरुङ, महासचिब अन्जना के.सी.,ओआइका अभियन्ता खिम लामिछाने काजी तथा उपस्थिति अन्य सहभागीहरुले आफ्नो भनाइहरु राखेका थिए ।विसबोन डे सजिलै हाड भाचिन शारीरिक अवस्था अस्टियो जेनेसिस इम्पर्फेक्टा (ओआइ) को… पुरा पढौ

बुद्ध बचत सहकारीको रक्तदातमा ६० युनिट रगत संकलन

पोखरा–४, महेन्द्रपुल बुद्ध बिशाल बजारस्थित बुद्ध बचत ऋण सहकारी संस्थाले विविध कार्यक्रमसहित आफ्नो १५ औं स्थापना दिवस मनाएको छ। स्थापना दिवसमा संस्थाद्धारा बिहीबार आयोजित रक्तदानमा ६० युनिट रगत संकलन भएको छ। पुरा पढौ

नेपालको स्वास्थ्य आपत्कालीन तयारीमा सघाउने डब्ल्युएचओको प्रतिबद्धता

काठमाण्डौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो निमन्त्रणामा डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबाट शनिबार सम्पन्न नेपालको तीनदिने औपचारिक भ्रमण र त्यसक्रममा भएका छलफलबारे जानकारी दिएका हुन् । नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई डब्ल्युएचओको दक्षिणपूर्वी एशियाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न,… पुरा पढौ

तिनाउ पाल्पाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषित

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोरोना–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । तिनाउ जिल्लाकै पहिलो कोरोना –१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा राजेन्द्रप्रसाद गिरीले बताए । उनले कोरोना–१९ को सुरुको अवस्थादेखि हालसम्म रोकथाम, न्यूनीकरण, सावधानी खोप अभियानमा राम्रो काम गरेर जिल्लामै पहिलो भएको जानकारी दिए । गाउँपालिकाले १२ वर्षभन्दा माथि उमेरका व्यक्तिको खोज र खोप अभियान सञ्चालन तथा घरपरिवार, विद्यालय सर्वेक्षणलगायत मापदण्ड पूरा गरेर जिल्ला खोप समन्वय समिति, खोप… पुरा पढौ

बाह्रौं वार्षिकोत्सवको अवसरमा युनाईटेड क्लवको रक्तदान

पोखरा ६ बैशाख । युनाईटेड क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । क्लवले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सताब्यापी कार्यक्रम अन्तर्गत आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका हुन ।नेपाल रेडक्रस सोसाईटी वडा नम्बर १० का सभापति सम्मर बहादुर श्रेष्ठले पहिलो रक्तदाता गणेश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरि सुरु भएको कार्यक्रममा ५४ जना युवा युवतीहरुले रक्तदान गरेका हुन । सो अवसरमा वोल्दै नेपाल रेडक्रस सोसाईटी वडा नम्बर १० का सभापति सम्मर… पुरा पढौ

जिल्लामा बालबालिकाले टाइफाइड रोगविरुद्धको खोप लगाए

चितवन । चितवन जिल्लामा सञ्चालन गरिएको टाइफाइड रोगविरुद्धको खोप एक लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको हो । गत चैत २५ गतेदेखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अभियान वैशाख ४ गते सकिएको छ । कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ७९ हजार २१६ र खैरहनी नगरपालिकामा १५ हजार २२८ बालबालिकाले खोप लगाएका छन् । यस्तै माडी नगरपालिकामा आठ… पुरा पढौ

२ सयको सित्तैमा रगत जाँच

पोखरा । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले दुलेगौँडामा आयोजना गरेको मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी निशुल्क परीक्षणमा २ सय ५ जना लाभान्वित भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अरु सबै प्रकारका रगत जाँचमा समेत ५० प्रतिशत छुट दिइएको थियो । शनिबार शिविरसँगै सचेतना कार्यक्रम पनि भएको छ । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले समयमै स्वास्थ्य समस्या पहिचान नहुँदा नेपाली नागरिकको स्वास्थ्य उपचार… पुरा पढौ

कास्की र मुस्ताङ बाहेक गण्डकीका सबै जिल्ला कोरोनामुक्त

पोखरा । गण्डकी प्रदेशका कास्की र मुस्ताङ बाहेकका सबै जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कास्कीमा एक र मुस्ताङमा ४ जनामा कोरोना संक्रमण हुँदा बाँकी ९ जिल्लाका कसैमा पनि संक्रमण पुष्टि नभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । बुधबार विभिन्न प्रयोगशालामा ५१ जनामा गरिएको परीक्षणमा मुस्ताङका ४ र कास्कीका एक जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा सक्रिय संक्रमित संख्या ७ पुगेको छ । भने सोही अवधीमा… पुरा पढौ