स्वास्थ्य

शनिबार गण्डकी प्रदेशमा १६३ जना कोरोनामुक्त, २७४ मा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५५१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टाम २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा ५०१ पिसिआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा कास्कीका १६१, नवलपुर वर्दघाट सुस्ता पूर्वका ४५, बाग्लुङका ३६, तनहुँका १८, पर्वत र म्याग्दीका ५–५ जना र स्याङ्जाका… पुरा पढौ

रित्तो अक्सिजन ग्यास सिलिण्डर संकलनमा जुट्यो प्रहरी

अक्सिजन सिलिण्डरको अभावमा नागरिकको ज्यान जान थालेपछि कास्की प्रहरी सिलिण्डर संकलनमा जुटेको छ । अक्सिजन सिलिण्डरको अभाव भएर कुनैपनि नागरिकको ज्यान नजाओस् भनेर प्रहरी सिलिण्डर संकलनमा जुटेको हो । जस अन्तर्गत कास्की प्रहरीले विभिन्न मेटल कम्पनी, वर्कसप, ईञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङलगायतका कम्पनीहरुमा पुगेर सिलिण्डर संकलन गरेको कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए । एसपी श्रेष्ठले स्थिति सामान्य अवस्थामा फर्केपछि फिर्ता गर्नेगरी सिलिण्डर संकलन गरिएको बताए । पहिलो चरणमा शनिबार सम्ममा १८७ वटा अक्सिजन ग्यास… पुरा पढौ

बजारबाट २९ सयभन्दा बढी अक्सिजन सिलिन्डर फिर्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ हजार ९ सय ६९ वटा सिलिन्डर फिर्ता ल्याएको समाचार छ। महामारीको अक्सिजनको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मन्त्रालयले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने सिलिन्डर फिर्ता ल्याएको हो। उद्योगहरूबाट १ हजार ८ सय ७६ र सर्वसाधारणसँग रहेको १ हजार ९४ सहित उक्त सिलिन्डर फिर्ता लिएर अक्सिजन उद्योगलाई दिइएको छ। पुरा पढौ

दुई दिनमा ५९ आन्तरिक उद्धार उडान, १०४ जनाको उद्धार

कोभिड–१९को विश्वव्यापी संक्रमणलाई ध्यानमा राखी सरकारले गत बुधबार मध्यरातदेखि आन्तरिक उडान बन्द गरेपनि बिहीबार र शुक्रबार २ दिनमा ५९ वटा आन्तरिक उद्धार उडान भएको छ। कोरोनाका बिरामी र यात्रु उद्धार उडान गरेर उक्त उडान भएको हो। दुई दिनमा बिरामीसहित १०४ जनाको उद्धार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र लुक्लाबाट उक्त उडान भरिएको हो। पुरा पढौ

तनहुँमा एकै दिन थपिए ६१ जना कोरोना संक्रमित

तनहुँमा नयाँ ६१ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाको भानु नगरपालिकामा १, शुक्लागण्डकी नगरपालिकामा १, म्याग्दे गाउँपालिकामा ४, व्यास नगरपालिकामा ८, भिमाद नगरपालिकामा १९ र पालिका नखुलेका २८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। भानु–१ का ३५ वर्षीय पुरुष, शुक्लागण्डकी–४ का ५० वर्षीय पुरुष, म्याग्दे–२ का ३०, ३०, ६३ वर्षीय पुरुष, म्याग्दे–३ की ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ। यस्तै, व्यास–१ की ६० वर्षिया महिला र ३९, ४२ वर्षीय पुरुष, व्यास–३ का ५८ वर्षीय… पुरा पढौ

विवाह र पूजामा हुने जमघटबाट संक्रमण वृद्धि

विवाह तथा पूजामा मानिसको जमघटबाट स्याङ्जाका २ बस्तीमा संक्रमण उच्च रहेको छ। वालिङ नगरपालिका–९ को कल्लेरी र वडा नं १ को धरमपानीमा विवाह तथा चौरासी पूजामा सहभागी भएका अधिकांशमा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले जानकारी दिएका छन्। कल्लेरी गाउँमा आयोजना गरिएको विवाहमा सहभागी भएकामा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि आइतबार गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो । ‘कल्लेरी गाउँमा स्वास्थ्य समस्या देखिएको खबर पाएसँगै गह्रौँ प्राथमिक अस्पतालका चिकित्सकसहितको टोलीले गाउँमै पुगेर एन्टिजिनमार्फत परीक्षण ग¥यौँ,’… पुरा पढौ

मालिकामा २० शय्याको आइसोलेसन वार्ड

म्याग्दीको मालिका गाउँपालिकाले कोरोना संक्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ। कोरोना संक्रमितको उपचार गर्न वडा नं ६ दरबाङ छयारछयारेस्थित बहुउद्देश्ययीय सभा हलमा अक्सिजनसहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाले जनाएको छ। यसअघि गाउँपालिकाले दरबाङस्थित जनप्रिय माविको विद्यालय भवनमा ५ शय्याको कोरोना अस्पताल बनाएको थियो। सो कोरोना अस्पतालमा १ चिकित्सक, २ नर्स र १ कार्यालय सहयोगीको व्यवस्था गरिएको थियो। अहिलेसम्म गाउँपालिकाको आइसोलेसनमा कोरोना संक्रमित भर्ना भएका छैनन्।आइसोलेसनमा स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ। ऋब, आइसोलेसन वार्डमा अक्सिमिटर र अक्सिजनको व्यवस्था गरिएको छ… पुरा पढौ

गण्डकी प्रदेशमा एकै दिन १३९६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार अहिलेसम्मकै धेरै एक हजार ३९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । प्रदेशका दुई हजार ३३९ जनामा परीक्षण गर्दा कास्कीका ८५६, पर्वतका १६७, तनहुँका ६१, गोरखाका ६०, स्याङ्जाका ५९, म्याग्दीका ५६, नवलपरासी पूर्वका ५४, बाग्लुङका ५३, लमजुङका २८ र मुस्ताङका २ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित हालसम्म प्रदेशमा कोरोना संक्रमण हुनेको… पुरा पढौ

शुक्रबार बन्यो कास्कीमा कोरोना संक्रमितको नयाँ रेकर्ड

पोखरा । शुक्रबार कास्कीमा हालसम्मकै सर्वाधिकमा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परीक्षणमा कास्कीका मात्रै ८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । जिल्लाका एक हजार ४४४ जनाको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।शुक्रबार थपिएका मध्य मादी गाउँपालिकाका ९, अन्नपूर्ण गाउँपालिकाका ४, रुपा गाउँपालिकाका ३ र माछापुच्छ्रे गाउँपालिकाका एक जना छन् भने बाँकी ८३९ जना पोखरा महानगरपालिकाका हुन् । पोखरामा अहिलेसम्मकै सर्वाधिक ८३९ जनामा कोरोना भाइरस… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या झण्डै २१ हजार ५ सय नजिक

पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या झण्डै २१ हजार पाँच सय नजिक पुगेको छ । पछिल्लो क्रममा कास्की सहित ७ जिल्लामा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २१ हजार ४९३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि. पोखरामा गरिएको पिसिआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका १४३, तनहुँको भिमाद र म्याग्दे गाउँपालिकाका ५, स्याङ्जको वालिङका ३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ… पुरा पढौ