स्वास्थ्य

बंगलादेशमा लकडाउन थप एक महिना लम्ब्याइयो

बंगलादेशमा पछिल्लो समयमा कोरोना भााइरसको प्रकोप बढ्दै गएपछि यहाँ जारी रहेको लकडाउन पनि थप एक महिना लम्ब्याइएको बताइएको छ। बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि यहाँ जारी रहेको लकडाउनलाई थप एक महिना लम्ब्याइएको जानकारी दिएको हो। सो लकडाउन बुधबार रातिदेखि थपिएको छ र आगामी महिना जुलाइको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको बताइएको छ। त्यस अवधिका लागि सार्वजनिक यातायातका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरु सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ। सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन… पुरा पढौ

कोरोनाबाट भारतमा ७ सय ३० जना डाक्टरको मृत्यु

भारतमा दोस्रो लहरको कोरोना संक्रमणका क्रममा ७ सय ३० जना डाक्टरको मृत्यु भएको छ। इन्डियन मेडिकल एसोसिएशन आइएमएका अनुसार ठूलो संख्यामा अन्य स्वास्थ्यकर्मी प्रभावित भएका छन्। आइएमएका अनुसार सबैभन्दा धेरै बिहारमा १ सय १५ जना डाक्टरको मृत्यु भएको छ। दिल्लीमा १ सय ९ जना डाक्टरको मृत्यु भएको छ। तथ्यांकअनुसार दोस्रो लहरमा उत्तर प्रदेशमा ७९, पश्चिम बंगालमा ६२, राजस्थानमा ४३, झारखण्डमा ३९ तथा आन्ध्र प्रदेशमा ३८ डाक्टरको मृत्यु भएको छ। यसैबीच पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार २ सय ९४ जनामा… पुरा पढौ

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘कोरोनासँगै पानीजन्य रोग फैलन सक्छ सचेत रहौं’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी पहिरोको जोखिम बढेसँगै पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने चेतावनी दिएको छ। मन्त्रालयले बिहीबार सूचना जारी गर्दै बाढी पहिरोबाट पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने भएकोले सबैलाई सचेत रहन आग्रह गरेको हो। मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा बाढी पहिरोको जोखिम भएका बेला जनस्वास्थ्यका समस्याहरु बढ्न सक्ने भएकाले सजग रहन आग्रह गरिएको छ। ‘बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढन सक्नेतर्फ सबै सजग हुनु जरुरी देखिन्छ। उद्धार, राहत आदि… पुरा पढौ

सांसद पहारीद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

पोखरा । गण्डकी प्रदेस सभा सदस्य राजिब पहारीले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा न ५ स्थिति झोवाङको स्वास्थ चौकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् । जोय फाउन्डेसनको सहयोगमा रु १ लाख ५० हजार बराबरको एक थान कन्सन्ट्रेटर प्रदान गरिएको पहारीको सचिवालयले जानकारी दिएको छ । सो अबसरमा पहारीले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक पार्टी जनप्रतिनिधि,समाजका विभिन्न तह र तप्कामा आबद्ध ब्यक्तित्वहरु र नागरिक लाग्नु जरुरी भएको भन्दै कोरोना भाइरस हामी सबैको साझा समस्या भएकोले सरकारको मात्रै जिम्मेवारीको… पुरा पढौ

गण्डकी प्रदेश :५६६ जना कोरोनामुक्त , संक्रमणबाट ४ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट बिहीबार थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका दुई जना सहित नवलपरासी वर्दघाट सुस्ता पूर्व र गोरखाका एक–एक जना छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार संक्रमणका कारण पोखरा–२३ का ७२ वर्षिय वृद्धको संक्रामक तथा सरुवा रोग अस्पताल, पोखरामा मृत्यु भएको हो । बुधबार संक्रमित भएका उनको हिजोनै मृत्यु भएका थियो । पोखरा–१८ का ७२ वर्षिय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको हो… पुरा पढौ

गण्डकी प्रदेश : ५२५ संक्रमणमुक्त,७ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा बुधबार ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ५२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ३८४ जना जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज थपिनेमध्य कास्कीका १०५ , तनहुँका ८७, स्याङ्जाका ८, नवलपरासी वर्दघाट सुस्ता पूर्वका ६९, गोरखाका १६ , पर्वतका ४ र म्याग्दीका ५ जना छन् । उनीहरु २०२ जना महिला हुन भने बाँकी २०६ जना पुरुष रहेका छन् । यो सहित हालसम्म प्रदेशभर कोरोना… पुरा पढौ

गण्डकी प्रदेश सरकारले सबै नागरिकलाई कोभिड–१९ खोप सुनिश्चित गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले प्रत्येक नागरिककलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने भन्दै खोप खरिदका लागि आवश्यक बजेट बिनियोजन गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बताएका छन् । अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री पोखरेलले मंगलबार गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै उनले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक श्रोत र साधनको सुनिश्चित गर्नेगरी बजेट विनियोजन गरेको बताएका हुन् । सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालमा अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन… पुरा पढौ

देशभर ८८ प्रतिशत कोरोना सङ्क्रमणमुक्त

काठमाण्डौं । नेपालमा पछिल्ला केही सातायता नेपालमा कोरोना सङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा कोरोना सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या लगातार घटिरहेको छ । पछिल्लो २४ घन्टामा १३ हजार २९० नमूना परीक्षण गर्दा दुई हजार ७४५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४९ नमूनाको पिसिआर परीक्षण गर्दा एक हजार ६८१ र पाँच हजार ८४१ नमूनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालका… पुरा पढौ

गण्डकी प्रदेश : कोरोना पुष्टि र संक्रमणमुक्त हुनेमा २० को अन्तर

पोखरा । गण्डकी प्रदेशमा मंगलबार ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ३६० जना कोरोना संक्रमणमुक्त भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ३१३ जना जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज थपिनेमध्य कास्कीका १४६ , तनहुँका ६५, स्याङ्जाका ५३, नवलपरासी वर्दघाट सुस्ता पूर्वका ४२, गोरखाका ३५ , पर्वतका ८, म्याग्दीका ७ र मुस्ताङका एक जना छन् । उनीहरु १८० जना महिला हुन भने बाँकी २ सय जना पुरुष रहेका छन् । यो सहित… पुरा पढौ

‘द आर्ट अफ लिभिङ’द्वारा अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण

पोखरा । द आर्ट अफ लिभिङ गण्डकीले लेखनाथस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका गण्डकी प्रदेश प्रमुख नरेश भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सन्ट्रेटर पाँच, अक्सिजन सिलिण्डर १५, पल्स अक्सिमिटर पाँच थान र अन्य स्वास्थ्य सामग्रीसहित एउटा कम्प्युटर हस्तान्तरण गरिएको जानकारी दिए । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्तपालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई हस्तान्तरण गरेका हुन् । प्रमुख जिसीले महामारीका समयमा हातेमालो गर्दै सहयोगमा… पुरा पढौ