स्वास्थ्य

विश्व योग दिवस मनाउन मूल समिति

काठमाण्डौं । विश्व योग दिवस नेपालमा राष्ट्रियस्तरमा मनाउन लागि शिक्षा, विज्ञान र प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमाा मूल समारोह समिति गठन गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २६ गतेको निर्णयानुसार उक्त समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशङ्कर अरगरिया रहनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्वर ११ का दिन पारित प्रस्ताव अनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउन शुरु गरिएको हो । यस वर्ष… पुरा पढौ

अक्सिजनको‘सर्पोट’मा पूर्वप्रधानमन्त्री खनालको उपचार

काठमाण्डौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालको थापाथलीस्थित नर्भिक अस्पतालमा अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । गत ९ दिनदेखिको ज्वरो कम नभएपछि उनलाई आज बिहान थापाथलिस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने… पुरा पढौ

कास्कीमा जारी निषेधाज्ञा केही सहज बनाउँदै असार ७ गतेसम्म बढ्यो

पोखरा । कास्कीमा करिव डेढ महिनादेखि जारी निषेधाज्ञालाई केही सहज बनाउँदै थप एक साता बढाउने निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति डीसीएमसीको बैठकले जिल्लामा कोरोना संक्रमणदर र मृत्युदरमा अपेक्षाकृत नियन्त्रणमा आइनसकेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई केही सहज बनाउँदै असार ७ गतेसम्म बढाउने निर्णय गरेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले  बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । गौतमका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ५–१० बजेसम्म सञ्चालन हुने छन् । विकास निर्माणका… पुरा पढौ

रुसमा कोरोना भाइरसका संक्रमित बढ्न थाल्यो

रुसमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेका बताइएको छ। रुसमा शनिबार मात्रै १३ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। रुसमा गएको २४ घण्टामा यति धेरै संक्रमित भेटिएका हुन्। यससँगै रुसमा संक्रमितको संख्या करिब ५२ लाख पुगेको बताइएको छ। रुसका अधिकारीहरुले ४ महिनापछि यति धेरै संक्रमित एकैदिन भेटिएका जनाएका छन्। रुसका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले यही जुन २ तारिखदेखि रुसमा कोरोना भाइरसका संक्रमितहरु थपिँदै गएको बताएका छन्। ती अधिकारीहरुले शनिबार मात्र यहाँ १३ हजार ५१० जना संक्रमित थपिएका र ती… पुरा पढौ

सन् २०२० मा भन्दा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु

सन् २०२० को अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको पाइएको छ। सन् २०१९ को अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान शहरबाट कोभिड १९ को भाइरस देखा परेको थियो। त्यसपछि सन् २०२० मा यो भाइरस विश्वभर पुगेको थियो। तर, गत वर्षको भन्दा पनि यस वर्ष यो भाइरसबाट विश्वमा धेरै नागरिकको ज्यान गएको पाइएको एक समाचारमा जनाइएको छ। अमेरिकाको वाल स्ट्रिट जर्नलले यो समाचार दिएको हो। अघिल्लो वर्षको भन्दा यस वर्षको छ महिनायता नै विश्वमा कोभिडबाट धेरै मानिसको ज्यान… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक महिना यताकै कम

पोखरा । शुक्रबार गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक महिना यताकै सबैभन्दा कम भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट कास्कीका ४ जना सहित ६ जनाको मृत्यु भएको जनाएको छ । आज संक्रमणबाट कास्कीका ४, गोरखा र नवलपरासी वर्दघाट सुस्ता पूर्वका एक–एक जनाको मृत्यु भएको छ । यो सहित प्रदेशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८२३ पुगेको छ । पछिल्लो एक महिना यता संक्रमणका कारण ज्यान गुमाउने संख्या… पुरा पढौ

शुक्रबार देशभर कोरोना संक्रमितभन्दा निको हुने दोब्बर

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित हुने भन्दा निको हुनको संख्या दोब्बरले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार ३ हजार ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ६ हजार ६३६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् । ३ हजार २४ पीसीआर र ४५५ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पाइएको हो । यस्तै सोही अवधीमा संक्रमणबाट ९९ जनाको निधन भएको पनि मन्त्रालयले जनाएको छ । योसहित नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि… पुरा पढौ

नेपाली युवालाई अस्ट्रेलियाब्यापी शारीरिक सुगठन प्रतियोगितामा दुई स्वर्ण

ब्रिसबेन । अस्ट्रेलियाको ब्रिसबेनमा २९ मे शनिवार भएको आइएनबिए नेसनल अस्ट्रेलिया च्याम्पेनसिपमा नेपाली मुलका युवा सुजन सिल्पकारले दुईवटा गोल्ड एक सिल्भर मेडल जित्न सफल भएका छन् । सिल्पकारले म्यान्स फिजिक्स नोभिसमा गोल्ड मेडल, मेन्स ओपन हाइट क्लासमा अर्को गोल्ड र मेन्स फिजिक्स ३० प्लसमा सिल्भर मेडल जितेका हुन् । अस्ट्रेलियाभरिका करिव २ सय भन्दा बढी प्रतिस्पर्धीलाई पछाडी पार्दै सिल्पकारले यो उपाधी जितेका हुन् । नेपालको पोखरामा जन्मिएको सिल्पकार २००९ मा अस्ट्रेलिया आएका थिए । १६ बर्षको उमेर देखिनै जीम जान… पुरा पढौ

नागरिक अगुवाको प्रर्दशनमा प्रहरी हस्तक्षेप, १८ जना पक्राउ

काठमाण्डौं । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपको विरोधमा प्रर्दशनमा उत्रिएका नागरिक अगुवाहरु माथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले नारायण वाग्ले, खगेन्द्र संग्रौलासहितका १८ नागरिक अगुवाहरुको प्रर्दशनलाई हस्तक्षेप गर्दै काठमाण्डौंको बालुवाटारबाट पक्राउ गरेको हो । सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारी विरुद्ध प्रर्दशनमा उत्रिएका उनीहरुलाई प्रहरीले हस्तक्षेप गर्दै काठमाण्डौंको बालुवाटारबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई अहिले कमलपोखरी प्रहरी वृत्तमा राखिएको छ । नागरिक अगुवाहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन’, ‘सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल… पुरा पढौ

हाम्रो सहयोगी साकोसद्वारा संक्रमण तथा सरूवा रोग अस्पताललाई सहयोग

पोखराको पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाद्वारा लेखनाथको मोहोरियास्थित संक्रमण तथा सरूबा रोग अस्पताल स्वास्थ्य सामग्री सहयोग गरेको छ। सहकारी संस्थाको १२ औ बाषिकोत्सबको अवसरमा स्वास्थ्य तथा जिन्सी सामग्री सहयोग गरेको हो । सहकारीका अध्यक्ष शुक्र राज कंडेलले अस्पतालका निर्देशक बिकास गौचनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । कार्यक्रममा सहकारीका सह–सचिव कृष्णप्रसाद तिमिल्सिना, कोषाध्यक्ष रूद्रबहादुर बिश्वकर्मा, संचालक दीपेन्द्र शर्मा, शिवसंसार श्रेष्ठ, ब्याबस्थापक जीवन अधिकारीलगायतका पदाधिकारीहरूको उपस्थिति थियो। साथै अस्पतालको तर्फबाट सुचना अधिकारी केदारनाथ लामिछाने, श्रीभद्र कंडेल, नेत्रप्रसाद अधिकारी लगायतको… पुरा पढौ