स्वास्थ्य

चिकित्सक श्रीमती संघद्वारा तेश्रो लिंगी तथा मजदुरलाई राहत बितरण

पोखरा । कोरोनाको कहर र लम्बिदो निषेधाज्ञाको मारमा परेका तेश्रोलिंगी र बिपन्न मजदुर बर्गलाई बुधबार राहत बितरण गरिएको छ । कास्की बाहिर स्थायी घर भएका तर रोजगारी तथा सशक्तिकरणका लागि पोखरामा बसेका लकडाउनले प्रभाबित ३५ तेश्रो लिंगी तथा १५ मजदुर परिबारलाई चिकित्सक श्रीमती संघ गण्डकीको सहयोगमा राहत बांडिएको हो ।राहत प्याकेजमा १० केजि चामल,दाल,तेल,मसला, मस्यौरा , चिउरा खुर्सानी,नुन लगायतका खाद्यान्न सामग्रि रहेको सामाजिक अभियन्ता तथा राहत बितरण कार्यक्रमका समन्वयकर्ता प्राज्ञ मिलन शेरचनले जानकारी दिइन् । एभरेस्ट एफ.एम.को कार्यक्रम ‘पेटबोली’मा तेश्रोलिंगी… पुरा पढौ

गण्डकी प्रदेशमा एकै दिन ६५५ जना कोरोना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७७ जनामा कोरोना भाइरस संकम्रण पुष्टि हुँदा ६५५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । एक हजार ११७ जनामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । आज थपिएका मध्य कास्कीका १३५, नवलपरासी वर्दघाट सुस्ता पूर्वका ३०, स्याङ्जाका ३४, तनहुँका २४, लमजुङका १७, गोरखाका १८, पर्वतका ८ र म्याग्दीका ४ जना छन् । आज थपिनेमा १४४ जना पुरुष र १३३ महिला छन् । यस्तै संक्रमणबाट… पुरा पढौ

नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रुप फेला

काठमाडाैं । नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप k417N mutation देखिएको बताए । यसलाई AY.1 नाम दिइएको छ । उनका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ । मन्त्रालयले गत वैशाख… पुरा पढौ

ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो

ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ। यो आँकडा विश्वकै दोस्रो हो। सुस्त खोप अभियान र जाडो मौसमको सुरुवातसँगै त्यहाँ स्थिति अझै खराब हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन्। राष्ट्रपति जार बोल्सोनारोले सामाजिक दुरीजस्ता नियमहरु पालना गराउन चासो नदिँदा संक्रमण तीव्र गतिमा फैलिरहेको छ। फियोक्रुज नामक स्वास्थ्य संस्थाका अनुसार हालसम्म १५ प्रतिशत वयस्कहरुले मात्र पूर्ण मात्रामा खोप लगाएका छन्। कँग्रेसले महामारीलाई नियन्त्रण गर्न सरकारले चालेको कदमबारे अनुसन्धान गरिरहेको छ। संगठितरुपमा राष्ट्रिय अभियान लागू नगरेको, खोपप्रति सन्देह देखाएको, लकडाउन… पुरा पढौ

चीनले लगायो १ अर्ब डोज खोप

चीनले हालमा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ। राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ। आयोगका अनुसार पछिल्लो ५ दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ। गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान संचालन गरेको थियो। पहिलो चरणमा २५ दिनको अवधिमा १० करोडबाट २० करोड डोज खोप लगाइएकोमा पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो। तर, खोप अभियान अझ तिब्र बनाएसँगै ६ दिनको अवधिमा ८०… पुरा पढौ

कोरोना संक्रमणबाट कास्की र नवलपुरका थप ८ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । संक्रमणबाट कास्कीमा ५ जना र नवलपरासी वर्दघाट सुस्ता पूर्वमा ३ गरी ८ जनाको मृत्यु भएको हो ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार पोखरा–४ का ६५ वर्षिय पुरुष, पोखरा–२५ का ५३ वर्षिय पुरुष, पोखरा–१३ का ८२ वर्षिय पुरुष, पोखरा–१६ का ८० वर्षिय पुरुष र कास्कीको रुपा गाउँपालिका – ६ का ४२ वर्षिय पुरुषको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।… पुरा पढौ

कोरोना विरुद्धको खोपलाई प्राथमिकता दिन पर्यटन व्यवसायीको माग

पोखरा । कोरोना महामारीका पहिलो र दोस्रो चरणको महामारीको सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै पर्यटन क्षेत्रको अग्रपंक्तिमा रहेकालाई खोपको व्यवस्था सुनिश्चित गर्न पोखरा पर्यटन परिषद् आवद्ध संघसंस्थाले माग गरेका छन् । पर्यटन संघ संस्थाहरुको छाता संगठन पोखरा पर्यटन परिषद्ले एक विज्ञप्ती जारी गर्दै देशको अर्थतन्त्रलाइ समेत प्रत्यक्ष लाभ पुर्याउने यस क्षेत्रलाई चलायमान गराउने एक मात्र उपाय भनेको खोप नै भएको उल्लेख गर्दै यस विषयमा स्थानीय, प्रदेश र संघ सरकारलाई ध्यानाकर्षण गराएको हो । विज्ञप्तिमा ‘‘नो भ्याक्सीन, नो मोर… पुरा पढौ

‘अक्सिजन प्लान्टकालागि पण्डित टोल चेलिबेटी समूह ताड.तिड.द्वारा रु १ लाख सहयोग प्रदान’

पोखरा । पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि पण्डित टोल चेलिबेटी समूह ताड.तिड.ले रु १ लाख नगद सहयोग गरेको छ ।कोभिड १९ को महामारी सँगै अक्सिजन अभावका कारण धेरैको ज्यान जोखिममा पर्न थाले पछि बतास फाउण्डेशनको नेतृत्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन ग्यास प्लान्ट स्थापना गर्न लागिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि पहल गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ आर्थिक संकलन महाअभियानमा पण्डित टोल… पुरा पढौ

समाजसेवी पौडेलको समन्वयमा कोभिड स्वास्थ्य सामग्री सहयोग

पोखरा । अमेरिकाको कार्टर पिलर फाउण्डेशन र एसिष्ट इन्टरनेशलनको सहयोगमा पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, लेखनाथको संक्रामक तथा सरुवा रोग अस्पताल तथा विभिन्न स्वास्थ्य चौकीहरुमा कोभिड सम्बन्धित विभिन्न स्वास्थ्य सामग्री सहयोग प्रदान गरिएको छ । भिजन एण्ड भ्यालुका निर्देशक समेत रहेका समाजसेवी पदमराज पौडेलको संयोजनमा नेपालका विभिन्न स्वास्थ्यालयहरुका लागि झण्डै ५५ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएकोमा ति अस्पतालहरुमा बिहिबार फरक फरक कार्यक्रमका विच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक थान भेण्टिलेटर, सक्सेन मेशिन, प्यासेण्ट… पुरा पढौ

स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौँ। आयरल्यान्ड सरकारले नेपाललाई विविध स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेको छ । युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका ती सामग्री नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपरेजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे । आज हस्तान्तरण गरिएका सामग्रीमा ७२ अक्सिजन कन्सन्ट्रेटर, ४४ थान भ्यान्टिलेटर, १२ थान बिटिएपी मेशिन, ४०० अक्सिमिटरलगायत उपकरण छन् । यसैगरी डेनमार्क सरकारले पनि सोही संयन्त्रमार्फत प्रदान गरेका स्वास्थ्य उपकरण शनिबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले… पुरा पढौ